निर्णय नं. ६४६६ - मोही पजनी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४६६ - मोही पजनी भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०२/३१ २९७२ निर्णय नं. ६४६६ ने.का.प २०५४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५० सालको दे.पु.नं. ... १२६० फैसला मितिः २०५४।३।३१।२ मुद्दाः मोही पजनी । पुनरावेदक/प्रतिवादीः जिल्ला सुनसरी धरान नगरपालिका वडा नं. १५ वस्ने पृथ्वीमान तामाङ बिरुद्ध विपक्षी/वादीः ऐ. वडा नं. ४ वस्ने अयोध्या प्रसाद वास्तोला § भूमि सम्वन्धी ऐनको दफा २६(क) ले स्पष्ट रुपले मोही हक विक्रि गर्न दान दातव्य गर्न वा अन्य किसिमले हक हस्तान्तरण गर्न वन्देज गरेको कुरामा उक्त वन्देजको प्रतिकूल हुने गरी यी प्रतिवादीले अन्य व्यक्तिलाई मोही हक उल्लेखित किसिमले हस्तान्तरण गर्न सक्ने अवस्था पनि देखिदैन । पृथ्वीमानले झपट वहादुरलाई जग्गा जोत्न दिएको भनेको लिखत मिति २०४४।३।१० मा भएको तर ०४६ सालमा यिनै प्रतिवादी उपर वाली भराई पाउँ भन्ने मुद्दा दिंदा पृथ्वीमान मोही भएको कुरालाई स्वीकार गरेको पाईन्छ । तसर्थ उल्लेखित कानूनी व्यवस्थाहरुवाट मिति २०४४।३।१० का लिखतको आधारमा पुनरावेदक प्रतिवादीले मोही हक छोडेको भन्न सकिने अवस्था नेदेखिंने । (प्र.नं. १७ र १८) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री अग्नी खरेल विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजीरः x फैसला न्या.केशव प्रसाद उपाध्यायः कोशी अन्चल अदालत, धरानबाट मिति २०४६।१०।८।१ मा भएको फैसला उपर यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. हाल मेरो नाममा दर्ता रहेको जिल्ला सुनसरी वाफगरा गा.पं. वडा नं. ३(क) कि.नं. १०६ र उक्त भई कायमी कि.नं. २९९ को जग्गा विगाहा ०-१३-६.१/२ जग्गाको हक प्राप्त मोही पृथ्वीमान तामाङ हुनु भएकोमा सो जग्गा निजले आफू नजोती झपट वहादुर दाहालले रु. ६०००।- मा मोही हक खरीद गरेको छु जोती खान्छु तपाईहरुको चित्त नबुझे आफ्नो मोहीलाई जे गर्नुपर्छ गर्नुस भनेको हुँदा सरजमीन लगायतका वुझनु पर्ने प्रमाण वुझी मोही पजनी गरेकोमा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २५ को उपदफा ४ को देहाय (क) वमोजिम विपक्षी पृथ्वीमान तामाङको मोही हक समाप्ती हुने हुँदा मोहीयानी हक निष्काशन समेत गरी पाउँ भन्ने वादीको माग दावी उजुरी । ३. प्रतिवादी पृथ्वीमान तामाङले मलाई रु. ६०००।- मा दिएको छ । मैले मोहीमा जोति रहेको वाफगरा गा.पं. वडा नं. ३ (क) कि.नं. २९९ र ३०० को जग्गाको कुत मुक्तिनाथ वास्तोलालाई वुझाई तपाईले जोती खानु भनि मिति २०४४।३।१० गते कागज गरी दिनु भएको र मैले सो जग्गा व्याज गरी मोही खरीद गरी जोति खाएको हुँ वादी दावीबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मध्येका झपट वहादुर दहालको प्रतिउतर जिकीर । ४. दावीका जग्गाको हक प्रँप्त मोही हुँ । वादी दावा अ.वं. ८२ नं. वमोजिम खारेज हुने प्रष्ट छ र मैले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६ को उपदफा ८ वमोजिम म वादीको जग्गाधनी कायम भएको सूचना समेत नपाएको विपक्षीले उल्लेख गरेका कित्तामा यो साल पनि मैले भूमि सम्वन्धी ऐन, २०२१ को दफा २ (ख) वमोजिम कुत बुझाई रहेको छु झपट वहादुरलाई जग्गा कमाउन दिएको छैन म निअक्षरी हुँदा मेरो हकहितमा असर पर्ने गरी कागज गराएको भए सो तर्फ छुट्टै नामाकरण गरी उजुर गर्ने छु ।मैले जग्गा नजोतिएको भए २०४५ सालको वालीमा विपक्षीले उजुर गर्ने नै थिएन । वादी अनुसार मोहियानी पजनी नगरेको हुँदा दा