निर्णय नं. ६४६७ - अंश नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४६७ - अंश नामसारी भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०७/२७ ३५६२ निर्णय नं. ६४६७ ने.का.प. २०५४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०५२ सालको दे.पु.नं........२९०७ फैसला मितिः २०५४।७।२७।४ मुद्दाः अंश नामसारी पुनरावेदक/प्रतिवादीः घुरहुको छोरा पजरकट्टी गा.पं. वार्ड नं. ९ मनोहरापुर वस्ने राम आन्द्रोतेली समेत जम्मा ६ । विरुद्ध विपक्षी/वादी : निरहुकोपली जि.रुपन्देही पर्सा गा.वि.स. वार्ड नं. ८ तर्कुल्लाह वस्ने उदासी तेलीको मु.स. गरी आफ्नो हकमा समेत निरहुको छोरा वेचुतेली । § २०२०।७।१० को लिखतमा यो यति सम्पति अंश वापत वण्डा लिएको भन्ने उल्लेख नभएको उक्त लिखतमा वण्डा पाउने सम्पतिको आधाको मूल्य लिई सकेको भन्ने उल्लेख भएको र कुन मितिमा कुन कुन सम्पति वा कति रकम लिई अंश छोडपत्र गरेको हो भन्ने उल्लेख नभएको अंश वापत रुपैया र चल सम्पति लिई अंश छोडपत्र गरेको भनेको लिखत कानूनको रीत पुगेको पनि देखिएन । तसर्थ रजिष्ट्रेशन हुनु पर्ने कुरा तत्कालिन अंशवण्डाको ३० नं. को अन्तिम वाक्यले गरेकोले उक्त लिखतलाई मान्यता दिन मिलेन । साथै खेदुको नाउँको जग्गा वादी तर्फ सरी आएको नदेखिएको र ७ नं. फाराम पनि पुर्खौली सम्पत्तिको भरेको नदेखिएको प्रतिउत्तर पत्रमा केही जग्गा निजी आर्जन भन्ने जिकिर लिएपनि यस मितिमा खरीद गरेको वा यस आधारवाट निजी आर्जन हो भन्ने नखुलाएको र सो वमोजिमको कुनै प्रमाण समेत पेश हुन आएको नदेखिएको हुँदा व्यवहार प्रमाणबाट वण्डा भएको भन्न पनि मिलेन । अतः वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ उल्टी गरी वादी दावी वमोजिम पेश हुन आएको तायदातीको २ भागको १ भाग अंश वादीले पाउने ठहराएको पुनरावेदन अदालत वुटवलको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. २३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस विपक्षी वादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. खेदतेलीको छोरा बलदेव तेली बलदेव तेलीको २ छोरा धुरहु र निरहु भएकोमा धुरहुका ३ छोरा हरिद्धार, राम आश्रे र फागु भै हरिद्वारको छोरा रामदास राम समझ फागुको छोरा पूर्णमासी र अनिरुद्र भै निरहुको २ पत्नी मध्ये कान्छी म वादी उदासी र निरहु उदासीवाट २ छोरा भगौती र वादी वेचुको जायजन्म भएको, खेदु, बलदेव, धुरहु भगौती परलोक भै वांकी हामी जीवित छौं । अंशवण्डा भएको छैन । पैतृक जग्गा १९७८ सालमा खेदुको नाउँमा दर्ता रहेको खेदुको शेषपछि धुरहुको नाउँमा र धुरहुको शेषपछि राम आश्रे फागु रामदास, राम समुझको नाउँमा नामसारी दर्ता भएको सो वाट वढे वढाएको हरिद्वार, पूर्णमासी र अनिरुद्रको नाउँमा भएको मुल घर पजरकट्टी गा.पं. वा.नं. ४ मनोहरापुर भएको, निरह पर्सा गा.पं. वार्ड नं. ८ तर्कुलाहा आफ्नो ससुरालीमा गै वस्दा निजको जेठी श्रीमती परलोक भै म उदासीसँग विवाह हुँदा छोरा भगौती र वेचको जन्म भएको निरहुले ससुरालीको केही जग्गा पाए पनि सालीले मुद्दा गरी हारेकोले सुनरीले जग्गा आफ्नो नाउँमा वनाई विक्री गरी वंजहीयामा गै वसेका छन् । वावुले ससुराली जांदा आफ्नो अंश नलिई घुरहु जिम्मा छाडी जानु भएको, तर्कलाहामा ससुरालीको जग्गा नपाई मनोहरापुर आउने जाने गर्दा निरहुको मृत्यु भएको हामीले मेहनत मजुरी गरी जीविका चलाई आएका सो वाट आर्जेको जग्गामा अरुको वण्डा नलाग्ने, हरिद्वारको दर्ता जग्गा पनि नामसारी