निर्णय नं. ६४६८ - वन फांडी जग्गा आवाद गर्योो
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४६८ - वन फांडी जग्गा आवाद गर्योो भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०५/२३ २७४१ निर्णय नं. ६४६८ ०५४, ने.का.प अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५१ सालको फौ.पु.नं. ... ७७२ फैसला मिति : २०५४।५।२३।२ मुद्दाः वन फांडी जग्गा आवाद गर्यो । पुनरावेदक/वादी : इ.व.स. उद्धव वहादुर घिमिरेको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला पाल्पा छहरा गा.वि.स. वडा नं. ५ वस्ने ज्योतीमान श्रेष्ठ § विवादको जग्गा यी प्रतिवादीको हक भएको भन्न सकिने जग्गाको दर्ता स्वामित्वको प्रमाणहरु निजवाट पेश हुन सकेको देखिंदैन । कुनै व्यक्ति विशेषको नाममा दर्ता हक नभएको जंगल भनी सर्भे नापी भै श्रेस्तामा जनिएको त्यस्तो वन सिमाना भित्रको जग्गालाई वन जंगल कायम गरेको शुरुको फैसलाबाट हक वेहक भएको भन्न सकिने अवस्था पनि छैन । तसर्थ विवादित जग्गा वन कायम गर्ने गरेको शुरु एक सदस्यीय वन संरक्षण विशेष अदालत, जिल्ला वन कार्यालय पाल्पाको इन्साफ मनासिव ठहर्ने । (प्र.नं. १८) पुनरावेदक तर्फबाट : विद्वान का.मु. वरिष्ठ सरकारी अधिवक्ता श्री शारदा वज्राचार्य विपक्षी तर्फबाट : x अवलम्वित नजीर : x फैसला न्या. कृष्णजंग रायमाझीः पुनरावेदन अदालत वुटवलको मिति २०५०।१०।२१।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ । २. छहरा गा.पं. वडा नं. १ अंलावास वस्ने अं. वर्ष ५० को ज्योतिमान श्रेष्ठ मुखियाले ऐ. जिल्ला वुढीकोटे गाउँ अन्तर्गत कचल पाचचोटे भन्ने जंगल लापरवाही काटी हिनामिना गरेकोले निजलाई र ऐ. जिल्ला झयामारा गा.पं. को पुन मगर भन्नेले पनि गर्तूको धरी भन्ने वन जंगल कटानी गरेकोले निजलाई समेत कारवाही गरी पाउँ भनि ऐ. जिल्ला गा.पं. का प्रतिनिधिहरुबाट मिति २०४५।४।१९ गते श्री माननीय वन मन्त्री समक्ष द्वारा उजुरी निवेदन दिएका रहेछन । ३. वुढीकाटे गा.पं. अन्तर्गत कचल पाचचोटे भन्ने जंगलको अ. ३० रो. जग्गा आवाद गरेको हुँ । ०३० मार्ग ११ गते खस्र्योली गा.पं. पाल्पाका मिन प्रसाद उपाध्यायसँग रु.४०००।- मा किनेको हुँ । मैले मात्र आवाद गरेको हुँ । कसैको मिलेमतो छैन । जग्गाको प्रमाणको हकमा मिन प्रसादले गरी दिएको राजिनामा छ । मैले लिनु पूर्व उक्त जग्गा जंगलमा पर्यो । ०३२ सालमा नापी गर्न छुटी ०३४ सालमा म माथि उक्त जग्गा उपर मुद्दा पर्यो । नापी गर्न नापी मन्त्रालय टोली गोश्वरा समेतमा समयमै निवेदन गरेको थिएं । ०३४ सालमा डिमार्केशन गर्दा वन सिमाना भित्र पारेका हुन । पछि मुद्दा जितेपछि जग्गा दर्ता गर्न माल कार्यालयमा निवेदन दिएको थिएं । कारवाही चलेकै छ दर्ता भएको छैन भनि ०४६।१।१८ गते ज्योतिमान श्रेष्ठले ठाडो कागज गरी दिएको रहेछ । ४. उक्त जग्गा ज्योति मानले नै आवाद गरेको हो । उक्त जग्गाको रुख वुटा निजले नै काटेका हुन अरु त्यहीं छन । अं. २९र३० रोपनी निजले आवाद गरेका छन । जग्गा वन सिमाना भित्र नै पर्दछ भन्ने व्यहोराको ऐ. गा.वि.स. वडा नं. ५ वस्ने वर्ष ३८ का राम वहादुर वरई समेत जना ५ को मिल्दोजुल्दो सर्जमीन वयान । उक्त जग्गा ज्योतिमानले नै आवाद गरेको हो । वन सिमाना भए नभएको मलाई थाहा भएन । रुख वुटा कसले फडानी गर्यो मलाई थाहा भएन भन्ने जना ५ को मिल्दोजुल्दो सर्जमीन वयान । ५. उक्त जग्गामा भएका रुख वुटा काट्यो भन्ने वारेमा श्री लुम्विनी सर्कल कार्