निर्णय नं. ६४६९ - वकसपत्र वदर समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४६९ - वकसपत्र वदर समेत भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/९४/२१ २८९९ निर्णय नं. ६४६९ ने.का.प. २०५४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत २०५३ सालको दे.पु.नं. .. ३७१४ फैसला मितिः २०५४।४।२१।३ मुद्दाः वकसपत्र वदर समेत । पुनरावेदक/प्रतिवादीः जि.का. काठमाण्डौ म.न.पा. वा.नं. १ कान्तिपथ वस्ने मोहन कुमारी स्थापित समेत जम्मा ३ । विरुद्ध विपक्षी /वादीः ऐ. वा.नं. ३० वस्ने सहानुरत्न स्थापित समेत जम्मा २ । § वकसपत्रको लिखत द्वारा लिनु दिनु गरेको विवादित सम्पत्ति प्र. मोहन कुमारीको निजी आर्जनको आफू खुस गर्न पाउने वण्डा नलाग्ने सम्पत्ति हो भन्ने पुनरावेदक प्रतिवादीहरुको कथन पुष्टि हुनका लागि त्यस्तो कथन अन्य विश्वसनीय आधार प्रमाणबाट समेत समर्थित भएको हुनुपर्ने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता त्रय हरिशंकर निरौला, शम्भु थापा र मिथिलेश कुमार सिंह । विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता मुकुन्द रेग्मी विद्वान अधिवक्ता होरा प्रसाद जोशी विद्वान अधिवक्ता श्याम प्रसाद खरेल अवलम्वित नजिरः x फैसला न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत पाटनको मिति ०५१।१।२९ को फैसला उपर परेको निवेदनमा न्याय प्रसासन ऐन २०४८ को दफा १२(१) को (क)(ख) अनुसार दोहोर्‍याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिलको संक्षिप्त विवरण यस प्रकार छ : २. ससुरा बाजे भिम रत्न, सासु बजै हिरा माया परलोक भै सकेको जेठाजु जेठा वावा हर्ष रत्नका श्रीमती मोहन कुमारी पति पिता तिर्थरत्न पनि परलोक भै सक्नु भएको र जेठी श्रीमती जित कुमारी तर्फबाट छोरा विजय रत्न कान्छी श्रीमती तारा शोभा निजका छोरा सहानुरत्न निजका श्रीमती लक्ष्मि शोभा तथा छोरा अजय रत्न हुन् । ०३९।११।१४ मा वण्डापत्रमा पति पिता तिर्थ रत्नका छोरा श्रीमती विजयरत्न तथा सहानुरत्न तथा ताराशोभाका नाममा परेको र जेठानी जेठी आमा मोहन कुमारीका नाममा खरिद गरेको का.न.पा.वडा नं. १ कि.नं. १२६६ कि.नं. १२७५ को जग्गामा वनेको घर समेत कान्तिपथ स्थित हाम्रो अंशहकको घर जग्गा ०४४।३।२१। मा मोहन कुमारी दिने संजयरत्न र अक्षय रत्न लिने भै मा.पो.का. मार्फत हालैको वकसपत्र पारीत गरी हाम्रो अंशहक मार्ने नियत लिएकोले अंश तर्फ नालेश दिएका छौं उक्त हाम्रो समेत अंश हक लाग्ने संपत्ति हाम्रो मंजुरी विना ०४४।३।२१ मा पारीत गरी दिएको वकसपत्रको ३ भागको १ भागको २ अर्थात सम्पूर्ण ९ भागको २ भाग वदर गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. विवादित संपत्ति मोहन कुमारीको एकलौटी संपत्ति हो स्त्री अंश धनको २ नं. ले निजको आफूखुश गर्न पाउने संपत्ति हामी नाती भतिजालाई हालै देखिको वकसपत्र गरी दिन पाउने अधिकार मोहन कुमारीलाई भएकोले उक्त वकसपत्र वदर हुने होइन भन्ने समेत व्यहोराको अक्षयरत्नको प्रतिउत्तर पत्र । ४. विवादित संपत्ति मोहन कुमारीको एकलौटी संपत्ति हो । स्त्री अंश धनको २ नं.ले मैले आफूखुसी गर्न पाउने संपत्ति नाती भतिजालाई हालैदेखिको वकसपत्र गरी दिन पाउने हुँदा उक्त घर जग्गा म मोहन कुमारीको संपत्तिबाट खरिद गरि लिएको जग्गा हुँदा मेरो एकलौटी हकको हो वादी दावी खारेज गरि पाउँभन्ने समेत व्यहोराको मोहन कुमारी समेत २ को संयुक्त प्रतिउत्तर पत्र । ५. प्र.संजयरत्न स्थापितले प्रतिउत्तर नफिराई शुरु म्याद नै गुजारी वसेको रहेछ । अंशियारको सहमति विना वकसपत्र गर्न नमिल्ने र