निर्णय नं. ६४७० - जिउ मास्ने वेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४७० - जिउ मास्ने वेच्ने भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०५/२४ २६४५ निर्णय नं. ६४७० ने.का.प. २०५४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत २०५१ सालको फौ.पु.नं. ... ९९५ सम्वत २०५२ सालको फौ.पु.नं. ... १०९८ फैसला मितिः २०५४।५।२४।३ मुद्दाः जिउ मास्ने वेच्ने । पुनरावेदक/वादीः पूर्ण कुमारी नेपालीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादीः स्याङजा जिल्ला पेल्काचौर घर भई हाल कास्की जिल्ला पो.न.पा. वडा नं. ८ डेरा गरी वस्ने प्रेम कुमारी थापा मगर पुनरावेदक/प्रतिवादीः मकवानपुर जिल्ला हेटौंडा न.पा. वडा नं. १ घर भै हाल पाल्पा कारागारमा थुनामा रहेकी डालु भन्ने वाटुली लामा विरुद्ध प्रत्यर्थी/वादीः पूर्ण कुमारी नेपालीको जाहेरीले श्री ५ को सरकार । § प्रमाण ऐन, २०३१ को दफा २५ ले कसुर प्रमाणित गर्ने भार वादीको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर तर्फ जीउ मास्ने वेच्ने कार्यलाई नियन्त्रण गर्न वनेको जीउ मास्ने वेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) अनुसार निर्दोषिताको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍याउनु पर्ने हुन्छ भने यस अलावा प्रमाण ऐन, २०३१ को दफा २७ अनुसार सजाय हुन नपर्ने कुराको प्रमाण पनि यिनै प्रतिवादीले पुर्‍याउनु पर्ने कानूनी व्यवस्था रहेकोमा यि प्रतिवादी डालु भन्ने वाटुली लामाले आफ्नो साक्षी सवुद प्रमाण केही दिन सकेको पाइदैन । केवल इन्कारी कै भरमा आरोपित कसुर यी प्रतिवादीले गरिनन् होला भनी संझन नमिल्ने । (प्र.नं. २०) पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ पुनरावेदक प्रतिवादीः विद्वान वैतनिक अधिवक्ता श्री लाल बहादुर थापा अवलम्वित नजिरः x फैसला न्या.भैरव प्रसाद लम्सालः पुनरावेदन अदालत पोखराको मिति २०५१।२।२२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (ख) वमोजिम पुनरावेदन दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः २. लाटा नेपालीसँग प्रेम विवाह भै घर माइत छाडी प्रेम कुमारी थापा मगर डेरा गरी वसेकै घरमा नाउँ गाउँ थाहा नभएको मनिस आई रक्सी खाने गर्दथ्यो । प्रेम कुमारीले यस्तो लाटासँग तिम्रो जीवन वित्दैन, सव्जीवाला धनी छ उ सँग गयौ भने जीवन सुखमा हुन्छ भनी फकाएकीले ०४२ साल फाल्गुणमा सो सव्जीवालासँग प्रेम कुमारीले मलाई पोखरा वस विसौनीमा लगी वस चढाइन, सव्जीवाला र म विरगंज पुगी १ महिना वसियो । निजको दिदी भन्ने महिलाले सिनेमा हेर्न जाउँ भनी भारत वम्वैमा लगी भा.रु. १०,०००। मा विक्रि गरेको हुँदा हाल गाउँकै मानिसद्वारा रुपैया वुझाई घरमा आएकी छु । प्रेम कुमारी थापा मगर समेतलाई पक्राउ गरी कारवाही गरी पाउँ भन्ने समेत पूर्ण कुमारी नेपालीको जाहेरी । ३. प्रेम कुमारी थापाले फकाई सव्जीवाला केटासँग लगाई दिई निजले डालुलाई ल्याई डालुले वम्वै लगी वेची भन्ने समेत व्यहोराको जाहेरीवाला पूर्ण कुमारी नेपालीको वयान, सो वयान प्रमाणको लागी पठाइएको सोही वयानका पछाडी प्रमाणित भै आएको प्रमाणित पत्र । ४. पूर्ण कुमारी नेपाली र निजको लोग्ने लाटो भन्ने मेरो घरमा आई वसेका थिए । त्यहा एकजना वर्ष ३०,३५ को ५ फिटको हेर्दा सार्की जस्तो देखिने व्यक्ति रक्सी खान आउँथ्यो । निजले विरगंजवाट सव्जी ल्याई पोखरा वेच्छु भन्दथ्यो । त्यसले पूर्ण कुमारी नेपालीलाई फकाई दिनुहोस भनेकाले लाटासँग नवस सव्जीवाला सँग गए सुख पाउछेस भनी आज भन्दा ३, ४ वर्ष पहिला नि