निर्णय नं. ६४७१ - राजिनामा दर्ता वदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४७१ - राजिनामा दर्ता वदर हक कायम भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०५/१८ ३०४८ निर्णय नं. ६४७१ ने.का.प. २०५४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको दे.पु.नं. ... ३०७३ फैसला मितिः २०५४।५।१८।४ मुद्दाः राजिनामा दर्ता वदर हक कायम । पुनरावेदक/प्रतिवादीः जिल्ला कपिलवस्तु गा.वि.स. सिसवा वडा नं. ६ वस्ने सैरुन फकिर समेत जम्मा २ । विरुद्ध प्रत्यर्थी/वादीः ऐ.ऐ. वस्ने वरसाती फकिर समेत जम्मा २ § लेनदेन व्यवहारको १० नं. ले सगोलको सम्पत्ति कसैलाई हक छोडी दिंदा अन्य अंशियारको मंजुरी लिनु पर्ने र नलिएमा नलिएको अंशियारहरुको जति वदर हुने भन्ने व्यवस्था गरेको पाइन्छ । राजिनामा गरिदिएको सम्पत्ति निजी आर्जनको भनी प्रतिवादीले लिएको जिकिरलाई निजले सवुद प्रमाणद्वारा पुष्टि गर्न सकेको देखिंदैन । अंशवण्डाको १९ नं. मा व्यवहार चलाउनलाई स्वास्नी छोरा वुहारीको मंजुरी नभएपनि आफू खुस गर्न पाउने भन्ने प्रावधान भएकोले दाजुभाई अंशियारको सन्दर्भमा सो ऐन आकर्षित हुने भन्न नमिल्ने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाट: x प्रत्यर्थी वादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.गोविन्द वहादुर श्रेष्ठः पुनरावेदन अदालत वुटवलको २०५१।१०।२४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. कोदई फकिरको जेठा अमिन फकिर १ माहिला वरसाती फकिर १ कान्छा नवी फकिर १ समेत ३ छोरा भएको । अमिन फकिरको श्रीमती शैरुन फकिर भएको कोदई फकिर र निजकी श्रीमतीको अघि नै आफ्नो कालगतीले मृत्यु भै सकेको वांकी हामी ३ दाजु भाई सगोल सराकतमा वसी आई हाम्रो अंश सगोलमा नै भएको हाम्रो अंश हकको जग्गा कपिलवस्तु गा.पं. सैमरी मा.सि. ५ क कि.नं. ४९५ को ०-१-१७ कि.नं. १०३६ को ०-२-६ वार्ड नं. ६ क कि.नं. ५२३ को ०-१-१८ कि.नं. ६८८ को ०-३-१२ कि.नं. ६९१ को ०-२-१७ कि.नं. १०७३ को ०-१०-२ वार्ड नं. ६ कि.नं. १०४ को ०-१-१ वार्ड नं. ६ कि.नं. ८४ को ०-४-८ कि.नं. ९५ को ०-२-७ को खेत जग्गा दिने अमीन फकिर लिने शैरुन फकिर भनी कुनै थैली लेनदेन नगरेपनि रु.२३,०२०। घर खर्च गर्न लिएको भन्ने र कैफियत महलमा झूठ्ठा रुपले दाइजो पेवा सम्पत्ति नासी मासी दिए वापत भनी लेखी सो जग्गा मिति ०४५।७।१६ गतेको राजिनामा लेखी ०४५।९।१६ गते मालपोत कार्यालय कपिलवस्तुवाट पास गराएको कुरा अघि मलाई थाहा थिएन । ०४६।९।१५ गते थाहा पाई नक्कल लिंदा प्रष्ट भै जालसाजी तर्फ छुट्टै नालिस गर्ने भै जग्गा फिर्ता गराई हक कायम गरी राजिनामा दर्ता वदर गरी मेरो नाउँमा दर्ता समेत गरी पाउने तर्फ नालेस गरेको छु । मिति ०४५।७।१६ गते घरसारमा राजिनामा लेखिई मिति ०४५।९।१६ मा पास भएको राजिनामा उल्लेखित जग्गा मध्ये ३ खण्डको १ खण्ड म वरसातीको १ खण्ड म नवी फकिरको अंश हक कायम गरी सो राजिनामा दर्ता वदर गरी हाम्रो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. विपक्षी वादी नवी फकिर समेतको म अमीनसँग कुनै अंश हक नभएको व्यक्तिलाई मैले आफू खुश गर्न पाउने सम्पतिमा दावी समेत गर्नलाई अ.वं. ८२ नं. समेतले हकदैया नै नपुगेको अवस्थामा हकदैया विहिन प्रस्तुत नालेश खारेज हुने निर्विवाद छ । शैरुनले माइती मावली समेतबाट पाएको रुपैया २३,०२०। पटक पटक गरी म अमिनले घर खर्चमा लगाई दिएको वापत शैरुनलाई म अमिनले कानूनले निर्विवाद रुपबा