निर्णय नं. ६४७२ - मोही बेदखली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४७२ - मोही बेदखली भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०६/०७ २४८९ निर्णय नं. ६४७२ ने.का.प. २०५४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा सम्वत् २०५१ सालको दे.पु.नं. –– १८९६ फैसला मितिः २०५४।६।७।३ मुद्दा :– मोही बेदखली । पुनरावेदक/वादीः दोलखा जिल्ला लांदुक गा.बि.स. वडा नं. ८ वस्ने मधुसुधन वलीको मु.स. गर्ने ऐ.ऐ. वस्ने बलराम वली । विरुद्ध प्रत्यर्थी/प्रतिवादीः ऐ.ऐ.वस्ने नारायण कुमार वली समेत जम्मा ४ । § भर्पाइ समेत लिई दिई वाली वुझाई आएको भन्ने नै मुख्य दावी जिकिर देखिएकोमा वाली वुझेको भर्पाइ भए नै पनि सो भर्पाइलाई मात्र यथेष्ठ प्रमाण मान्न मिल्ने देखिंदैन । विधिवत श्रेस्ता प्रमाण समेतबाट मोही कायम भएको नदेखिंएको अवस्थामा मोहीको हैसियत रहेछ भनी मान्न मिल्ने स्थिति नदेखिंने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाटः x प्रत्यर्थी प्रतिवादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत पाटनको मिति २०५०।८।२९ को फैसला उपर पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छ :– २. दो.जि.लांदुक गा.पं. वडा नं. ८ स्थित जगत कुमारीको पेवा वापत हक प्राप्त भएको माटो मुरी ।१३ को गुवुसिम सिरान लादुके खेत बिपक्षी जगत कुमारीका वावुको पाला देखि मधुसुधनले अधियामा कमाई ०२० साल बाट साल एकको ५ मुरी धान बुझाउने गरी ठेक्कामा कमाई आएको र ०२३ सालको नापीमा ४ नं. जोताहा भरी मोहीको लगत समेत रही साल वसाली वाली बुझेको भरपाई समेत लिई दिई मोहीको हैसियतले बुझाउंदै आएको अवस्थामा ०३९ सालको ठेक्का वाली बुझ्न नआएकोले सो वापतको रकम यो कार्यालयमा धरौट समेत राखेको थिएं मैले मोहीको रुपमा अविछिन्न रुपमा कमाई आएको उक्त जग्गामा ०४१।१।२४ मा बिपक्षी नारायण कुमारी वली समेतका नचिनेका अन्य व्यक्तिले लगाएको वाली लगेकोले मोही हक खिचोला भएकोमा बुझ्दा ०३८।२।१६ मा बिपक्षी नारायण कुमारीले मालपोत कार्यालय काठमाण्डौवाट वकसपत्र पारीत गराई लिएको जानकारी भएकोले मेरो मोही हक सुरक्षित गरी मोही वेदखल गरेमा सजाय समेत गरी पाउं भन्ने व्यहोराको फिराद दावी । ३. पदम सिंह खड्काको नाम दर्ताको माटो मुरी ।१३ को गुवु सिरान लांदुके खेत दर्तावालपछि हक प्राप्त कृति वहादुरवाट वकसपत्र पाएको ममता पौडेलवाट मिति ०३८।२।१६ मा हालैको वकसपत्र पारीत गरी लिई भोगी आएको छु । सो जग्गामा बिपक्षी मोही भएको र म समेतले मोही दखल गरेको हैन भन्ने समेतको नारायण कुमारी वली समेतको प्रतिउत्तर जिकिर । ४. फिराद दावी वमोजिमको जग्गाको मोही दखल गरेको छैन । निज मोही भए मैले जगत कुमारीसंग लिंदा मोही नदेखाई मोही दखल भएकोमा मौकैमा उजुर गर्नुपर्नेमा सो नभएकोले फिराद दावी झुठ्ठा हो भन्ने समेतको हरि नारायण खड्काको प्रतिउत्तर जिकिर । ५. प्रतिवादी मध्ये जगत कुमारीको नाउंमा मिति ०४०।११।१० मा तामेल भएको म्यादमा प्रतिउत्तर नफिराई वसेको तथा प्र. ममता पौडेलको वतन पत्ता नलागी म्याद तामेल हुन नसकेको देखिएको । ६. विवादित जग्गा ०३८ साल अघि मधुसुधन वलीले ठेक्कामा कमाएको त्यसपछि प्र. नारायण कुमारी वलीले कमाएको भन्ने व्यहोराको सर्जमिन मुचुल्का । ७. दावी वमोजिमको जग्गामा प्रतिवादीहरुले मोही वेदखल गरेको हुंदा जनही रु. ५१।– जरिवाना समेत हुन्छ भन्ने समेतको मिति ०४३।८।१६ को भूमी सुधार कार्यालय दोलखाको निर्णय । ८. मैले वकसपत्रवाट प्राप्त गर