निर्णय नं. ६४७३ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४७३ - अंश भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०७/१२ २५४१ निर्णय नं. ६४७३ ने.का.प. २०५४ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल सम्वत् २०५३ सालको दे.पु.नं. ....... ३५५१ सम्वत् २०५३ सालको दे.पु.नं. ......... ३६६८ फैसला मितिः २०५४।७।१२।३ मुद्दाः अंश । पुनरावेदक/प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. १२ व्रम्हटोल वस्ने हरिभक्त श्रेष्ठ । विरुद्ध विपक्षी/वादीः का.जि.का.म.न.पा. वडा नं. १२ व्रम्हटोल वस्ने गणेशभक्त श्रेष्ठ समेत ५ जना । पुनरावेदक/वादीः का.जि.का.म.न.पा. वडा नं. १२ व्रम्हटोल वस्ने विमला देवी श्रेष्ठ । विरुद्ध विपक्षी/प्रतिवादीःका.जि.का.म.न.पा. वडा नं. १२ व्रम्हटोल वस्ने हरिभक्त श्रेष्ठ समेत २ जना । § ३५ वर्षको उमेर पुगेको विवाह नभएकी छोरीले छोरा सरह अंश पाउछे भन्ने अंशवण्डाको १६ नं. मा उल्लेख भएको पाइन्छ । निज विमला देवीले प्रमाण दिएको एस.एल.सी को प्रमाण पत्रबाट निजको जन्म मिति २०१८।३।१५ ले निजको उमेर ३५ वर्ष नाघी सकेको देखिंदा विमला देवीले अंश पाउने नै देखिन्छ । वादी प्रतिवादी समेतको लेखबाट निज विमला देवी समेत ७ अंशियार भएको देखिन्छ । तसर्थ ७ अंशियार कायम गरी ७ भागको ५ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याएको शुरु काठमाण्डौ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । (प्र.नं. १६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रेवन्त बहादुर कुवर विपक्षी प्रतिवादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.उदयराज उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छः २. म गणेशभक्त र कान्छीवाट ३ छोराहरुमा हरिभक्त, शंकरभक्त, माधवभक्त र छोरीहरु ३ जनामा हरिदेवीको विवाह भएको, कमलादेवी र विमलादेवीको विवाह भएको छैन । विपक्षीहरुसँग अंशवण्डा नगरी वसी रहन मुनासिव नभएकोले हरिभक्त ०३६।१२।१ देखि र माधवभक्त ०३९।८।२१ देखि चुला मानो छुट्टि अलग वसी रहे तर्फ समर्थन गरि सकेको उक्त मिति देखि मानो छुट्टिएको मिति कायम गरी सो मिति सम्मको विपक्षी तथा हामीहरु सवै सँग तायदाती लिई विपक्षी तथा हामीहरु सबैको अंश मात्र वण्डा लगाई अंश भाग छुट्टयाई दिलाई पाउँ भन्ने संयुक्त फिराद पत्र । ३. नारायण स्थानको घर ०१७।१०।२६ मा वेची सोही पैसावाट ०१८।१।२५ मा मेरो वुवा गणेश भक्तले मुमा कान्छीको नाममा फार्सी गरी दिनु लिनु भएको हो । मैले घरमा झगडा गरेको छैन । म पढाइमा सधै व्यस्त थिएं । म २०३६।१२।१ देखि म छुट्टै भान्सा गरी जहानलाई पालनपोषण गर्दै आएको छु । आजसम्म मैले अंश मागेको छैन । अंश लिई भिन्न वस्ने इच्छा समेत नभएकोले विपक्षीहरुको झूठ्ठा फिराद दावी खारेज गरी पाउँ भन्ने प्र.हरिभक्त श्रेष्ठको प्रतिउत्तर पत्र । ४. विपक्षीहरु मध्ये गणेश भक्त श्रेष्ठ मेरो वुवा र कान्छी भन्ने मेरो मुमा तथा अन्य मेरा दिदी वहिनीहरु र माहिला दाजु हुन । उनीहरु आपसमा मिली आमा वावुलाई उचाली म कान्छो छोरालाई जवरजस्ती अंशवण्डा गरी अलग राख्न खोजेको स्पष्ट देखिन्छ । जवकी आजसम्म मैले अंश मागेको छैन र आमा वावु वाचुन्जेल सम्म मानु छुट्टि वसेतापनि अंश लिन चाहेको छैन । आमा वावुको हेरचाह मैले आफ्नो क्षमता अनुसार गर्दै आएको छु । गर्ने पनि छु । यस्तो अवस्थामा वण्डाको कानूनमा भएको प्रावधान अनुसार मलाई जवरजस्ती छुट्टयाउन लागेको अंशवण्डाको १० नं. को विपरित भएको हुँदा झूठ्ठा मुद