निर्णय नं. ६४७४ - उत्प्रेषण लगायत उपयुक्त आदेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४७४ - उत्प्रेषण लगायत उपयुक्त आदेश भाग: ३९ साल: २०५४ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०९/११ ३१११ निर्णय नं. ६४७४ ०५४, ने.का.प अङ्क ११ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा सम्वत् २०५४ सालको रिट नं. ... २७२९ आदेश मिति : २०५४।९।११।६ विषयः उत्प्रेषण लगायत उपयुक्त आदेश । निवेदकः कपिलवस्तु जिल्ला मोतीपुर गा.वि.स. वडा नं. ३ वनगाई वस्ने कृष्ण प्रसाद वेलवासे । बिरुद्ध विपक्षीः श्री कार्य समिति यातायात मजदुर भलाई कोष, मुकाम रुपन्देही जिल्ला वुटवल नगरपालिका वार्ड नं. ७ हाटवजार समेत जना ३ । § विवादित विधान व्यवसायिक रुपमा सँगठित यातायात मजदुरहरुको भलाइको निमित्त सो संस्थाको साधारण सभाबाट बनेको र सो विधानले संविधानको मनसाय अनुरुपको परिधि अन्तर्गतको स्थान लिन नसक्ने । (प्र.नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हिरालाल गुभाजु विपक्षी तर्फबाटः x अवलम्वित नजीरः ने.का.प. २०५२, अंक ४, नि.नं. ५०७८ पृ. २७७ । आदेश न्या.हरि प्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८ (२) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा एवं निर्णय यस प्रकार छ । २. म निवेदक यातायात मजदुर भएको हुँदा यातायात मजदुर भलाइ कोष वुटवलको साधा।रण सदस्यता प्राप्त गरी विगत २०५१ सालदेखि विपक्षी नं. १ कार्य समितिको निर्वाचित उपाध्यक्षको हैसियतले प्रतिनिधित्व गर्दै आई २०५३।४।१८ मा पुनः उपाध्यक्ष पदमा निर्वाचित भई नेतृत्व प्रदान गर्दै आइरहेको र विपक्षी नं. २ र ३ पनि उक्त मितिमा सम्पन्न कार्य समितिको निर्वाचनमा क्रमशः अध्यक्ष र सचिव पदमा निर्वाचित हुनु भएको हो । यी पदहरु यातायात मजदुर भलाइकोष संशोधित विधान २०५४ स्वीकृत भएको मिति देखि ३ वर्षको अवधिसम्म कायम रहने व्यवस्था छ । ३. यातायात मजदुर भलाइकोष संस्था दर्ता ऐन, २०३४ वमोजिम जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भै वैधानिकता प्राप्त गर्दै आएको सँगठित संस्था हो । विपक्षीले भलाइकोष विधान तथा कानून वमोजिम वाहेकका अधिकार विहिन कार्य गरेमा अ.वं. ३५ नं. वमोजिम स्वतः वदर हुने कानूनी प्रावधान छ । संशोधित विधान २०५४ को दफा ५ अनुसार ५ जना निर्वाचित पदाधिकारी र १० जना निर्वाचित सदस्य भएको कार्य समितिबाट भलाइकोषको नीति तथा कार्यक्रम संपादन हुने व्यवस्था छ । ४. विपक्षी नं. २ ले २०५४।५।१० मा म निवेदक उपाध्यक्ष पदमा वहाल रहेकै अवस्थामा मेरो नाउँमा आर्थिक कारोवारको सम्वन्धमा अनियमितता देखिएको भन्दै एकपत्र जारी गरी स्पष्टीकरण माग गर्ने कार्य भयो जस्को जवाफ मैले २०५४।५।१२ मा विपक्षी नं. २ समक्ष पेश गरेको थिएं । मिति २०५४।८।६ मा वसेको कार्य समितिको वैठकको उपस्थितिमा मैले सहि गरे पछि विपक्षी नं २ र ३ ले मेरो दायांवायां हात समाई जवरजस्ती वैठक कोठाबाट वाहिर निकाली वैठक कोठाको भित्रबाट ढोका वन्द गरिसकेपछि कार्य समितिको वैठकको कारवाही के भयो म अनभिज्ञ रहें । २०५४।८।८ को मेरो घर ठेगानामा मलाई सम्वोधन गरी पठाएको पत्रमा तपाईले पटक पटक यस कोषको विधान विपरित काम कारवाही गरिरहेकोले मिति २०५४।५।१० मा वसेको कार्य समितिको वैठक नं. ४० निर्णय नं. १६ अनुसार आयन्दा कोषको काममा जानबाट रोक लगाएको र आयन्दा नियम उपनियमको पालना नगरेमा स्वतः कार्य समितिको सदस्यबाट खारेज गर्ने गरी तपाई स्वयं उपस्थित भई रोहवरमा निर्णय भए गरिएकोमा सो पश्चात पनि तपाइले पटक पटक यस कोषको वर्खिलाप काम कारवाही गर्दै आइरहेको लिखित जानकारी सहितका उ