निर्णय नं. ६४७६ - बन्दिप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४७६ - बन्दिप्रत्यक्षीकरण भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :2054/09/08 २९१४ निर्णय नं. ६४७६ ने.का.प. २०५४ अङ्क १२ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत् २०५४ सालको रि.पु.ई.नं. .... ८५ संवत् २०५४ सालको रि.पु.इ.नं. ..... ८६ आदेश मितिः २०५४।९।८।३ विषयः– बन्दिप्रत्यक्षीकरण । निवेदकः जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ४ घर भै हाल कारागार शाखा महोत्तरी जलेश्वरमा थुनामा बसेका रविन्द्र झा समेत जम्मा ४ । विरुद्ध विपक्षीः जिल्ला अदालत महोत्तरी, जलेश्वर समेत जम्मा ३ । § ज्यू मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा १०(२) अन्तर्गत निवेदन परेमा पर्चा सहितको निवेदन पुनरावेदन सुन्ने अदालतमा पठाउनु पर्ने कानूनी व्यवस्था भएको र सो पर्चा सहितको निवेदन पुनरावेदन अदालतले हेर्नुपर्दा सो शुरुको आदेश रीत वेरित के छ सबै बिचार गर्नुपर्ने हुँदा अ.वं. १७ नं.ले प्रदान गरेको अधिकारनै प्रयोग गरी थुनछेकमा आदेश सदर, बदर गर्ने गरी आएको देखिन्छ । त्यसकारण ज्यू मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा १०(२) ले उजुरी पुनरावेदन अदालतमा पठाउने प्रकृयासम्म तोकिएको र सो तोकी दिएको कारणले अ.वं. १७ नं. अन्तर्गतको निवेदन होइन भन्न मिल्दैन । पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ११ को पहिलो वाक्यांशमा मुद्दाको निर्णय गर्दा भन्ने शव्दावली प्रयोग भै त्यसपछिको प्रतिवन्धात्मक वाक्यांशमा अ.वं १७ नं.को निवेदन सुनवाई गर्दा संयुक्त इजलासका न्यायाधीशको मतैक्य नभै राय वाझिएमा तेश्रो न्यायाधीश समक्ष निर्णयार्थ पेश गरिनेछ भन्ने कानूनी व्यवस्था भैरहेको पाईन्छ । यसरी अ.वं १७ नं. अन्तर्गत थुनछेकको निवेदन एक न्यायाधीशको इजलासबाट हेरिने प्रावधान भएको देखिदा प्रस्तुत निवेदन उपर रायवाझी भै तीनजना न्यायाधीशको संयुक्त इजलासले अधिकार क्षेत्रको त्रुटी गरी हेरेको हुँदा सो संयुक्त इजलासको मिति ०५३।५।२७ को थुनछेकको आदेश नमिलेको देखिंदा सो आदेश बदर गरी दिइएको छ । अव कानून बमोजिम शुरुले गरेको मिति ०५२।१०।९ को आदेश रित वेरीत के छ ? हेरी निर्णय गर्न तेश्रो एक न्यायाधीशको इजलास समक्ष पेश गर्नु भनी निवेदन सहितका मिसिलहरु पुनरावेदन अदालत जनकपुरमा पठाई दिने । (प्र.नं. ११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री कमल नारायण दाश, विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री वलराम के.सी. जाहेरवालाका तर्फबाटः विद्वान अधिवक्ता श्री विजय कुमार सिंह अवलम्वित नजिरः x आदेश प्र.न्या.ओमभक्तश्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :– २. हामी निवेदकहरु मध्ये रविन्द्र झा रा.रा.व. मु. क्याम्पस जनकपुरमा आई.कम. मा र म मिन्टु कुमार शर्मा पाटन संयुक्त क्याम्पस पाटन ललितपुरमा अध्ययनरत छात्र हौं । भारत पटना शहरमा अध्ययनरत छात्र लवसिंह भन्ने पप्पु सिंह जाहेरवालाको नाती मिति ०५२।६।२७ मा जनकपुरबाट पाटन आएकोबाट नफर्केको कारणबाट हामीमाथी झुठृा जाहेरी दिइ ज्यू मास्ने बेच्ने मुद्दा चलाई कुटपिट गरी पंकज कुमारको खुट्टा भांची जवर्जस्ती साविति गराई अदालतमा मुद्दा दायर भै महोत्तरी जिल्ला अदालतबाट २०५२।१०।९।३ मा थुनामा राख्ने आदेश गरिएको थियो । सो उपर पुनरावेदन अदालत जनकपुरमा अ.वं. १७ नं. अन्तर्ग