निर्णय नं. ६४७७ - वाली मोही निश्कासन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४७७ - वाली मोही निश्कासन भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०७/२२ २९०१ निर्णय नं. ६४७७ ने.का.प. २०५४ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा संवत् २०५३ सालको दे.पु.इ.नं. ––––११७ फैसला मितिः २०५४।७।२२।६ मुद्दा :– वाली मोही निश्कासन । पुनरावेदक/प्रतिवादीः जि.सप्तरी गा.वि.स. विषहरिया वडा नं. ६ बस्ने रामजी साहु हलुवाई । विरुद्ध विपक्षी/वादीः ऐ.ऐ.वडा नं. ४ बस्ने तपेश्वर चौधरी । § भूमि सुधार कार्यालयमा वाली भराई मोही निस्काशन गरी पाउँ भनी दिएको उजुरीमा भूमि सुधार कार्यालयले निर्णय गर्दा निश्कासन तर्फ प्रथम निर्णय गर्नुपर्ने कुरा भूमि सम्बन्धी ऐनको दफा २९(१) मा स्पष्ट व्यवस्था छ । यदि वालीमात्र भराउने विषय छ भने सो कुरा जिल्ला अदालतले पनि हेर्न सक्ने अवस्था छ । तर भूमि सुधार कार्यालयमा उजुर गर्नुको मतलव प्रथमतः मोही निष्काशन हुने वा नहुने तर्फ बोली अनिमात्र बालिका हकमा बोल्ने कुरा हुने । (प्र.नं. १७) § भूभिसुधार कार्यालयले निष्काशन नहुने राय बोल्दा त्यस्तो बोलीको आधार कारण कुनै केही नखोली निष्काशन नहुने मात्र भन्नुले ऐनको मनसाय पूर्ति हुन सक्दैन । जुन सालको वालीमा विवाद परेको छ, सो सालको धरौटी पनि समयमा नराखेको पछि राखेको धरौटी पनि जग्गाधनिले नबुझेको पछिल्लो सालको धरौटी जग्गाधनीले बुझ्दै आएको छ भने भूमि सुधार कार्यालयले त्यस्तो अवस्थामा र सुखा परेको, दैवी प्रकोप परेको भन्ने कुराको आधार र प्रमाण भएमा भूमि सुधार कार्यालयले मोही निष्काशन नगर्ने आफ्नो रायलाई समर्थित गर्ने कारण दर्शाई निष्कर्षमा पुग्न सक्नुपर्छ । तर त्यस्तो कुरा प्रस्तुत मुद्दामा केही देखिन नआएकोले र यस अदालतको मिति २०३३।९।२४।६ को काशीराम राजवंशी वि. भूमि प्रशासन कार्यालय मोरङ समेत भएको उत्प्रेषण मुद्दा (ने.का.प. २०३३ पृष्ठ १७६) र मिति २०४३।२।२७।३ को विष्णुभक्त हिमसुतु वि. भूमि सुधार शाखा भक्तपुर समेत भएको उत्प्रेषण मुद्दामा (ने.का.प. २०४३ पृष्ठ १२५) पूर्ण इजलासले पनि यही कुरालाई परोक्ष किसिमले सिद्धान्त प्रतिपादित गरी राखेको अवस्थामा पुनरावेदन अदालत राजविराजको मोही निष्काशन समेत गर्ने गरी गरेको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाटः विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मेहनकृष्ण खरेल । अवलम्वित नजिरः मिति २०३३।९।२४।६ काशीराम राजवंशी वि.भुमि प्रशासन कार्यालय मोरङ उत्प्रेषण (ने.का.प. २०३३ पृष्ठ १७६), मिति २०४३।२।२७।३ को विष्णुभक्त हिमसुतु वि.भूमि सुधार शाखा भक्तपुर समेत उत्प्रेषण (ने.का.प. २०४३, पृष्ठ १२५) । फैसला न्या.मोहन प्रसाद शर्माः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :– २. मेरो नाउँमा दर्ता रहेको जिल्ला सप्तरी गा.वि.स.विषहरिया वार्ड नं. ८ क कि.नं. १२९ को जग्गाको विपक्षी मोहीले २०४९ सालको कूत नदिएको र ऐनका म्यादभित्र धरोट समेत नराखेकोले नालेस गरेको छु । जानी जानी कूत नदिएको र धरौट समेत नराखेकोले मोहि निस्कासन गरी रु. २३८२।५० विपक्षीबाट कूत वापत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. कूत धान बुझिलेउ भनी ०४९।१०।२७ मा भन्दा फुर्सद छैन फुर्सदका वखतमा बुझि लिनेछु भनेकाले धरौट नराखेको ०५०।१२।३ पछि पुनः कू