निर्णय नं. ३५१४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५१४ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०३/२६ २२४२ निर्णय नं. ३५१४ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४२ सालको रिट नम्बर १९२६ आदेश भएको मिति : ०४५।३।२६।१ मा निवेदक : विराटनगर नगर पञ्चायत वडा नं. ३ बस्ने जोतिकुमार खनाल विरुद्ध विपक्षी : श्री भूमिसुधार कार्यालय, सुनसरीसमेत विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) जग्गाधनीको वारिसनामा बेगर दामकाम गर्ने व्यक्तिलाई जग्गा राख्ने र छाड्ने सम्बन्धमा गराएको बयानलाई कानून अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) जग्गा धनीबाट हदबन्दीको छाड्ने जग्गा यकीन नगराई वारिशनामा बेगरको व्यक्तिको बयानको आधारबाट राख्ने र छाड्ने जग्गा यकीन गराई बिक्री वितरण गरेको प्रत्यर्थीको निर्णय त्रुटिपूर्ण देखिँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. जिल्ला सुनसरी राजगञ्ज सिनवारी गा.पं. वडा नं. २(ख) कि.नं. ४०, १३५, ५२, ११० वडा नं. २(क) को कि.नं. १४३, १४६ वडा नं. २(ग) कि.नं. ५८ र ९६ का विगहा ९–९–१६½ का जग्गा मेरो नाममा भोग दर्ता भई विभिन्न मोहीलाई कूत कबूलियत गरी सालसालै कूत बुझी भर्पाई गरी दिई भोगचलन गरी आएको थिएँ । यस्तो मेरो हक भोग दर्ताको जग्गामा विपक्षी मध्येको व्यक्तिहरु आई यो जग्गा हामीले पाएका छौं भनेकाले के कुन व्यहोराले मेरो जग्गा गैरकानुनी रुपले अपहरण गरियो भनी विपक्षी कार्यालयमा निर्णय लगायत सम्पूर्ण कागजातको नक्कल पाउँ भनी मिति २०४२।९।२ मा निवेदन गरेकोमा निर्णयको नक्कल नदिएको केवल विपक्षी बाबुराम लाभ कायस्तले गरेको बयानको मात्र नक्कल दिएकाले अन्य कानुनी उपचारको अभावमा सम्मानीत अदालतको असाधारण अधिकार गुहार्न आएको छु । ३. यदि मेरा नाममा भूमिसुधार ऐन, २०२१ को दफा ७ बमोजिम हदबन्दी भन्दा बढी जग्गा भएपनि सोही ऐनको कार्यविधि अपनाई दफा १५(क) अनुसार कुन जग्गा छोड्ने र कुन जग्गा लिने भन्ने विषयमा मलाई झिकाई बयान गराए पछि मात्र कारवाही गर्नु पर्ने हो । मेरो नाममा मिति २०४२।३।७ मा जारी भएको म्यादमा हकै नभएको विपक्षी बाबुराम लाभ कायस्थले गरेको बयानको आधारमा मेरो जग्गा हदबन्दी भन्दा बढी भएको भनी जफत गर्न मिल्दैन । मेरो तर्फबाट कुनै सुनुवाई नै नभई निर्णय भएकोले प्राकृतिक न्यायको सिद्धान्तको खिलाफ छ । विपक्षी कार्यालयले मेरो माथि उल्लिखित कि.नं. को जग्गा जफत गर्ने गरी गरेको निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा ७ र १५(क) तथा नेपालको संविधानको धारा १०(१), ११(२)(ङ) र धारा १५ को प्रतिकूल भएकोले उत्प्रेषणको आदेशद्वारा बदर गरी मेरो नाममा उल्लिखित कि.नं. को जग्गा साविक बमोजिम दर्ता राख्नु भन्ने विपक्षी कार्यालयका नाममा परमादेशको आदेश जारी गरिपाउँ भन्ने समेतको जोतिकुमार खनालको रिट निवेदन जिकिर । ४. विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश । ५. रिट न