निर्णय नं. ३५१६ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५१६ - उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०४/२४ २२६३ निर्णय नं. ३५१६ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको रिट नं. १३९२ आदेश भएको मिति : २०४५।४।२४।२ मा निवेदक : बारा अमृतगञ्ज गा.पं. वडा नं. २ बस्ने धुपलाल राय यादव मरी हक खाने निजको छोरा गोपालप्रसाद यादव विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय कलैयाका भू.सु.अ.विश्वनाथ श्रेष्ठसमेत विषय : उत्प्रेषणयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) कबूलियतको अभावमा मोही कायम हुने ठहराई गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर प्रत्यर्थीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ : २. जि.बारा अमृतगञ्ज गा.पं. वडा नं. २ कि.नं. १८९ को ०–४–०, कि.नं. ३५८ को ०–४–१२, कि.नं. ३७२ को १–८–०, कि.नं. ३९७ को ०–८–० समेत जम्मा जग्गा विगहा २–४–१२ पिताजी धुपलाल राय यादवको नाममा दर्ता भएकोमा २०३३ साल मार्गमा वहाँको देहावसान भएकोले उक्त जग्गामा मेरो हक हुन आई जोती कमाई आएको छु । यसैबीच विपक्षी विन्दालाल आई उक्त जग्गामा मोहियानी मेरो कायम भई भू.सु.का.बाट जितेको हुनाले मलाई कमाउन दिनुपर्छ भनी भनेकोले विपक्षी भू.सु.का. मा गई बुझ्दा विपक्षी विन्दालालले मेरो ०३३ सालमा परलोक भइसकेका पिताजी धुपलाल उपर २०४०।४।२९ गते निवेदन दिएको रहेछ र सोही आधारमा स्वर्गीय पिताको नाउँमा २०४०।५।६ मा म्याद तामेल गर्दा म्यादवाला मानिस र घरमा उमेर पुगेको मानिस फेला नपरेकोले घर दैलामा टाँस गरेको भन्ने जनाई विपक्षी विन्दालाललाई मोही कायम गर्ने गरी २०४२।३।१० मा फैसला गरिएको रहेछ । ३. विपक्षी भू.सु.का.ले २०३३ सालमै परलोक भइसकेका मेरो पिता उपरको निवेदन लिई तामेल नै नभएको म्यादलाई घरदैलामा टाँस भएको भन्ने आधार देखाउनु अ.बं. ११० नं. विपरीत छ । यसबाट मलाई आफ्नो कुरा भन्ने मौका नदिई गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । उक्त मुद्दामा कारवाही चलिरहेकोमा वादीले म्याद गुजारेकोले मिति ०४१।४।५ मा तामेलीमा गइसकेकोमा पुनः निजको ०४१।४।११ मा अर्को निवेदन लिई तामेलीमा गइसकेको मिसिलको आधारमा पुनः कारवाही चलाउन मिल्दैन । त्यसरी पुनः कारवाही गर्दा मलाई म्याद दिनु पर्नेमा दिइएको छैन । अर्कोतर्फ विपक्षी यदि मोही भएको भए भू.सं ऐनको दफा ३४ बमोजिम दोहरी कबूलियत हुनु पर्ने थियो, सो भएको छैन । विपक्षीको न त जो.अ.नि. छ, न फिल्डबुकमा नै मोही जनिएको छ । यसप्रकार विपक्षी कार्यालयले विना आधार र प्रमाण गरेको गैरकानुनी निर्णयबाट नेपालको संविधानको धारा ११(२)(ङ) तथा धारा १५ द्वारा प्रदत्त मौलिक हक अधिकारको हनन् भएकोले भू.सु.का.को उक्त २०४२।३।१० को निर्णयलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने समेतको गोपालप्रसाद राय यादवको रिट निवेदन । ४. यसमा के कसो भएको हो विपक्षीहरुबाट लिखित जवाफ मगाई आएपछि वा म्याद नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एक न्यायाधीशको इजलासबाट भएको आदेश । ५. विन्दालाल प्रसाद