निर्णय नं. ३५१७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५१७ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०५/२१ २४७६ निर्णय नं. ३५१७ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको रिट नं. १२८९ आदेश भएको मिति : २०४५।५।२१।३ मा निवेदक : धनगढी नगर पञ्चायत वडा नं. ४ बस्ने श्रीमती रुहु शाही विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने दानबहादुर थापासमेत विषय : उत्प्रेषण (१) हक बेहक सम्बन्धमा अदालतबाट निर्णय गराउनु पर्ने । (प्रकरण नं. ९) (२) हक बेहक हुने गरी पत्र लेख्ने अधिकार नगर पञ्चायतलाई भएको नपाइने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कूलदेवराज शाही प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. म निवेदकले विपक्षी दानबहादुर थापा र खड्गबहादुर थापाको संयुक्त दर्ताको जिल्ला कैलाली देवहरिया गा.पं. वडा नं. ७ हाल धनगढी न.पं. वडा नं. ४ को कि.नं. ९१३ मध्ये ०–२–० कठ्ठा जग्गा रु. ५०००।– मा राजीनामा पारित गरी कित्ताकाट गर्दा कि.नं. १२३५ कायम भई ज.ध.प्र. पूर्जा समेत पाई अद्यावदी भोगचलन गर्दै आएको छु । उक्त जग्गामा घर बनाउँने विचार गरी नक्शापास गरी पाउँ भनी धनगढी नगर पञ्चायतमा नक्शा दर्खास्त दिएको थिएँ प्रचलन र प्रधानपञ्चको मौखिक सल्लाह अनुसार घर बनाउँन शुरु गरी जग हाली पहिलो तल्ला बनाउँदासम्म कोही कसैको उजूरवाजूर परेको थिएन । विपक्षी खड्गबहादुरले के कस्तो व्यहोराको निवेदन दिनु भयो त्यसैको आधारमा मलाई बुझ्दै नबुझी निर्माण कार्य रोक्का राख्नु भन्ने विपक्षी नगर पञ्चायतले रोक्का पुर्जी दिइयो त्यसपछि सो सम्बन्धमा के भएको हो भनी नगर पञ्चायतमा बुझ्न जाँदा हाम्रा जग्गामा रुहु शाहीले घर निर्माण गर्न लागेको हुँदा उक्त जग्गाको हक बेहक नछुट्टयाएसम्म निर्माण कार्य रोक्का गरिपाउँ भनी खड्गबहादुरले मिति २०४४।३।१७ मा दिएको निवेदनमा कारवाही हुँदा तपाईहरु दुवै पक्ष र अन्य भद्र भलाद्मी तथा यस कार्यालयका प्रतिनिधि समेतको रोहवरमा अमिनद्वारा नक्शा बमोजिम जग्गा छुट्टयाउँदा तपाईले घर बनाई रहनु भएको जग्गा तपाईको नपरी न.नं. १२३६ को खड्गबहादुर थापाको हुँदा उक्त जग्गा खाली गरी दिनु हुन जानकारी गरिएको छ, भन्ने समेत व्यहोराको मिति २०४४।३।१७ गतेको पत्र मिति २०४४।३।१८ मा मलाई बुझाइयो । ३. यसरी मेरो हक भोग भएको कि.नं. १२३५ को जग्गाको ४ किल्ला भित्र सीमित रही घर बनाई रहेको अवस्थामा सो जग्गा खड्गबहादुरको हो र जग्गा खाली गरी दिनु भनी तेरो मेरोमा निर्णय गर्ने वा पत्र पठाउने अधिकार विपक्षी नगर पञ्चायतलाई नहुँदा अ.बं. ३५ नं. बमोजिम उक्त निर्णय तथा पत्र आदेश समेत बदरभागी छन् । उक्त मिति २०४४।३।१७ गतेको पत्र आदेशले संविधानको धारा ११(२)(ङ) तथा धारा १५ ले अभिनिश्चित गरेको मौलिक हकमा आघात परेको हुँदा उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी विपक्षीको उक्त पत्र आदेश तथा निर्णय समेत बदर गरी पाउँ भन्ने रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीबाट लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियम बमोजम पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको मिति २०४४।४।११।२ को आदेशले प्राप्त हुन आएको लिखित जवाफ यस प्रकार रहेछ । ५. यी रिट निवेदकले हामीबाट लिएको जग्गा कि.नं. १२३५ हो भन्ने कुरा स्वी