निर्णय नं. ३५१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५१८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०५/२७ २३५३ निर्णय नं. ३५१८ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४४ सालको रिट नम्बर २३८० आदेश भएको मिति : २०४५।५।२७।२ मा निवेदक : जि.बाँके नेपालगञ्ज न.पं. वार्ड नं. ८ बस्ने छत्रमान पति विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय बर्दियासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २१ मा दफा १५ बमोजिम प्राप्त भएको जग्गालाई भूमिसुधार अधिकारीले तोकिए बमोजिम बिक्री वितरण गर्नेछ भन्ने उल्लेख भएबाट प्राप्त गरेको जग्गामात्र बिक्री वितरण गर्न सकिने । प्राप्त नगरेको जग्गालाई बिक्री वितरण गरेको भूमिसुधार कार्यालयको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक तथा मेरो परिवारका नाममा बाँके तथा बर्दिया जिल्लामा साविक जग्गा विगहा ८६६–१५–१४½ भएकोमा सर्भे नापीमा ८१०–१–१० कायम हुन आएको र भूमिसुधार लागू हुँदा प्रति परिवार २८ का दरले २१ परिवारले जम्मा विगहा ५८८ राख्न पाउने गरी मिति २०३७।११।१ मा भू.सु.का. वर्दियाबाट निर्णय समेत भएको छ । राख्ने छोड्ने जग्गाको फाँटवारी पेश गरिएको र बयान गर्दा समेत मेरो नाम दर्ताको बर्दिया सौरहवा गा.पं. वार्ड नं. २ कि.नं. १२६ को जग्गा विगहा २–२–५ राख्ने मध्यमा परेको थियो । विपक्षी कार्यालयले मिति २०४३।५।६ मा ८ नं. अनुसूची प्रकाशन गरी हदबन्दी भन्दा बाहिरको जग्गा प्राप्त गर्दा पनि उक्त जग्गा परेको छैन । विपक्षी कार्यालयले मालपोत कार्यालय वर्दियालाई हदभन्दा बढी जग्गा प्राप्त गरेको सूचना मिति २०४३।६।६ मा दिँदा पनि उक्त कि.नं. १२६ को जग्गा परेको छैन । सो जग्गाको ज.ध.प्र.पू. हालसम्म म निवेदककै नाममा कायम छ र भोग तिरो समेत गर्दै आएको छु । उक्त जग्गा मध्यबाट ज.वि. १–१०–० जग्गा विपक्षी फत्तु थारुलाई मिति २०२८।३।२५ मा विपक्षी कार्यालयबाट बिक्री वितरणमा दिइएको रहेछ । सो कुरा हालैमात्र २०४३।१०।२७ मा नक्कल सारी लिए पछि थाहा पाएकोले निवेदन गर्न आएको छु । ३. यसरी मेरो नामको दर्ता तिरो भई निरन्तर भोगचलन गर्दै आएको ७ नं. फाँटवारी पेश गर्दा पनि उक्त कि.नं. १२६ को जग्गा राख्ने भनी जनाएको र ८ नं. लगतमा समेत समावेश नभई प्रकाशित भइसकेकोमा हदभन्दा बढी भनी प्राप्ती तथा बिक्री वितरण गर्न मिल्ने होइन । भूमिसम्बन्धी ऐनको दफा १३ बमोजिम दाखिल हुन आएको फाँटवारीमा सच्याउनु पर्ने भएमा दफा १४(१) अनुसार जग्गावालालाई १५ दिनको म्याद दिई प्रमाण सहितको स्पष्टीकरण दिने मौका दिनु पर्ने हुन्छ । तर सो बमोजिमको सूचना समेत दिइएन । यस्तो स्थितिमा उक्त बमोजिम २०२८।३।२५ मा विपक्षी फतु थारुलाई बिक्री वितरण गरिएको भूमिसम्बन्धी ऐन, २०२१ को दफा १३, १५, २१ तथा १४(१) समेतको प्रतिकूल हुनुको साथै संविधानको धारा ११(२)(ङ) र धारा १५ द्वारा प्रदत्त मौलिक हकमा समेत आघात परेको हुँदा विपक्षी भू.सु.का. बर्दियाले फतु थारुलाई मिति २०२८।३।२५ मा बिक्री वितरणमा दिई गराएको कबूलियत तथा सोको प्रमाणपत्र लगा