निर्णय नं. ६४७८ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४७८ - उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :2054/09/03 ३०७४ निर्णय नं. ६४७८ ने.का.प. २०५४ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री टोप बहादुर सिंह २०५३ सालको रि.पु.इ.नं. –––– ७५ आदेश मितिः २०५४।९।३।५ विषय : उत्प्रेषण, परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ । निवेदकः मोरङ जिल्ला विराटनगर नगर पालिका वडा नं. ६ बस्ने वर्ष ४० को महेश प्रसाद लोहनी । विरुद्ध विपक्षीः श्री पुनरावेदन अदालत, विराटनगर समेत २ § प्रमाण सरह बुझ्न पठाइएको म्याद पछि हाजिर हुने व्यक्ति प्रमाण वा प्रतिवादी सरह के हो ? निजको बयान भएपछि मात्र खुल्ने कुरा हो । प्रमाण सरह अ.वं. १३९ नं. बमोजिम बुझ्न पठाइएको व्यक्ति तवसम्म प्रतिवादी हुँदैन जबसम्म बयान गराई कारणी सरह देखिदैन । यस्ता व्यक्तिले अदालतमा उपस्थित हुने म्याद गुजारी बसेमा थमाउन मिल्ने व्यवस्था रहेको देखिदैन । प्रमाण सरह बुझ्न पठाइएको म्यादलाई पुनरावेदनको म्याद सरह हुने भन्न मिल्दैन । प्रतिवादीको प्रतिउत्तर दिने म्याद वा पुनरावेदनको म्याद बाहेक साक्षी वा प्रमाण सरह बुझ्न पठाइएको म्यादलाई अ.वं ५९ नं.मा उल्लेख गरेको म्यादसंग गांस्न मिल्ने नदेखिंने । (प्र.नं. ११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री मातृका प्रसाद निरौला विपक्षी तर्फबाटः अवलम्वित नजिरः आदेश न्या.केशव प्रसाद उपाध्यायः यस अदालत संयुक्त इजलासका माननीय न्यायाधीशहरु बिच मतैक्यता कायम हुन नसकी स.अ. नियमावली, २०४९ को नियम ३(१)(क) अन्तर्गत पेश हुन आएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ :– २. हामी हजुर आमा उत्तरा कुमारीको नामको अपुतालीको सम्पत्ति नामसारी गरि नलिएको भन्ने आधार बनाई काशीनाथ कोइराला, लक्ष्मी देवी पोख्रेल, चुडामणी पोख्रेल, रमेश पोख्रेल, राजेश ढुंगेल तथा दामोदर आचार्य सहित भई चलेको हद बन्दी भन्दा बढी जग्गा जफत गरी कमिसन दिलाई पाउँ भन्ने मुद्दा चली कार्यवाही हुँदा भूमि सुधार कार्यालय सुनसरीले बुझिएसम्मका अंशियारका नामको जग्गाको लगतको आधारमा कुनै अंशियारका नाममा हद बन्दी भन्दा जति कम जग्गा देखिन्छ, त्यतिसम्म उत्तर कुमारीको अपुतालीबाट निजको नाममा थपिने बढी भएको जग्गा सरकारले प्राप्त गर्ने भनी ०४८।१।२ मा निर्णय तयार भएको रहेछ । उक्त निर्णय उपर पुनरावेदकहरुले पुनरावेदन अदालत, विराटन गर समक्ष पुनरावेदन परी कार्वाही हुँदा म निवेदक महेश प्रसाद लोहनीलाई पनि अ.वं १३९ नं. बमोजिम बयान गराउने आदेश ०५२।२।२२ मा भएको रहेछ । उक्त आदेश बमोजिम मेरा नाउँमा जारी भएको ७ दिने म्याद मिति ०५२।४।१४ मा तामेल भएकोले सो म्याद भित्र हाजिर हुन जान म बिरामी भई अ.वं. ५९ नं. बमोजिम म्याद थामी पाउँ भनी ०५२।५।१९ मा उपस्थित हुँदा मेरो निवेदन सोही मितिमा दर्ता गरी म्याद थामी नदिई निवेदन सम्बन्धित मिसिल तामेल राखी कानून बमोजिम गर्नु भनी निमित्त रजिष्ट्ररले तोक लगाई म्याद थामी दिई बयान गराउने काम भएन । सो आदेश बदर गरी पाउँ भनी पुनरावेदन अदालत विराटनगर समक्ष निवेदन प्रस्तुत गरेकोमा ०५२।७।३ मा ०५२।५।१९ मा रजिष्ट्ररले गरेको आदेश नमिलेको भन्न मिलेन कानून बमोजिम गर्नु भन्ने व्यहोरा उल्लेख गरी आदेश भएछ । सो आदेश बदर भागी हुँदा बदर गरी पाउँ भनी मेरो निम्न कथन पुष्टि गर्दछु । प्रथमतः हद बन्दी मुद्दामा म समेतलाई सामेल गराई न