निर्णय नं. ८८११ - निर्णय बदर एवं दाखिल खारेज दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८११ - निर्णय बदर एवं दाखिल खारेज दर्ता कायम भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६८/०७/२३ ४३११ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं.८८११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अवधेशकुमार यादव माननीय न्यायाधीश श्री तर्कराज भट्ट २०६५-CI- ०५२८ फैसला मितिः २०६८।७।२३।४ मुद्दा : निर्णय बदर एवं दाखिल खारेज दर्ता कायम । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २ लाजिम्पाट बस्ने प्रेमदास प्रकाशको मु.स. गर्ने ऐ. ऐ. बस्ने शोभादेवी प्रकाश समेत विरूद्ध प्रत्यर्थी वादीः बैतडी जिल्ला, पुचौडीघण्ट गाउँ विकास समिति बसन्तपुर घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २ बस्ने रश्मीदेवी बम शुरू फैसला गर्ने :– मा.जि.न्या.श्री भरतप्रसाद अधिकारी पुनरावेदन फैसला गर्ने :– मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री हरिप्रसाद घिमिरे § दाइजो पेवाबाट प्राप्त गरेको सम्पत्ति मुलुकी ऐन, स्त्री अंशधनको ५ नं. को कानूनी व्यवस्था समेतले आफूखुश गर्न पाउने । (प्रकरण नं.४) § आफूले बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति बकसपत्र पाउनेले भोगचलन नगरेको अवस्थामा मात्र मुलुकी ऐन, दान बकसको ५ नं. को कानूनी व्यवस्था आकर्षित हुने । § जग्गामा रहेको घरको सटर भाडामा दिएको र विद्युत महसूल तिरेको संकेत कार्डबाट देखिएको हुँदा विवादित घर जग्गामा प्रत्यर्थीको भोग रहेको केवल दाखिल खारेज नामसारी हुनसम्म बाँकी रहेको अवस्थामा मुलुकी ऐन, जग्गा पजनीको २ नं. मा भएको कानूनी प्रावधानबमोजिम हदम्याद नाघिसकेको भन्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय भोलाकुमार भट्टराई र बालकृष्ण नेउपाने प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ता बच्चुसिंह खड्का अवलम्बित नजीरः सम्बद्ध कानूनः § अ.वं. १३९ नं. § जग्गा पजनीको २ नं. § दानबकसको ५ नं. फैसला न्या.तर्कराज भटृः पुनरावेदन अदालत, पाटनको फैसलाउपर वादीको तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– स्व. पिता रत्नदास प्रकाश र आमा प्राणमाया खड्गीबाट जायजन्म भएका तीन छोरा पाँच छोरीहरूमा सबैको विवाह भैसकेको छ । म फिरादी रश्मीदेवीको अन्तरजातीय विवाह भै मेरा पति रणबहादुर बमसँग वैमनश्यता भै म फिरादी माइती कै संरक्षकत्वमा रही बालबच्चा पालनपोषण गरी बसी आएकी थिएँ । स्वर्गीय आमा जीवितै अवस्थामा रहँदाखेरी आमाले मिति २०५२।२।१ मा म फिरादीलाई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २ को कि.नं. २६२ को क्षेत्रफल ०–३–१–२ जग्गा र सो जग्गामा बनेको तीनतले घरमध्ये जमिन तल्ला र पहिलो तल्लाको जम्मा ४ भाग गरी सोमध्ये २ भाग घर जग्गा शेषपछिको बकसपत्र गरिदिएकोमा म फिरादीको नाउँ समेत समावेश गरी दा.खा. दर्ता गर्नुपर्नेमा सो नगरी विपक्षी प्रतिवादी प्रेमदास प्रकाशले ३ भाइको नाउँमा मात्र दा.खा. गर्ने गरी गरेको मिति २०५७।११।८ को मालपोत कार्यालय काठमाडौंको निर्णय र सो निर्णयका आधारमा विपक्षी समेत ३ जनाको नाममा मात्र भएको नामसारी दर्ता बदर गरी उक्त घर जग्गामा मेरो नाउँमा भएको शेषपछिको बकसपत्र बमोजिम भोगचलनको घर जग्गाको हदसम्मको मेरो समेत नाममा दा.खा.नामसारी गरिदिनु भन्ने मालपोत कार्यालय काठमाडौंको नाउँमा पूर्जी समेत दिलाई पाऊँ भन्ने व्यहोराको फिराद दावी । कानूनले तोकिदिएको नाताको मानिसले सं