निर्णय नं. ३५२१ - उत्प्रेषण एवं अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५२१ - उत्प्रेषण एवं अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०४/१७ २३९१ निर्णय नं. ३५२१ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान २०४४ सालको रिट नं. २५४४ आदेश भएको मिति : २०४५।४।१७।२ मा निवेदक : झापा जिल्ला, चारपाते गा.पं. वार्ड नं. ८ घर भई ऐ. को घैलाडुवा बस्ने जयप्रसाद उप्रेती विरुद्ध विपक्षी : भद्रपुर नगर पञ्चायतमा रहेको मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख घनश्याम खनालसमेत विषय : उत्प्रेषण एवं अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) विनियममा भएको व्यवस्था अनुसार दोश्रो पटक पनि आवश्यक टेण्डर दाखिल नभएपछि उपकुलपतिको स्वीकृति लिई कार्यालय प्रमुखले विनियममा भएको व्यवस्थानुसार गर्न पर्नेमा सो नगरी टेण्डर दाखिल गर्ने २ जना मध्ये विपक्षीलाई टेण्डर बमोजिम ठेक्का दिलाउने गरेको विपक्षी क्याम्पस सहयोग समितिको निर्णय त्रि.वि.वि.को आर्थिक प्रशासन सम्बन्धी विनियम, २०३३ को परिच्छेद १ को नियम १.६ को खण्ड (घ) को विपरीत भई त्रुटिपूर्ण हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. विपक्षी मध्येका मेची बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखले झापा जिल्ला शरणमति गा.पं. क्षेत्रभित्र रहेको उक्त क्याम्पसको नाममा दर्ता रहेको कि.नं. १९६ को ज.वि. २३–८–१०, कि.नं. १९२ को ज.वि. ३५–१४–१५ र कि.नं. २९४ को ज.वि. ५५ समेत जम्मा जग्गा विगहा १२०–३–५ जग्गा जे जस्तो अवस्थामा छ आफैं व्यवस्था मिलाई २०४४ देखि २०४८ सालसम्म खेति गरी गराई क्याम्पसलाई धान आम्दानी बुझाउँने ठेक्का बन्दोवस्त गर्न मिति ०४३ माघ ११ गते स्थानीय दैनिक हिजो आजमा टेण्डर सूचना प्रकाशित गर्नु भएको, म निवेदकले रीत पुर्याई सिलबन्दी टेण्डर पेश गरेको विपक्षी मध्येका गंगाप्रसाद उप्रेतीले क्याम्पसले तयार गरेको टेण्डर फाराम नकिनी आफैं खेस्रा लेखी रीत नपुर्याई सिलबन्दी नगरी टेण्डर पेश गरेको, पहिलो पटकमा दुई जनाको मात्र टेण्डर परेको, गंगाप्रसादको बोलपत्र रीत समेत नपुगेकोले पुनः टेण्डर दिन अर्को १५ दिने सूचना प्रकाशित गरे बमोजिम पुनः म निवेदक र गंगाप्रसादको मात्र टेण्डर परी विपक्षी जग्गा व्यवस्था संयोजक समितिले मिति ०४३।११।१८ मा टेण्डर खोली हेर्दा म निवेदकले कबोल गरेको धान मन ८२१ र विपक्षी गंगाप्रसादले कबोल गरेको ८०० मन भई विपक्षी सहयोग समितिलाई निर्णयका लागि अनुरोध गरेकोमा मेरो ठेक्का सदर गर्नु पर्नेमा ०४४।१।१७ का दिन बैठक गरी रीत नपुगेको र कबोल पनि कम भएको विपक्षीको बोलपत्र स्वीकार गरी ठेक्का दिने गरी निर्णय गर्नु भयो । ३. विपक्षी क्याम्पस प्रमुखले त्रि.वि.नियमावलीको नियम ३८.१ अन्तर्गत बनेको त्रि.वि.को आर्थिक प्रशासन सम्बन्धी विनियमको १–६ को क, ख, ग, घ, ङ, च र छ र रकम र सरकारी ठेक्का बन्दोवस्त ऐन, २०२० ले व्यवस्था गरेको प्रकृयालाई आधार बनाई उक्त ऐनको दफा ५ को रीत पुर्याई सूचना प्रकाशित गर्नु भएकोमा कारवाही र निर्णय सोही ऐनको दफा ७ बमोजिम गर्नु पर्ने हो तर निर्णय गर्दा उक्त ऐनको तमाम व्यवस्थ