निर्णय नं. ६४७९ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४७९ - जग्गा खिचोला भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०८/१९ ३२९२ निर्णय नं. ६४७९ ने.का.प. २०५४ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५० सालको दे.पू.इ.नं. ... ४१ फैसला मितिः २०५४।८।१९।५ मुद्दा : जग्गा खिचोला । पुनरावेदक वादीः कास्की पोखरा न.पा. वडा नं. १५ वस्ने हेडम्वराज पराजुली । विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वस्ने तारानाथ गौतम समेत जम्मा ३ । § विवादीत जग्गामा वादीको साविक देखिको दर्ता हक भोग रहेको भन्ने ठोस प्रमाण पनि वादीले पुर्याउन सकेको पाइदैन । कुनै पनि जग्गा जमिनमा जव सम्म कुनै व्यक्ति विशेषको हक भोग छ भन्ने तथ्यको भरपर्दो प्रमाण पेश हुदैन तव सम्म कुनै पनि पर्ति जनिएको जग्गालाई सार्वजनिक ऐलानी जग्गा मान्नु पर्ने । (प्र.नं. १४) § सार्वजनिक जग्गा दर्ता गराएकै भए पनि वदर हुने प्रकृतिको विवादीत दावीको जग्गा सार्वजनिक पर्ति जग्गा रहे भएको देखिन आएबाट यस्तो जग्गामा व्यक्ति विशेषले दावी गर्न पाउने अवस्था देखिन आएन । सार्वजनिक पर्ति जग्गामा दावी गर्नेले निजी भन्ने ठोस प्रमाण पुर्याउन सक्नु पर्ने हुन्छ । सर्जमिन र भइ आएको नक्सा मुचुल्काबाट समेत विवादित फिराद दावीको जग्गा सार्वजनिक पर्ति जग्गा रहे भएको भन्ने पुष्टि हुन आएकोले वादीको हकदैयाको अभावमा प्रस्तुत फिराद खारेज गर्ने गरेको कास्की जिल्ला अदालतको फैसला सदर गरेको तत्कालिन गण्डकी अंचल अदालतको फैसलामा पुनरावेदनको अनुमती प्रदान गर्नु नपर्ने आदेश गरेको तत्कालिन पश्चिमान्चल क्षेत्रीय अदालतको आदेश निर्णय समेत मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १५) पुनरावेदक वादी तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री शंभु थापा तथा श्री सानुवावु पोखरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली अवलम्वित नजिरः x फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः फैसला सदर गरेको तत्कालिन गण्डकी अंचल अदालतको फैसला उपर परेको पश्चिमान्चल क्षेत्रीय अदालतबाट मिति ०४३ मार्ग ५ गते अनुमति प्रदान नहुने आदेश भए पश्चात परेको विन्तिपत्रमा वक्स भै आएको हुकुम प्रमाङ्गी वमोजिम दर्ता भै पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा यस प्रकार छ । २. १९९० सालमा खेमलालका नाममा दर्ता भएको भुपलाल सिं जिम्मा अंशबाट मेरो हक भएको ।।१२ माना मध्ये विजन ।।।४ मुठी साविक तिरो रु.।५ पैसा लागेको पूर्व वाटो समेतका ४ किल्ला भित्र समेतको हाल पर्ति जनिएको जग्गा मैले दर्ता सम्वन्धमा नापी र मालमा निवेदन दिएको थिएं । सो अनुसार मिति ०३६।६।२६ मा मेरा नाममा दर्ता गर्ने निर्णय भएकोले कि.नं ३८२ नं. कित्ताकाट भै रोपनी ५-१०-३-३ कायम भै लालपुर्जा लिएको ऐ. जांचमा खेमलालका नाममा द.नं. ४१२ मा दर्ता भएको तिलक बहादुर जिम्मा झुक्ताको अंशबाट मेरा हक भएको पाखो ।।३ पाथी मध्ये ।.।२।५ दुई माना पांच मुठी पूर्व वाटो समेत ४ किल्ला भित्रको तिरो ।३० लागेको पाखो जग्गा जनी हाल सर्भे नापी हुँदा प्रर्ति जनिएकोमा मैले मेरा नाममा दर्ता गराई पाउँ भनी निवेदन गरेकोमा कि.नं. ३८४, ३८३ कायम भै मेरा नाममा दर्ता हुने भै मालबाट निर्णय भै भोगचलन गरी आएको सो जग्गामा ०३८ साल वैशाख २५ गते मैले पर्खाल वनाउन लाग्दा विपक्षले सो जग्गामा पर्खाल वनाउन र भोगचलन गर्न पाउँदैन भनी खिचोला गरेकाले विपक्षहरुको खिचोला मेटाई उक्त कि.नं. ३८२, ३८३ र ३८४ को सम्पूर्ण जग्गा