निर्णय नं. ३५२३ - परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५२३ - परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०४/२० २८१५ निर्णय नं. ३५२३ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल २०४३ सालको रिट नं. २२८८ आदेश भएको मिति : २०४५।४।२०।५ मा निवेदक : का.न.पं. वडा नं. ४ इन्द्रचोक बस्ने प्रकाशबहादुर सिंहसमेत विरुद्ध प्रत्यर्थी : नेपाल सलाई कम्पनी (प्रा.) लि.समेत विषय : परमादेश वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) कम्पनीको शेयर कानूनको रीत पुर्‍याई चल सम्पत्ति सरह हक छोडी दिन वा धितो बन्धक राख्न हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत विद्वान अधिवक्ता श्री हरिहर दाहाल आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ बमोजिम दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. कम्पनी ऐन, २०२१ को दफा ३(१) बमोजिम नेपाल सलाई कम्पनी (प्रा.) लि. संस्थापना गर्न दफा ३(२) बमोजिम निवेदकहरुका पिता श्री दानबहादुर सिंह डंगोल संस्थापक रहनु भएको मिति ०४२।५।२७ मा पिताको परलोक पश्चात संस्थापक प्रत्यर्थीहरु दुई जना मात्र छन् । स्व.पिताजी दानबहादुरको नाममा संस्थापना काल देखि कम्पनीको शेयर संख्या जम्मा रु. १,११,०००।– शेयर संख्या २१२ देखि ३२२ सम्म जम्मा १११ रहेको छ । पिताको स्वर्गारोहण पछि कम्पनी ऐन, २०२१ को दफा २९(१) बमोजिम शेयर दाखिल खारेज नामसारी गरी माग्न मृत्यु दर्ता प्रमाणपत्र, नाता प्रमाणपत्र र शेयरको प्रमाणपत्र साथै प्रत्यर्थी सञ्चालक समिति समक्ष ०४२।८।२३ मा श्रीमान निर्देशकज्यू उद्योग विभाग समेतलाई बोधार्थ दिई निवेदन दिएकोमा कुनै कारवाही नभएकोले उद्योग विभाग समक्ष समेत विभिन्न निवेदनहरु चढाई रहेकोमा कुनै कारवाही नगरी केवल औपचारिकता सम्म निर्वाह गर्ने दृष्टिबाट पत्र लेखिरहेको छ । कम्पनीको अचल सम्पत्ति प्रत्यर्थी अध्यक्षले मिति ०४३।८।२० मा कृष्णमान सिल्पकारलाई राजीनामा गरी हक हस्तान्तरण गरेका छन् । अन्य चल तथा अचल सम्पत्तिहरु पनि बिक्री गरी हाम्रो सम्पत्ति खाने नियत प्रत्यर्थीहरुको रहेको छ । शेयर नामसारी दाखिल खारेज नगरेकोबाट कम्पनी ऐन, २०२१ को दफा २८, २९ को कर्तव्यपालना गरेको छैन । दफा ६९(१) को कुनै विचारै नगरी हाम्रो शेयर नामसारी नगरिएकोबाट दफा ६९(१) को अवज्ञा हुन गएको छ । साथै शेयर नामसारी गर्ने व्यवस्था भएको नेपाल सलाई कम्पनी (प्रा.)लि. को नियमावलीको दफा (४) को प्रतिकूल भएको छ । उद्योग विभागबाट पनि कम्पनी ऐनको दफा १११, ११२, १४३ बमोजिम नगरी सम्पत्ति गैरकानुनी रुपले मानिएको र उक्त कानुनी व्यवस्था निष्कृय भएको छ । नेपाल सलाई कम्पनीको शेयर बाँडफाँडको सम्बन्धमा मोहनमान महर्जनको शेयर विभिन्न व्यक्तिलाई गएको अवस्थामा शेयरको प्रमाणपत्र नदिएको अवस्थामा प्रत्यर्थी उद्योग विभागले नै पत्र लेखी शेयरको प्रमाणपत्र दिन लगाएको तर निवेदकहरुको हकमा बाध्य नगराउनुबाट असमान व्यवहार भएको छ । अतः निवेदकहरुको उल्लिखित हक अपहरित हुनुको साथै नेपालको संविधानको धारा १०(१), ११(२)(ङ) द्वारा प्रत्याभूत हकबाट वञ्चित हुनु परेकोले स्व.पिता श्री दानबहादुर सिंहको नाममा रहेको उक्त शेयर निवेदक प्रकाशबहादुर सिंह र विजयबहादुर सिंहको नाममा नामसारी गरिदिनु भन्ने प्रत्यर्थी सञ्चालक समितिको लगायत र यो निवेदनपत्रको