निर्णय नं. ६४८० - लागु औषध फेन्सिडिल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४८० - लागु औषध फेन्सिडिल भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०८/०६ ४७०६ निर्णय नं. ६४८० ने.का.प. २०५४ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल सम्वत २०५२ सालको फौ.पु.इ.नं. ... २७ र २८ फैसला मितिः २०५४।८।६।६ मुद्दा :– लागु औषध फेन्सिडिल । पुनरावेदक/प्रतिवादीः जि.सुनसरी धरान नगरपालिका वार्ड नं. १५ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा मोरङ, विराटनगरमा थुनामा रहेको वर्ष २६ को कृष्ण लिम्वू समेत २ । विरुद्ध विपक्षी/वादीः प्र.नि.राम प्रसाद श्रेष्ठको प्रतिवेदनले श्री ५ को सरकार । § मुलुकी ऐन अदालती वन्दोवस्तको २०२ नं. मा इन्साफ जांच गर्दा अगाडीको इन्साफ वा सजायमा तात्विक भिन्नता नहुने भएमा बिपक्षी झिकाउनु नपर्ने तर इन्साफ वा सजायमा फरक पर्ने भएमा बिपक्षी झिकाउनु पर्ने भन्ने व्यवस्था गरेको देखिन्छ । यसमा प्रयुक्त शव्दावलीले तलको इन्साफ वा सजाय पुरै उल्टी वा आंशिक उल्टी हुने अवस्थालाई मात्र इंगित नगरी इन्साफ वा सजायमा केही फरक हुने अवस्थालाई समेत समेट्न खोजेको भन्ने देखिन आउँछ । शुरु फैसला पुरै उल्टी वा केही उल्टी मात्र भै सम्बन्धित व्यक्ति वा कुनै पक्षलाई प्रतिकूल वा अनुकूल प्रभाव पर्न सक्ने र त्यस्तोमा मात्र तात्विक भिन्नता रहन जाने भन्न यस ऐनको व्यवस्थाले समेत मिल्ने देखिन नआउने । (प्र.नं. २७) § प्रस्तुत मुद्दामा पुनरावेदन अदालत विराटनगरले अपराधसंग सम्बन्धित भनी पेश हुन आएको को.अ.प नं. १३७९ को मोटर साइकल जफत नहुने गरी ठहर गरीरहेको परीपे्रक्ष्यमा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) मा प्रयुक्त "निर्णयमा तात्विक भिन्नताभएको मुद्दा" भन्ने वाक्यांश आकर्षित नहुने भन्न सकिएन । मोटर साइकल जफत नहुने गरी पुनरावेदन अदालत विराटनगरले गरेको निर्णयवाट शुरु निर्णयमा तात्विक भिन्नता पुग्न गएको नै मान्नु पर्ने हुन आयो । उल्लेखित अवस्थालाई तात्विक भिन्नता (Substantial Difference) भित्र पारी इंगित गर्दा उक्त ऐनको भावना र उद्देश्य प्रस्फुटित नै हुन जाने मान्नु पर्ने हुन्छ । तर व्यक्ति वा पक्षलाई परेको प्रतिकूलता र अनुकुलताको आधारमा व्याख्या गर्दा न्याय संपादनमा क्लिष्टता अनिश्चय र दोहरोपनको स्थिति श्रृजना हुन जाने डर र आशंका सधै रहिरहने देखिन आउँछ । तसर्थ न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) को व्याख्या गर्दा पक्षलाई हुने अनुकूलता र प्रतिकूलताको आधारबाट होइन मुद्दामा भएको पुनरावेदन अदालतको निर्णयले शुरु अदालतको फैसला वमोजिम भएको सजायको घटी वढीबाट वादी र प्रतिवादीका वीचमा परेको भिन्नता (Substantial Difference) लाई लिई हेर्नु पर्ने हुन्छ । उपरोक्त अवस्थामा ऐनको दफा ९(१) (ग) भित्रको पुनरावेदकीय क्षेत्राधिकार आकर्षित हुने नै देखिन्छ । तसर्थ प्रस्तुत मुद्दामा यस अदालतको पुनरावेदकीय क्षेत्राधिकार नरहेको भन्ने विद्वान सरकारी वकीलको राय संग सहमत हुन नसकिने । (प्र.नं. २९) § यी प्रतिवादीहरुवाट वरामद गरिएको भनिएको PHENSEDYL EXPECTORANT भनिएको शिशी हेर्दा कोडिनको संमिश्रण रहेको भन्ने देखिन आउँदैन । फेन्सिडिलमा कोडिनको मात्रा निषेधित परिमाण (Quantity) भन्दा बढी भएमा मात्र सो पदार्थ लागू औषधको रुपमा निषेधित हुन जाने देखिंदा कोडिन नै नभएको वरामद PHENSEDYL EXPECTORANT लाई लागु औषध भित्र परेको भनी यी पुनरावेदक प्रतिवादीहरुलाई आरोपित कसुरमा सजाय गर्ने गरेको शुरु जिल्ला अदालतको फैसला