निर्णय नं. ६४८१ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४८१ - लेनदेन भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०४/१६ ३००४ निर्णय नं. ६४८१ ने.का.प. २०५४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५२ सालको दे.पू.नं. ... २७९१ फैसला मितिः २०५४।४।१६।२ मुद्दाः लेनदेन । पुनरावेदक/प्रतिवादीः जिल्ला कपिलवस्तु गाउँ विकास समिति गौरी वडा नं. ८ वस्ने पंचम चमार समेत जम्मा २ । विरुद्ध विपक्षी/वादीः जिल्ला कपिलवस्तु गाउँ विकास समिति रंगपुर वडा नं. ३ वस्ने छोटे चमार । § मुख्य जानकार भएको अभावमा त्यस्तो व्यक्तिले लिएको ऋणको दायित्व अरु अंशियारमा पर्न नसक्ने हुँदा घरको मुख्य जानकार नरहेकी पार्वती चमारनीले गरी दिएको लिखत वमोजिमको सांवा व्याज निज पार्वतीबाट मात्र भरी पाउने ठहर गर्नु पर्नेमा अरु अंशियार प्रतिवादीबाट समेत भराउने गरेको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत वुटवलको फैसला गल्ती भई केहि उल्टी हुन्छ । वादीले लिखत वमोजिमको सांवा व्याज प्रतिवादीहरु गुरु प्रसाद चमार र पंचम चमार समेतबाट भराई पाउने नभई पार्वती चमारनीबाट मात्र भराइ पाउने । (प्र.नं. १५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री जयकान्त लाल विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवानन्द दाश सरस अवलम्वित नजिरः x फैसला न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत बूटवलबाट मिति २०५१।१०।१७ मा भएको फैसला उपर पर्न आएको निवेदनमा दोहोर्‍याउने निस्सा प्रदान भई पुनरावेदनको लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :- २. प्रतिवादी पार्वती चमारनीले रु.१००५१। कर्जा लिई मिति २०३७।१।१ गते कपाली तमसुक गरिदिएकी र सो को सांवा व्याज समेत पार्वतीसंग माग्दा निजले गुरु प्रसाद पंचम समेतले गरि कर्जा तिर्नुपर्छ भनेकी हुँदा पंचम समेतबाट सो कर्जा माग्दा इन्कार गरेकोले सवै अंशियारबाट सांवा व्याज भराइपाउँ भन्ने फिराद पत्र । ३. पार्वती चमारनीले आफ्नै साखै भाइबाट ऋण लिएको भनी देखाइ हामीसमेत उपर झूठ्ठा मुद्दा दिएको हो हामीले कुनै ऋण लिएको छैन वादीले भने देखाएको तमसुक लिखत के कसो हो ? सक्कल तमसुक देख्न सुन्न पाउँ वादीको झूठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने प्रतिवादी पंचम र गुरु प्रसाद चमार समेतको संयुक्त प्रतिउत्तर पत्र । ४. मैले कर्जा दिन पुर्‍याउन इन्कार गरेको होइन सो सबै अंशियारले तिर्नु बुझाउनुपर्ने हो भन्ने प्रतिवादी पार्वतिको प्रतिउत्तर पत्र । ५. वादीका साक्षी र प्रतिवादी पार्वतीका साक्षीले २०३७।१।१ गते छोटे चमारसंग प्रतिवादी पार्वतीले रु.१००५१।- ऋण लिएको हुन् भन्ने वकपत्र र प्रतिवादीहरु आफ्नै घरमा थिए छोटे र पार्वती मिलि जाली तमसुक बनाएका हुन भन्ने प्रतिवादी गुरु प्रसाद चमारको साक्षीको वकपत्र । ६. वादी दावीको रुपैया लिई लिखत गरिदिएको सद्दे सांचो देखिन आएकोले सावां रु.१००५१।- र लिखत मितिदेखि विगो भरि भराउका मितिसम्मको ऐन बमोजिम सयकडा दशका दरले हुने व्याज समेत वादीले सवै प्रतिवादीबाट वरावरीका दरले भराइ लिन पाउने ठहर्छ भनी कपिलवस्तु जिल्ला अदालतले मिति २०४८।३।३२ मा गरेको फैसला । ७. प्रतिवादी पार्वतीले अंश दिन इन्कार गरि निज समेत उपर अंश मुद्दा चली क्षेत्रीय अदालतबाट निज हारेपछि निज पार्वतीले आफ्नो साखै भाइलाई धनी र आफु ऋणी देखाई हामीलाई थाहा नै नदिई हाम्रो मन्जूरी विना रु. १००५१।- को जालसाजी तमसुक वनाई झूठ्ठा लेनदेन गरेको भन्ने पुनरावेदक पंचम र गुरु प्रसा