निर्णय नं. ६४८२ - आदेश वदर गरी हाजिर गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४८२ - आदेश वदर गरी हाजिर गराई पाउँ भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०६/०१ २७९५ निर्णय नं. ६४८२ ०५४, ने.का.प अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५२ सालको दे.पू.नं. ... ३००८ फैसला मिति : २०५४।६।१।४ मुद्दाः आदेश वदर गरी हाजिर गराई पाउँ । पुनरावेदक/प्रतिवादी : का.जि. का.न.पा. वडा नं. १ दरवारमार्ग स्थित होटेल याक एण्ड यतिका अफिसिष्टीङ जनरल मेनेजर निर्मल धव्वाको वारेस का.जि. का.न.पा. वडा नं. ११ थापाथली वस्ने शम्भु प्रसाद दाहाल । बिरुद्ध विपक्षी/वादी : का.जि. का.न.पा. वडा नं. ६ वौद्ध रामहिटी वस्ने सुरेश कुमार ढुंगाना । § श्रम ऐन, २०४८ को दफा ७३ (१) मा कामदार वा कर्मचारीको व्यवस्थापनसंग सेवा सम्वन्धमा व्यक्तिगत दावी वा उजुरी भएमा सम्वन्धित कामदार वा कर्मचारीले सम्वन्धित व्यवस्थापक समक्ष लिखित रुपमा प्रस्तुत गर्नु पर्ने प्रावधान रहे अनुरुप सुरेश कुमारले व्यवस्थापक समक्ष लिखित निवेदन २०४९।६।४ मा दिएको भन्ने देखिन्छ । त्यसरी पर्न आएको निवेदन उपर श्रम कार्यालयको प्रमुखले दफा ७३(५) अनुरुप उक्त विवादमा निर्णय गर्नु पर्ने छ भन्ने स्पष्ट निर्देशन ऐनद्वारा नै भएको देखिंदा श्रम कार्यालयवाट सुरेश कुमार ढुंगाना र होटेल व्यवस्थापन वीच उत्पन्न विवाद समाधान तर्फको निर्णय गर्न नसक्ने भन्ने पुनरावेदन जिकिर संग सहमत हुन सकिएन । श्रम कार्यालयवाट यस तर्फ निर्णय गर्न सक्ने नै देखिने । (प्र.नं. ९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वंजाडे विद्वान अधिवक्ता श्री गुणनिधि न्यौपाने अवलम्वित नजीरः x फैसला न्या.केदारनाथ आचार्यः प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य यसप्रकार छ । २. म निवेदक होटेल याक एण्ड यतिमा स्थायी रुपमा १२ वर्ष देखि कामगरी सेप्टेम्वर १९, १९८८ देखि एकाउण्ट शाखामा नाईट अडिटर पदमा कार्यरत थिएं । मिति ०४७।२।१ को सम्झौताको वुँदा नं. ११ मा अध्ययन विदा दिइने छ भनि उल्लेख भए वमोजिम मैले कानूनको स्नातकोत्तर अध्ययनको लागि २ वर्षको अध्ययन विदा माग गर्दा विपक्षी होटेल याक एण्ड यतिका का.मु. महाप्रवन्धक श्री सुरेन्द्रमान शाक्यले हाललाई एक वर्षको अध्ययन विदा र वांकी एक वर्षपछि स्वत रिन्यु गरिन्छ भन्ने आदेश दिएकाले म भारतको दिल्ली विश्व विद्यालयमा अध्ययनको लागी गएकोमा पढाई समाप्त गरी म सेटेम्वर १९९२ मा हाजिर हुन जांदा सेप्टेम्वर १६, १९९१ को मलाई तपाईको विदा रिन्यु भएन हाजिर हुन आउनु भन्ने व्यहोराको पत्र र सो पत्रलाई आधार मानि गरिएको महा प्रवन्धकको निर्णय सहितको मिति अगष्ट २३, १९९२ को पत्र मलाई दिई उक्त होटेलमा मलाई हाजिर हुन नदिएकोले विपक्षीहरुको काम कारवाही नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२, १६ तथा श्रम ऐन, २०४८ को दफा ७३(३) तथा ७९(१) र (२) तथा प्राकृतिक न्यायको सिद्धान्त विपरित हुँदा वदर गरी सेप्टेम्वर १, १९९२ देखि मुद्दा फैसला हुँदा सम्मको तलव, दशैं खर्च र वोनस समेत भराई हाजिर गराउनु भन्ने आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको सुरेश कुमार ढुंगानाले श्रम कार्यालयमा दिएको निवेदन । ३. सुरेश कुमार ढुंगानालाई होटेल याक एण्ड यतिले वर्खास्त गरेको कारवाही वदर भई पून वहाली गर्नु पर्ने भनी श्रम ऐनको दफा ७३ को उपदफा ५ ले प्रदत अधिकार प्रयोग गरी निर्णय ठहर गरीएको छ भन्ने समेत व्यहोराको श्रम कार्यालय