निर्णय नं. ६४८३ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४८३ - अंश चलन भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०४/२१ २८१६ निर्णय नं. ६४८३ ने.का.प. २०५४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे सम्वत् २०५३ सालको दे.पू.नं. ..३७१६, ३७१८ फैसला मितिः २०५४।४।२१।३ मुद्दाः अंश चलन । पुनरावेदक/प्रतिवादीः का.जि.काठमाण्ठौ म.न.पा.वा.नं. १ कान्तिपथ वस्ने मोहन कुमारी स्थापित समेत । विरुद्ध विपक्षी/वादीः ऐ. वार्ड नं. ३० ज्याठा वस्ने अजय रत्न स्थापित समेत जम्मा ३ । पुनरावेदक/प्रतिवादीः ऐ. वार्ड नं. १ कान्तिपथ वस्ने प्रभावति स्थापित समेत जम्मा २ । विरुद्ध विपक्षी वादीः ऐ. वा.नं. ३० ज्याठा वस्ने सहानुरत्न स्थापित समेत जम्मा ३ । § प्रमाण ऐन, २०३१ अनुसार एकाघर संगका अंशियारहरु मध्ये जूनसूकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्दछ र अदालतको त्यस्तो अनुमानलाई खण्डन गर्न चाहिनेले त्यस्तो प्रमाण पुर्‍याउने भार समेत सोही ऐनको दफा २९ वमोजिम वहन गर्नुपर्ने । (प्र.नं. १६) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता त्रय श्री हरि शंकर निरौला, श्री शंभु थापा तथा श्री मिथिलेश कुमार सिंह विपक्षी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री श्याम प्रसाद खरेल । अवलम्वित नजिरः x फैसला न्या.कृष्णजङ्ग रायमाझीः पुनरावेदन अदालत पाटनको मिति ०५१।१।२९ को फैसला उपर न्या.प्र. ऐन, २०४८ को दफा १२(१) को (क)(ख) अन्तर्गत परेको निवेदनमा दोहोर्‍याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :- २. ससुरावाजे भिमरत्न तथा साहु हिरामायाका ३ छोरा मध्ये जेठा हर्षरत्न माहिला तिर्थरत्न कान्छा सानुरत्न भएकोमा सासुससुरा अघि नै परलोक हुनुभएकोमा जेठाको श्रीमती मोहन कुमारी नै माइला परलोक हुनुभई निजका जेठी श्रीमती चित कुमारीका तर्फबाट छोरा अजयरत्न र विपक्ष रत्नकी श्रीमती प्रभावती तथा कान्छि तारा शोभा र निजका तर्फका छोरा सहानुरत्न र सानुरत्नका श्रीमती लक्ष्मि शोभा र छोरा अजयरत्न मै परिवारमा वढि मनमूटाव बढ्न थालेकोले घरसार भै सल्लाह भै ०३९।११।१४ मा वण्डापत्र खडागरि आयौं तापनि कार्यान्वयन भएको थिएन । र हाल हाम्रो अंशभाग छुट्टयाइ दिनु भन्दा दिन्न भनेकाले फिराद गर्न आएका छौं । फिराद परेको अघिल्लो दिनलाई मानी छुट्टिएको मिति कायम गरि चलअचल सम्पूर्ण सम्पत्तिको अंश वण्डाको २०,२१,२२ र २३ नं. अनुसार विपक्षहरुबाट तायदाती लिइ सम्पूर्ण सम्पत्तिको ३ भागको २ भाग हाम्रो र एक भाग विजयरत्नको लाग्ने हुँदा सम्पूर्ण सम्पत्तिको ९ भागको २ भाग अंश छुट्याइ अड्डैबाट चलन समेत चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादीको दावी झूठ्ठा हो हामी मुल हंशियार नभएको र हामीले विपक्षबाट नै अंश पाउनुपर्ने हो र वावु ससुराहरुको वीचमा नै वण्डा नहुदै हामीहरु उपर अंशमा दावी गर्न मिल्दैन र हाम्रो ससुराका दाजूभाई वीचमा अंशवण्डा नभएको स्थितिमा सम्पत्ति हाम्रो जिम्मा रहने कुरा पनि आउँदैन हाम्रो जिम्मा वण्डा गर्नुपर्ने सम्पत्ति कुनै छैन विपक्षको झूठ्ठा फिरादबाट अलग फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको विजयरत्न र प्रभावतीको प्रतिउत्तर पत्र । ४. हामी लक्ष्मी शोभा तथा अजयरत्न विपक्षहरुको अंशियार नभै पति पिता सानुरत्नको अंशभागबाट मात्र अंश पाउन सक्ने व्यक्तिहरु हुदा सानुरत्नको सम्म अंशियार हो । विपक्षहरुलाई अंश दिन र लिन सक्ने कुरा