निर्णय नं. ६४८४ - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४८४ - अंश दर्ता भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०७/२० २४३६ निर्णय नं. ६४८४ ने.का.प. २०५४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५२ सालको दे.पू.नं. ... ३३३६ फैसला मितिः २०५४।७।२०।४ मुद्दाः अंश दर्ता । निवेदक/प्रतिवादीः जि. पर्सा पिडारी गुठी गा.वि.स. वडा नं. ६ वस्ने जदिया गदिन समेत जम्मा १३ । विरुद्ध विपक्षी/वादीः ऐ.ऐ. वस्ने भनी लेखेको विदेश भारत जिल्ला पश्चिम चम्पारण सा ओदरवाटो पचमवा वस्ने राजमन राउतको पत्नी सम्पतीया गदीन । § वादी पोइल गई सकेकोले अंश दिनु नपर्ने भन्ने प्रतिजिकिर भई नाता सम्वन्धमा नै विवाद परेको देखिन्छ । नाता सम्वन्धमा वादी पोइल गई सकेको भन्ने गा.पं. सचिवले गरिदिएको सिफारिश आधिकारिक नहुने र त्यस्तो सिफारिश प्रमाणमा लिई वादी राजमन भन्ने व्यक्तिसंग पोइल गइसकेको मानी वादीले अंश नपाउने गरी शुरुले फैसला गरेको प्रस्तुत मुद्दामा नाता सम्वन्धमा विवाद उठेको पाइन्छ । नाता सम्वन्धमा विवाद उठेपछि सवुद प्रमाण वुझी नाता सम्वन्धमा विवाद निरोपण गरी इन्साफ गर्नु पर्ने । (प्र.नं.१३) निवेदक प्रतिवादी तर्फबाटः x विपक्षी वादी तर्फबाटः x अवलम्वित नजिरः x फैसला न्या.अरविन्दनाथ आचार्यः पुनरावेदन अदालत हेटौंडाले गरेको मिति २०५२।३।१८ को फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः २. मुल पुर्खा ससुरा जदू राउत गदी र निजको श्रीमती सासु धूनिया गदिनको दाम्पत्य जीवनबाट ४ छोरा क्रमशः जेठा विपक्षी भगेलु राउत, माहिला विपक्षी महन्थ राउत भन्ने अलगु राउत साहिला विपक्षी सन्त राउत गदी कान्छा मेरो पति वसन्त राउत गदि हुन, जेठा विपक्षी भगेलु राउतको श्रीमती विपक्षी जदीया गदिनको दाम्पत्य जीवनबाट ३ छोरा क्रमशः जेठा विपक्षी सरीफ माहिला तरिफ र कान्छा फजील हुन । विपक्षी महन्थ राउत र निजकी श्रीमती जेनुलियाबाट ५ छोरा क्रमशः विपक्षी सगिर वगिर नगिना, भरत र भूआल हुन विपक्षी सन्त राउत र विपक्षीको श्रीमती विपक्षी फुलवनियाका ४ छोरा विपक्षी नगिर हुन भन्ने अन्य ३ जना नावालक नै छन् म फिरादी सम्पतिया गदिनको पति वसन्त राउत गदि हुन हामी सम्पूर्ण परिवार एकासगोलमा वसी खेती पाति कमाई आर्जन गरी आउँदा सोबाट वढे वढाएको श्रीसम्पत्ति सुविधा अनुसार एकासगोलका सदस्यहरु मध्ये विभिन्न व्यक्तिहरुको नाममा राखी जोडी आउँदा आ आफ्नो कालगतिले मुलपुर्खा जदू राउत र सासु श्रीमती धूनिया गदिन अघि पछि गरी परलोक हुनु भयो । उल्लेखित ढंगबाट भएका सम्पूर्ण परिवार एकासगोलमा वसी खेती पाति कमाई आर्जन गरी आउँदा मेरो पति वसन्त राउत गदि पनि आज भन्दा १, १।। वर्ष अघि आफ्नो कालगतिले परलोक हुनुभयो । छोरा छोरी कुनै सन्तान नहुँदा मलाई आफ्नो इज्जत र प्रतिष्ठा अनुसार खान र दानपूण्य समेत गर्न दिनुहोस अन्यथा मेरो अंश हक मलाई छुट्याई दिनुहोस भनी मिति २०४७।८।१५ का दिन पंच भलादमीको रोहवरमा भन्दा तिम्रो अंश हक छैन जाहां खोज्नू छ खोज भनी जवाफ दिएकोले सम्मानित अदालतको क्षेत्रमा गुहार माग्न आएकी छु । विपक्षीहरु नै घरको मुख्य व्यक्ति भएकोले संपूर्ण चल अचल श्रीसम्पत्तिको तायदाती फांटवारी लिई मेरो हुने ४ खण्ड मध्ये १ खण्ड अंश हक छुट्याई मेरो नाउँ र दर्ता समेत गरी पाउँ भन्ने समेत वादी । ३. वादी दावी वमोजिम अंश दिन पर्ने होइन विपक्षी सम्पत्तिया गदिन वसन्त राउतको श्रीमती नभई हाल विदेश भारतमा विवाह गरी वसेकी कारणबाट सो वा