निर्णय नं. ६४८५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६४८५ - कर्तव्य ज्यान भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०७/१३ २९३६ निर्णय नं. ६४८५ ०५४, ने.का.प अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा संवत् २०५३ सालको फौ.पू.नं. ... १५६८ फैसला मिति : २०५४।७।१३।४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादीः ग.अ. लमजुङ जिल्ला चण्डीस्थान गा.वि.स. वडा नं. ६ वस्ने टेक बहादुर रिमाल बिरुद्ध विपक्षी /वादी : धन बहादुरको जाहेरीले श्री ५ को सरकार § मृतकसंग प्रतिवादीको ज्यान मार्नु पर्ने सम्मको रिसईवी भए रहेको समेत मिसिल प्रमाणबाट देखिन आउँदैन । प्रतिवादीले मृतकसंग संगै वेशीशहर गई संगै रक्सी खाएको कुरालाई अदालतको वयानमा समेत स्वीकार गरेको देखिन्छ । निज प्रतिवादीले मृतकलाई ढुंगाले पछाडी घुच्चुक्मा हानेको त्यसपछि मृतकसंग लडामारी भई धकेली दिंदा भीरवाट लडी मरेको भनी प्रहरी समक्ष वयान गरेको, टाउको पछाडी घाउ भएको लाश जांच मुचुल्काबाट निजहरु वीच धकेला धकेल भएको समेत पुष्टी भएको देखिन आउँछ । रक्सीको नशामा लडामारी भई धकेल्दा भीरवाट लडी मरेको अवस्था देखिंदा ज्यान सम्वन्धीको १३ नं. आकर्षित हुने अवस्था देखिन आएन । होस नपुर्याई वा हेलचक्रयाई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पांच सय रुपैयासम्म जरिवाना वा दुई वर्ष सम्म कैद वा दुवै संजाय हुने ज्यान सम्वन्धीको ६(२) नं ले कानूनी व्यवस्था गरेको पाइन्छ । होस नपुर्याई लडामरी भई धकेला धकेल भई भीरबाट लडी तिलक बहादुरको मृत्यु भएको देखिन आएकोले निज तिलक बहादुर प्रतिवादीको क्रियाबाट भवितव्य परी मरेको ठहर्छ । मुलुकी ऐन, ज्यान सम्वन्धिको ६(२) नं. ले २ वर्ष कैदको सजाय हुन्छ । कर्तव्यबाट मरेको ठहर्याई ज्यान सम्वन्धीको १३(३) नं. ले सजाय हुने ठहर्याएको शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत पोखराको इन्साफ समेत नमिली उल्टी हुने । (प्र.नं. २५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी विद्वान अधिवक्ता श्री उज्वल राज मैनाली, विद्वान अधिवक्ता श्री अर्थ बहादुर हमाल विपक्षी वादी तर्फबाटः विद्वान उप सरकारी अधिवक्ता शरद कुमार खड्का अवलम्वित नजीरः फैसला न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत पोखराको मिति २०५३।१।१७ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ख) वमोजिम दायर हुन आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. मिति २०४९।८।२६ गते खाना खाई माहिलो छोरालाई फोन गर्न जान्छु भनि वावु तिलक बहादुर अधिकारी वेशीशहर तर्फ जानु भएकोमा घरमा आउनु भएन । भोलीपल्ट विहानै चनौटे जाने वाटोमा मृतक अवस्थामा छन् भन्ने सुनी आई हेर्दा मृत्यु भै सकेको रहेछ । मेरो वावुको मृत्यु के कुन परिवन्धबाट भएको हो ? अनुसन्धान गरी कानून वमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको २०४९।८।२७ को धन बहादुर अधिकारीको शुरु जाहेरी दरखास्त । ३. लाश देखि अन्दाजी २२ फिट उचाईमा मनाङ जाने वाटो देव्रे किनारा उक्त किनारादेखि २ मिटर ८ फिटमा लाश भन्ने समेत घण्डी स्थान गा.वि.स. वडा न. ९ को घटनास्थल प्रकृति । ४. दक्षिण टाउको उत्तर खुट्टा दायां कोल्टे परी हातलाई शरीरले च्यापेको तिलक बहादुर अधिकारीको लाश दायां आंखा माथि दुई वटा घाउ आंखा वन्द नाक मुखबाट रगत निस्केको पछाडी मेरुदण्डमा र पाता समेत गरी ५ वटा घसारीएको दाग टाउको पछाडी १ इन्च गहिराई आधा इन्च गोलाइ भएको घाउ भन्ने समेत व्यहोराको लाश प्रकृति मुचुल्का ।