निर्णय नं. ६४८६ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६४८६ - उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी पाउँ भाग: ३९ साल: २०५४ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५४/०८/०९ ३००७ निर्णय नं. ६४८६ ने.का.प. २०५४ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको रिट नं. ...२१३८ आदेश मितिः २०५४।८।९।२ विषयः उत्प्रेषण मिश्रित परमादेश लगायत अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरी पाउँ । निवेदकः त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालको उप प्रशासक पदमा कार्यरत वर्ष ४५ को महेश प्रसाद सिंह । विरुद्ध विपक्षीः त्रिभुवन विश्वविद्यालय किर्तिपुर समेत जम्मा ७ । § निवेदकले उक्त सम्वन्धित ऐन नियमको कुन दफा कुन नियम संविधानको कुन भाग धारा संग वाझिएको वा ती ऐन कानूनले निवेदकको प्रचलित संविधानद्वारा प्रदत्त कुन कस्तो मौलिक हक उपर अनुचित वन्देज लगाएको हो सो कुरा उल्लेख गर्न सकेको पाइदैन । वाझिएको भन्नु मात्र पर्याप्त हुँदैन । वाझिएको भनी जिकिर लिने निवेदकले सो कुरा उदाहरण सहित प्रष्ट रुपमा वोधगम्य हुने गरी प्रकाश पार्नु पर्दछ । सो कुराको अभावमा वाझिएको भन्ने जिकिरलाई मनासिव मान्न नमिल्ने । (प्र.नं. १४) § नियम ऐनसंग वाझिएमा निस्कृय र अमान्य वदर घोषित गराई पाउँ भन्ने निवेदन माग गर्ने क्षेत्राधिकार निवेदकलाई रहे भएको अन्य कानून निजले देखाउन सकेको देखिंदैन । ऐन र नियमको व्यवस्था यदि वाझिएको रहेछ भने ऐनले नै प्राथमिकता पाउने वा ऐनको व्यवस्था नै मान्य हुने कानून व्याख्याको सामान्य सिद्धान्तले निर्दिष्ट गरेकै पाइने । (प्र.नं. १४) § पुनरावेदन सून्ने निकायले तल्लो निकायको निर्णय नमिलेको भनी उल्लेख गरी सकेपछि वदर वा उल्टी भन्ने शव्दांश नरहेको आधारबाट मात्रै पुनरावेदन सून्ने निकायको निर्णय मनासिव नहुने भन्ने मिल्ने देखिंदैन । तल्लो निकायको निर्णय नमिलेको भनी उल्लेख गरी पुनरावेदन आयोगले निर्णय गरे पश्चात सोही निर्णयको आधारमा सेवा आयोगबाट निर्णय समेत भइसकेको परिप्रेक्ष्यमा वदर वा उल्टी भन्ने शव्द नपरेको भन्ने आधारबाट मात्र पुनरावदेन आयोगको निर्णय त्रुटीपूर्ण छ भन्न सकिने अवस्था नदेखिंने । (प्र.नं. १५) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री वद्री बहादुर कार्की विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विद्वान अधिवक्ता श्री भरत बहादुर कार्की अवलम्वित नजिरः आदेश न्या.हरि प्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८ (१)(२) समेत अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा यस प्रकार छः २. त्रि.वि. सेवा आयोगको विज्ञापन नं. ४।०५१ वाट रिक्त २ सह प्रशासक पदको आन्तरिक प्रतियोगिताद्वारा वढुवा गरिने पदमा दर्खास्त पेश गरेको थिएं वढुवा पाउने सफल उम्मेदवारमा म निवेदकको नाम २ नं. मा प्रकाशित गरिएपछि विपक्षी शंभुराज रेग्मीले विपक्षी पुनरावेदन आयोग समक्ष उजुरी दिनु भएछ । पुनरावेदन आयोगको फैसला र सेवा आयोगको निर्णय अनुसार नयां सिफारिश सूची तयार गर्दा नियम विपरित मैले वढुवा पाएको शुरुको सिफारिस रद्द गरेको थाहा हुन आयो । ०५२।२।४ को विपक्षी त्रि.वि.पू. आयोगको फैसलाको नक्कल हेर्दा कारण नजनाई उत्कृष्ट वा ठीकै स्केलबाट मूल्यांकन गरिएको अवस्थामा मूल्यांकन अंक यथास्थितिमा रहन नसकिने भएको हुँदा मूल्यांकन फारामको अंकको छानवीन गरी पूनः नतिजा प्रकाशित गर्न सेवा आयोगमा जानकारी दिने फैसला भएको दे