निर्णय नं. ३४२५ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३४२५ - डाँका भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०५/१३ २२९७ निर्णय नं. ३४२५ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५६३ फैसला भएको मिति : २०४५।५।१३।२ मा पुनरावेदक/प्रतिवादी : जिल्ला कार्यालय, कारागार शाखा पाल्पा तानसेनमा थुनामा रहेको टिपनारायण थारु विरुद्ध विपक्षी/वादी : मुरारी थारु समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) प्रहरीमा गरेको साविती अन्य स्वतन्त्र प्रमाणबाट समर्थित हुनु पर्ने । (प्रकरण नं. ४१) (२) सहअभियुक्तले प्रहरीमा भएको कागजमा पोल गरेको स्वतन्त्र प्रमाणबाट समर्थित हुन नसकेको स्थितिमा केवल प्रहरीमा भएको सावितीलाई आधारमानी कसूरदार ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. ४१) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रमेशविक्रम कार्की विपक्षीतर्फबाट : विद्वान का.मु. अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति भई फौज्दारी दायरीमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. ०३७ साल ज्येष्ठ २७ गतेको रात सुती निदाएका अवस्था डाँकाहरु आई म मुरारीको बिगो रु. २५,४००।– र म ऋषिरामको बिगो रु. १,८६०।– का धनमाल डाँका गरी लगे म गेजहीको कागजपत्र मात्र लगेको हुँदा जाहेर गरेका छौं । डाँका गर्नेहरुले गहनाहरु खोसिरहेको अवस्था म ऋषिरामकी छोरी सावित्रीले पूर्णमासा अहिर, टिपनारायण थारु र मुनीलाल थारु समेतसंग लडिरहेको बखत चिनेकोले निजहरु समेतलाई पक्राउ गरी कानून बमोजिम कारवाही र सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. जाहेरवालाको घरमा श्याम, चन्द्र किशोर, बाबुराम झकरी समेत भई डाँका गरेको हौं भन्ने समेत व्यहोराको प्रतिवादी टिपनारायणले प्रहरीमा गरेको बयान । ४. म समेतको साथीहरु मिली जाहेरवाला मुरारी समेतको घरमा डाँका गरेका हौं भन्ने समेत व्यहोराको पूर्णमासी अहिरले प्रहरीमा गरेको बयान । ५. हामी सबैजना मिली डाँका गरेका हौं भन्ने समेत व्यहोराको झकरीले प्रहरीमा गरेको बयान । ६. डकैती गर्न गएको होइन, किन पोल गरे भन्ने समेत व्यहोराको बिजुली अहिरको प्रहरीमा भएको बयान । ७. जाहेरवालाको घरमा डाँका गरेको भन्ने कुरा सुनेको हुँ, म डकैती गर्न गएको छैन, म उपरको पोल झुठ्ठा हो भन्ने समेत व्यहोराको बाबुरामको प्रहरीमा भएको बयान । ८. हामी सबैजनाको राय सल्लाह भई घरमा पसी लुटी धनमाल लुटिरहेकै अवस्थामा गाउँमा हल्ला भई हामी धनमाल लिई भाग्यौं । धनमालको भाग हिस्सा पाएको छैन भन्ने समेत व्यहोराको बहिरा भन्ने अयोध्या अहिरले प्रहरीमा गरेको बयान । ९. म डकैती गर्न गएको छैन, किन टिपनारायणले म प्रति पोल गरे म जान्दिन भन्ने समेत व्यहोराको कालीराम थारुको प्रहरीमा बयान । १०. डकैती गरेको अवस्थामा वेलाइसेन्सको भरुवा बन्दूक लिएको थिएँ । धनमालको हिस्सा मैले पाएको छैन भन्ने समेत व्यहोराको मुनिलालको प्रहरीमा भएको बयान । ११. डकैती गर्दाको अवस्था म घरभित्र नपसेकोले के कति धनमाल डाँका गरे थाहा छैन, मैले हिस्सा भाग समेत पाएको छैन भन्ने समेत व्यहोराको रमेश कार्कीको प्रहरीमा भएको बयान । १२. ०३७ साल जेष्ठ २७ गते जाहेरवाला मुरारी थारु, ऋषिराम, गैडही थारु समेतको घरबाट जाहेरीमा लेखिए अनुसारको धनमाल डकैती भएको हो, टिपनारायण थारु समेत जना ९ र पक्