निर्णय नं. ३५२७ - भ्रष्टाचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५२७ - भ्रष्टाचार भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४४/१२/१० २७८० निर्णय नं. ३५२७ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको फौ.पु.नं. ४८६ फैसला भएको मिति : २०४४।१२।१०।४ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा भैरहवामा थुनामा रहेको दिलीपकुमार रञ्जितकार विरुद्ध विपक्षी/वादी : कृषि विकास बैंक लुम्बिनी अञ्चलको पत्रले श्री ५ को सरकार मुद्दा : भ्रष्टाचार (१) भ्र.नि.ऐन, २०१७ को दफा १३(१) मा कैद वा जरिवाना वा दुवै गर्न सक्ने व्यवस्था अनुसार शुरुको फैसलामा अभियोग लागेकोलाई कैदको सजायँ मात्र गरी जरिवाना गरेको नदेखिएकोले बिगोलाई जरिवाना भनी पुनरावेदन गरेवापत अ.बं. २०३ नं. बमोजिम थप जरिवाना गरेको कानून अनुरुप नभएको हुँदा थप जरिवाना गरेको बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफमा पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ । २. यस कार्यालय अन्तर्गत प्रशाखा कार्यालय कोपवाका लेखापाल श्री दिलिपकुमार रंजितकारले उक्त कार्यालयको हिसाब गोलमाल गरेको आशंका लागि मिति ०३७ साल माघ फाल्गुण चैत्र र आषाढ ५ महिनाको हिसाब जाँच गर्दा आम्दानी र खर्चको कुनै पनि भौचर तयार भएको छैन बिना भौचर मनज्ञानले खातावालाहरुका खातामा जम्मा गरेको र खर्च गरेको समेत कटाउँदा पनि रु. ९३,०००।– निजले हिनामिना गरेको देखिन्छ । निजले गरेको कार्यकलाप भ्र.नि. ऐन, २०१७ को दफा ९ अन्तर्गतको मुद्दा चलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने कृषि विकास बैंक प्रा.वि. क्षेत्र लुम्बिनी अञ्चल भैरहवाले लुम्बिनी अञ्चलाधीश कार्यालयलाई २०३८।११।२५ मा लेखेको पत्र । ३. कृषि विकास बैंक प्रशाखा कोपवाको रु. ९३,०००।– हिनामिना गरेकोमा कोपवा प्रशाखाको कुनै पनि कर्मचारीको हात नभई सम्पूर्ण रकम हिनामिना गर्नेमा मेरो नै हात छ । कृषि विकास बैंक तौलिहवाबाट पेश भएको सबै श्रेस्ता हेरेदेखी विवरण हिसाब बमोजिमको मिति, मितिमा भएको कारोवारमा अरु कारोबार भौचर उठाएको र सम्बन्धित खातामा पनि चढाएको छ । तर यस विवरण हिसाबको नं. ९३,०००।– को तिलकराम घिमिरे समेतको हिसाब नं. ९३,०००।– को तिलक घिमिरे समेतको हिसाबको भौचर उठाएको पनि छैन । दैनिक परिचालन खातामा जम्मा गरेको पनि छैन । कारोबार म बाट नै भएको हो । हिसाब हेरी यकीन गरे रु. ९३,०००।– मासेको देखिएको ठीक छ, फरक छैन । उल्लिखित रकम मैले एकलौटी खाए मासेको छु भन्ने दिलीपकुमार रञ्जितकारले ०३९।६।२० र ०३९।७।४ मा जिल्ला कार्यालय कपिलवस्तुमा गरेको बयान कागज । ४. दिलीपकुमार रञ्जितकारले कृषि विकास बैंक प्रशाखा कोपवामा बहाल हुँदा बदनियत साथ उक्त बैंकको रकम मासी खाएको प्रष्ट देखिएकोले निजलाई भ्र.नि. ऐन, ०१७ को परिच्छेद २ को दफा १३ को देहाय २ बमोजिम पुरै सजायँ हुन र निज दिलीपकुमार रञ्जितकारले कृषि विकास बैंक प्रशाखाको कोपवाको मासी खाएको बिगो रु. ९३,०००।– सोही ऐनको दफा १३(२) बमोजिम सरकारी बाँकी सरह असूल उपर गरी पाउन अभियुक्त दिलीपकुमार रञ्जितकार समेतलाई पेश गरेको छु भन्ने २०३९।१०।१० को आरोपपत्र । ५. मेरो उपरको भ्र.नि. ऐन, ०१७ को दफा १३ अनुसार सजायँको माग गरेको सुनें मैले उक्त रकम ह