निर्णय नं. ३५२९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५२९ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०३/०७ २४८७ निर्णय नं. ३५२९ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको फौ.पु. नम्बर ३९७ फैसला भएको मिति : २०४५।३।७।३ मा पुनरावेदक/वादी : उत्तमकुमार भारतीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.झापा महेशपुर गा.पं. वार्ड नं.३ बस्ने भेषन भन्ने भेषबहादुर थापासमेत मुद्दा : कर्तव्य ज्यान (१) अदालतमा आई इन्कार रहे तापनि परिस्थितिजन्य प्रमाण इन्कारी विरुद्ध रहेको देखिँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने । (प्रकरण नं. ४०) (२) ज्यान मार्ने मतलवी सम्म भएको देखिएकोलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ६ महिना कैद हुने । (प्रकरण नं. ४०) पुनरावेदक/वादीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री वलराम के.सी. प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहरदाहाल फैसला न्या.महेशरामभक्त माथेमा : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरो दाजु अविकेशर भारती अरनिको प्र.मा.वि. मा शिक्षकको काम गर्नुहुन्थ्यो । २०३५।५।८ गते बेलुका अं. ४.३० बजेको समयमा खोल्सा खोल्सीमा हुने माछाहरु स्कूलको निमित्त दिने गरी आएको हुँदा सोही माछाको डाँक बढाबढ गराउन स्कूलमा जानुभएको बेलुका फर्की आउनु भएन । ९ गते विहानै गाउँकै चन्द्रकला गुरुङ्गले अलि अलि हिलो पानी जमेको ठाउँमा मानिस लडिरहे जस्तो देखि निजले हल्ला गरेपछि निजकी श्रीमती र म समेत गई पल्टाई हेर्दा दाजु अविकेशरको लाश देखी चिनी दर्खास्त दिन आएको छु । निजलाई के कुन तरिकाबाट मारी लाश फालेका हुन् अभियुक्त समेत पत्ता लगाई कानून बमोजिम सजायँ गरी पाउँ भन्ने उत्तरकुमार भारतीको जाहेरी दर्खास्त । ३. दायाँपट्टि आँखी भैंमा १½ इन्च लम्बाइको चोट भई रगत बगेको, दायाँ गालामा आधा गोलाइको चोट भएको, तालुमा १¼ गोलाईको चोट भएको र रगत आएको, बायाँ गोडाको गोलीगाँठा माथि आधा इञ्चको चोट भएको भन्ने मृतक अविकेशर भारतीको लाश प्रकृति मुचुल्का । ४. मृत्युको कारण चोटपटक लाग्नाको कारणले रगत सञ्चार श्वासक्रिया बन्द भई मृत्यु भएको पोष्टमार्टम रिपोर्ट । ५. शिक्षक अविकेशर भारतीको मृत्यु भएको सम्बन्धमा कडा अनुसन्धान गरी पाउँ भन्ने समेत व्यहोराको नि.प्र.अ. तुङ्गनाथ चापागाईको निवेदन । ६. निम्नलिखित व्यक्तिहरुबाट षडयन्त्र रची अवकेशर भारतीलाई २०३९।५।८ गते रातको कर्तव्य गरी मारेको बुझिन आएकोले कारवाही गरी पाउँ भन्ने प्र.ना.नि.भाष्कर घिमिरेको प्रतिवेदन । ७. आर.एन. सर र मेरो ५ दिन अगावै गिरी सरलाई मार्ने सल्लाह थियो । २०३९।५।८ गते बेलुका ५:३० बजे मेरो भाइ तुलबहादुर म डबलटुको पैनीदेखि पर ढुकी बस्यौं, मेरो हातमा १ लाठी थियो । १५–२० मिनेटपछि गिरी सर गई लाले सतार, विजय सुब्बा, मल्ल विहारी, कुमार राई समेत आए, गिरी सरको हातमा पुल्ठो थियो, हाम्रो नजिक गिरी सर आइपुग्दा पहिला मैले लाठीले हिर्काएँ, भाइ तुलबहादुरले घुस्सा र लातले हिर्कायो, ऐया मार्‍यो भनी गिरीसर जमीनमा गिरे हातमा फरुवा बोकी उभिएको लाले सतारले मैले हान भन्दा फरुवाले हिर्कायो । विजय, मल्लु, कुमारले पनि हान भनेपछि लात मुक्काले हिर्कायो, गिरी सर मरिसकेपछि पानी हिलो र ठुटाठुटी भएको ठाउँमा पुर्‍यायौं र