निर्णय नं. ३५३० - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५३० - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०२/११ २५७४ निर्णय नं. ३५३० ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट नं. २१०६ आदेश भएको मिति : २०४५।२।११।३ मा निवेदक : हिमाल इन्टरनेशनल ट्रेडर्स विराटनगरका प्रा.जि.मोरङ विराटनगर न.पं. वार्ड नं. ९ बस्ने प्रदीपकुमार अग्रवाल विरुद्ध विपक्षी : वीरगञ्ज भन्सार कार्यालय, वीरगञ्जसमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) सम्बन्धित व्यक्तिलाई नबुझी एकतर्फी निर्णय गर्नु प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं. १३) (२) भन्सार ऐन, २०१९ को दफा १३(३) बमोजिम पूर्व रेकर्ड अनुसार वा ऐ. ऐनको दफा १३(५) बमोजिम अनुमानित मूल्य कायम गरी मूल्य निर्धारण हुन सक्ने नै देखिँदा सो मूल्यको सम्बन्धमा विचार गरी रहन (No Dispute to be Presumed) मा विवाद उठाउन (No Direct Challange) नपर्ने । (प्रकरण नं. १४) (३) बसहरु भन्सार कार्यालयको गोदाममा राखिएको थियो भन्ने नदेखिएको स्थितिमा सम्बन्धित माल वस्तुको डिमरेज तिर्नुपर्ने भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शुसिलकुमार सिन्हा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या.प्रचण्डराज अनिल : नेपालको संविधान २०१९ धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. हामीले पुरानो व्यवहार भइसकेको ६ वटा बसहरु आयात गर्न इजाजतपत्र वाणिज्य विभागबाट प्राप्त गरी जापानबाट आयात गरेकोमा उक्त बसहरु आइपुग्दा क्रमशः मिति २०४०।७।१५ मा प्र.द.नं. ३१५०, मिति २०४०।११।२३ मा प्र.द.नं. ३९३७, ३९३८, ३९३९, ३९४०, ३९४१ भरी दर्ता गराएको र सोको साथ कम्पनीको इन्भ्वाइस र ता. ६–७–८३ अर्थात् मिति २०४०।३।३२ को एल.सी. को कागज एवं रा.वा.बैंकद्वारा तिरेको विदेशी मुद्राको प्रमाण एवं इजाजतपत्र समेत संलग्न गरी पेश गरेकोमा भन्सारको मूल्य निर्धारण सूचीमा उक्त पुरानो बसगाडीहरुको मूल्य तोकिएको नहुँदा भन्सार कार्यालय वीरगञ्जले भन्सार (सं.स.को) ऐन, २०१९ को दफा १३(२) बमोजिम इन्भ्वाइस मूल्यमा भन्सार महसूल लिई माल छाडिदिनु पर्ने वा ऐ. को दफा २३(३) बमोजिम पेश भएका इन्भ्वाइस मूल्यमा चित्त नबुझ्ने कारण निजले सो मालको मूल्य निर्धारण गरी भन्सार महसूल लिएको भन्सार कार्यालयमा पूर्व रेकर्ड भए सो बमोजिम मूल्य निर्धारण गर्ने वा ऐ. को दफा १३(५) अनुमानित मूल्य कति हुनु पर्ने उल्लेख गरी मूल्य निर्धारणको लागि श्री ५ को सरकार समक्ष पठाउनु पर्ने कानुनी व्यवस्था भएकोले इन्भ्वाइसमा यो यस कारणले चित्त बुझेको छैन, यसको यो यति मूल्य हुनु पर्छ भनी मूल्य अनुमान गरी भन्सार कार्यालय वीरगञ्जले भन्सार विभागमा मूल्य निर्धारणको लागि पठाएको छ पनि नभनी हाल भन्सार विभागसंग लेखापढी भई रहेको छ, कारवाही टुङ्गिएको छैन । कारवाही टुङ्गिएपछि प्रज्ञापनपत्रमा निर्णय हुन्छ भन्दै निर्णय गर्नु भएन । भन्सार नियमावली, २०२० को नियम १३(१) बमोजिम गाडिहरु गोदाममा राखी निस्सा दिनुपर्नेमा खुल्ला चौरमा राखियो धेरै दिनसम्म कुनै सूचना नपाउँदा मिति २०४१।५।११ मा वीरगञ्ज भन्सारमा गाडीहरु छोड्ने सम्बन्धमा निवेदन लेखेकोमा कुनै जवाफ नदिई मिति २०४१।१०।२१ मा गाडीहरु छुटाउन आउनु भनी ऐ. मितिमा राम