निर्णय नं. ३५३२ - बकसपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५३२ - बकसपत्र बदर भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०३/०१ २६५२ निर्णय नं. ३५३२ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको दे.पु.नं. ५६९ फैसला भएको मिति : २०४५।३।१।४ मा पुनरावेदक/प्रतिवादी : जि.सप्तरी हनुमाननगर गा.पं. वार्ड नं. ४ बस्ने वासुदेव प्रसाद सुडी विरुद्ध विपक्षी/वादी : राजविराज न.पं. वार्ड नं. १ बस्ने स्व.चाँदमलको हकवाला र आफ्ना हकमा समेत ऐ. ऐ. बस्ने चम्वालाल दुगडसमेत मुद्दा : बकसपत्र बदर (१) संग बसेका अंशियारले सगोलको सम्पत्तिबाट आर्जेको सम्पत्ति बाहेक कुनै अंशियारले आफ्नो शीप ज्ञान प्रयासबाट निजी आर्जन गरेकोमा निजी ठहर्ने । (प्रकरण नं. १२) (२) लेनदेनको १० नं. मा सगोलको अचल सम्पत्ति कुनै किसिमले वेचबिखन वा हक छाडी दिँदा उमेर पुगेका सबै अंशियारको मञ्जूरी लिन पर्ने, नलिएमा उजूर गर्ने जतिको हक बदर गर्ने तर आफ्नो निजी आर्जनको भए मन्जूरी लिन नपर्ने व्यवस्था गरेकोबाट सगोलमा रहेको व्यक्तिहरुले आर्जेको सम्पत्ति सामान्यतया सगोलको मानिने । (प्रकरण नं. १२) (३) अनुमान गर्न पर्ने कुराको अपवाद स्वरुप प्रतिवादीले दावी गर्छ भने सो अपवादको कुरा सिद्ध गर्ने भार प्रतिवादीको हुने । (प्रकरण नं. १२) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. म वादी चन्द्रमलको ४ छोरा जेठा पुनम चन, माहिला चम्पालाल, साँहिला पुसराज, कान्छो हनुमान मल हुन्, पुनम चन परलोक भई निजको हक खाने छोरा म वादी राजकिरण हुँ प्र.हनुमान मल, पुसराज, म चन्दमलको छोरा हुँ, म चम्पालालको भाइहरु म राजकिरणको काकाहरु हुन् । हामी ५ जना बाबुछोरा नाती सबै सगोलमा बसी रही आएको घरको मुख्य बाबु दाजु भतिजा समेतलाई थाहा नदिई सगोलबाट आर्जिएको सम्पत्ति मध्ये हनुमान मल दुगडका नाउँमा दर्ता रहेको जि.सप्तरी गा.पं. हनुमान नगर वार्ड नं. २ को कि.नं. १४६ को ०–२–४ ऐ.वार्ड नं. २ कि.नं. १४९ को ०–६–० जि.सप्तरी गा.पं. कञ्चनपुर वार्ड नं. ४ कि.नं. ३८४ को ०–१९–६ समेत जम्मा ज.वि. १–७–८ जग्गा रु. ५,६००।– मा विपक्षी वासुदेव प्रसाद सुडीलाई ०३७।५।४ मा मालपोत कार्यालय सप्तरीमा बकसपत्र रजिष्ट्रेशन पारित गरिदिएको, सो कुरा ०३८।५।२ गतेमा प्रमाणका मानिसद्वारा थाहा पाई ०३८।६।२ मा नक्कल लिई उक्त जग्गा १–७–२८ मध्ये हामीहरुको ५ भागको ३ भाग मोल रु. ३,३६०।– को ज.वि. ०–१६–१४–११ सोह्र कठ्ठा चौध धुर एघार कनुवाको बकसपत्र लेखत बदर गरी हामीहरुको नाउँमा दर्ता कायम गरी पाउँ भन्ने वादी । ३. यिनै वादी चान्द मलले म उपर लेनदेन मुद्दा दिएको सो को बिगो भरी पाउँने फैसला समेत भइसकेको, चान्द मलले बिगो दिलाई पाउँ भनी निवेदन म उपर दिएको मेरो नाउँ दर्ताको जि.स.गा.पं. हनुमान नगर वार्ड नं. २ कि.नं. १४६ को ०–२–४ कि.नं. १४९ को ०–९–८ कि.नं. ४९ को ०–३–८ र गा.पं. कञ्चनपुर वार्ड नं. ४ कि.नं. २७२ को ०–१५–० ऐ वार्ड नं. ५ कि.नं. ९९ को ०–१७–१५ समेत ज.वि. १–११–६ प्र.हनुमान मलले सकार गरी आफ्नो नाउँमा दाखिल खारेज समेत गराएको उक्त जग्गा १–११ सगोलको आर्जनको सम्पत्ति नभई निजी आर्जनको जग्गा हो स्वआर्जनको जग्गा हुँदा संगै साथ बसेको मञ्जूरी लिन पर्दैन भन्ने किटानी कानुनी व्यवस्था हुँदा म