निर्णय नं. ३५३३ - वनक्षेत्र भित्र घर बनाई आवाद गरे
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५३३ - वनक्षेत्र भित्र घर बनाई आवाद गरे भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०४/२४ २३८२ निर्णय नं. ३५३३ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको फौ.पु.नं. ५६१ फैसला भएको मिति : २०४५।४।२४ मा पुनरावेदक/प्रतिवादी : जि.बाँके कचनापुर गा.पं. वार्ड नं. ७ बस्ने गोपालबहादुर थापासमेत विरुद्ध विपक्षी/वादी : राप्ती रेन्ज कार्यालय बाँके अन्तर्गत ठोरिया वृक्षारोपण एरिया चौकीका सञ्चालक ठाकुरप्रसाद सुवेदीको प्रतिवेदनले श्री ५ को सरकार मुद्दा : वनक्षेत्र भित्र घर बनाई आवाद गरे (१) विवादित जग्गाहरु दर्ता भई सकेको तथा दर्ता गर्ने निर्णय भई सकेको नदेखिई कारवाहीको सिलसिलामा भएको लेखापढी सम्म देखिन आएकोले सो पत्रहरुको आधारमा विवादका जग्गाहरुमा पुनरावेदकहरुको हक कायम भई सकेको भन्न नमिल्ने । (प्रकरण नं. २३) (२) कानूनको रीत नपुर्याई आफूले बसोबास गरी आएको जग्गा वनक्षेत्र कायम गराई उठाई पठाएको भए मौकैमा कानून बमोजिम उजूर दिई बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. २३) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षीतर्फबाट : विद्वान का.मु.अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.हिरण्येश्वरमान प्रधान : म.प.क्षे.अ.बाट भएको फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. ठोरिया वृक्षारोपण देखि उत्तर वनक्षेत्रको जग्गामा ठोरियाबाट उठाइएको मानिसहरु जवरजस्ती बसोवास गरेका निजहरुलाई त्यस गाउँबाट हटाउँदा अटेर गरी बसेकाले लालपुन मगर समेत जना १० लाई पक्राउ गरी दाखिल गरेको छु, कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको सञ्चालक ठाकुरप्रसादको प्रतिवेदन । ३. २०२६ साल देखि आँकडा फाराम भरी बसी आएको ठोरिया जग्गालाई २०२२ सालमा वन क्षेत्र कायम गर्ने भनी हामीलाई उठाएकोमा उक्त बसोवासको व्यवस्था नभएको हुँदा सोही ठाउँमा बस्ने व्यवस्था हुन्छ कि भनी २०२७ साल कार्तिक १७ गते देखि ठोरिया फ्लान्टेशन देखि उत्तर पट्टि बसोवास गरेको हुँ भन्ने समेत व्यहोराको लालुपुन मगर समेत जना १० रेन्ज कार्यालयमा भएको बयान । ४. २०२३ सालमा ठोरियामा आई जग्गा आवाद गरी २०२५ सालमा आँकडा फाराम भरी २८ परिवारले बसोवास गरी अस्थायी निस्सा समेत पाएका । पछि २०३२ सालमा ठोरिया आँकडा भरिएको ठाउँ जङ्गल कायम गर्ने भनी वन विभागबाट सो ठाउँको वस्ती उठाइएकोमा हाल उल्लिखित मानिसहरुले यही कार्तिक महिनादेखि छाप्रो हाली बसोबास गरेको हुन् भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ५. उपरोक्त प्रतिवादीहरुले वन संरक्षण विशेष व्यवस्था ऐन, २०२४ को दफा ३(ख) बमोजिम कसूर गरेको देखिन आएकोले निजहरुलाई सोही ऐनको दफा ९(१)(ख) बमोजिम सजायँ गरी पाउँ भन्ने दावी प्रतिवेदन । ६. २०२६ सालमा ठोरियाको जग्गा मेरो दाजु टेकबहादुर बुढाथोकीको नाममा आँकडा भरेको निज समेत २८ परिवार ठोरियामा कार्तिक १७ गते बस्ने भन्ने दाजुबाट थाहा भएकोले मैले पनि जग्गा पाउँछु कि भन्ने अभिप्रायले सो मितिदेखि छाप्रो बनाई बसेको छु । म संग कुनै आधार प्रमाण छैन भन्ने समेत प्र.रेशमबहादुर बुढाथोकीले विशेष अदालतमा गरेको बयान । ७. २०२६ सालमा आँकडा फाराम मेरो नाउँमा भरिएको सो जग्गा जङ्गल कायम गर्ने भन्ने भए अनुसार ०३३ सालमा हामीलाई उठाइएको । म समेतलाई अन्य ठाउँमा बसोवासको व्यवस्था हुन नसकेकोले व्यवस्था