निर्णय नं. ३५३४ - सम्बन्ध विच्छेद
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५३४ - सम्बन्ध विच्छेद भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०५/२१ ४७३३ निर्णय नं. ३५३४ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ४३६ फैसला भएको मिति : २०४५।५।२१।३ मा पुनरावेदक/वादी : नेपालगंज नगर पञ्चायत वार्ड नं. ११ बस्ने अखतर अलि अन्सारी विरुद्ध विपक्षी/प्रतिवादी : नेपालगञ्ज न.पं., वार्ड नं.८ डि.एस.पी. रोड बस्ने खैरुनिसा अन्सारी मुद्दा : सम्बन्ध विच्छेद (१) आफूलाई खान लाउन नदिई निकाला गरेको भन्ने कुरा साँचो भए सोही मौका कानून बमोजिम अंश वा खाना खर्चमा दावी गरी मुद्दा गर्नु पर्ने । (प्रकरण नं. १७) (२) लोग्नेको मञ्जूरीले नै माइतमा राखेको भन्न सकिने अवस्था नरही २ बीच मनोमालिन्य रहेको समेत देखिन आएको स्थितिमा दावी बमोजिम सम्बन्ध गरी नदिई लोग्ने स्वास्नीको सम्बन्ध कायम राख्नु उचित समेत नदेखिएकोले वादी दावी बमोजिम सम्बन्ध विच्छेद हुने । (प्रकरण नं. १७) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया फैसला न्या.हिरण्येश्वरमान प्रधान : मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. विपक्षी र मेरो २०३४ साल आषाढमा विवाह भएको हो । मेरो बाबुआमासंग बराबर झगडा गरी आफ्नो माइतमा गई बस्ने गरेकोमा २०३५।५।३ गते मेरो हकको मोल बिगो रु. ३,२००।– पर्ने बुँदा थान १ समेत लिई माइत गएको आफू पनि फर्की घरमा नआएको र सो गहना समेत फिर्ता नदिएको उल्टो सम्बन्ध विच्छेद गरी छाडिदेउ नत्र तिम्रो नोकरी समेत खतम पारी दिन्छु भन्ने त्रास समेत दिएको भई २०३९।२।१४ गते मेरो दाजु अकवरअलि अन्सारीलाई कुटपिट समेत गरेकोमा बाँके जिल्ला अदालतमा मुद्दा चली कुटपिट गरेको ठहरी फैसला भएको, २०३८।८।३ गते आफ्नो धार्मिक रीति अनुसार तलाक समेत दिई सकेकोले लोग्ने स्वास्नीको ऐन १।१ अनुसार विपक्ष मेरो मञ्जूर बेगर लगातार ५ वर्षभन्दा बढी समयसम्म छोडी अलग बसेकोले सोही ऐनको १क. अनुसार विपक्षसंग मेरो सम्बन्ध विच्छेद गरिपाउँ भन्ने अख्तरअलि अन्सारीले २०४१।२।२१ मा नेपालगञ्ज नगर पञ्चायतमा दिएको निवेदन । ३. निवेदक अख्तरअलि अन्सारी विपक्ष खैरुनिसा भएको सम्बन्ध विच्छेद गरिपाउँ भन्ने सम्बन्धमा यस कार्यालयबाट २०४१।२।२३ मा बोलाउँदा समेत विपक्षी हाजिर हुन नआएकोले सम्बन्ध विच्छेद गरी दिन मनासिब देखिँदा लोग्ने स्वास्नीको १क. नं. अनुसार कारवाही गरिदिन राय साथ सिफारिश गरिएको छ भन्ने नेपालगञ्ज नगर पञ्चायत कार्यालयको मिति २०४१।४।५ को पत्र । ४. २०३४।३।२४ गते खैरुनिसासंग विवाह भएको मेरो आमा बाबुसंग झगडा गरी मेरो मञ्जूरी बेगर माइत घरमा गई बस्ने गरेको हाल २०३५ साल भाद्र ३ गते देखि माइत घरमा गई बसी मेरो घरमा नआई मेरो गहना समेत फिर्ता नदिई बसेको र २०३९।२।१५ गते म समेतलाई कुटपिट गर्दा यसै अदालतमा मुद्दा दायर भई फैसला समेत भई सकेकोले गहनाको बिगोतर्फ छुट्टै नालेश गर्ने हुँदा लोग्ने स्वास्नीको २ नं. बमोजिम सम्बन्ध विच्छेद गरिपाउँ भन्ने समेत अख्तरअलि अन्सारीको २०४१।४।७ मा बाँके जिल्ला अदालतमा भएको बयान । ५. वादीले मलाई विवाह गर्दा गहना दिएको र घरबाट मनमानी माइत आई बस्ने गरेकी आमाबाबुसंग झगडा गरी रहने भनी लिएको दावी झुठ्ठा हो, हाम्रो मुश्लिम धर्ममा एक पटक तलाक दिई सकेपछि पुनः स्वास्नी बनाउँन भन्न मिल्दैन, त