निर्णय नं. ३५३५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५३५ - अंश भाग: ३० साल: २०४५ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४५/०६/१६ २७२८ निर्णय नं. ३५३५ ने.का.प. २०४५ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ६१० फैसला भएको मिति २०४५।६।१६।१ मा पुनरावेद/प्रतिवादी : जि. तनहुँ सामु भगवतीपुर गा.पं. वडा नं. ४ बस्ने इन्द्रबहादुर श्रेष्ठ विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ. बस्ने सेती श्रेष्ठ मुद्दा : अंश (१) अंशबण्डाको २२ नं. बमोजिम जाहेर गर्नु भनी गएको म्यादको आधारमा जाहेरी दिएकोमा जाहेरी आएपछि वादीबाट आएको तायदातीमा यो यस्तो भनी ठहर गरी तायदाती कायम गरी भाग अंश छुट्याउने गर्नु पर्नेमा सो कारवाही ठहर भएको नदेखिएको सो गर्नु बेगर वादीबाट आएको तायदाती कायम मानी सोहीबाट अंश छुट्याई दिने गरेको मिलेको नदेखिएकोले शुरुको ठहर सोही हदसम्म बदर हुने । (प्रकरण नं. १५) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा फैसला न्या.हिरण्येश्वरमान प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. अन्यायवाला मानबहादुरको २ श्रीमतीमा जेठी डम्बरकुमारीतर्फ विपक्ष इन्द्रबहादुर छोरा भएको म कान्छीतर्फ छोरा छोरी नभए पनि सँगै सगोलमा बसी आएकोमा बुहारीको कुरा सुनी दुःख दिएकोले ३ अंशियारमा ३ भागको १ अंश भाग दिलाई पाउँ भन्ने समेत वादी दावी । ३. म इन्द्रबहादुर १६ सालमै छुट्टी भिन्न भएको भन्ने प्र.इन्द्रबहादुर र वादीलाई चल र अचलमा कि.नं. ४६–१८७ को २ कित्ता जग्गा दिई छुट्याई दिएको बहिनीको घरमा गई बसेकी छिन् । इन्द्रबहादुर ०१६ सालमै छुट्टी भिन्न भएको भन्ने मानबहादुरको र इन्द्रबहादुरको छुट्टा छुट्टै प्रतिउत्तरपत्र । ४. प्रतिवादीहरु पक्राउ भई नआएको र वादीले पनि अंशको फाँटवारी पेश गर्न नसकेको हुँदा पेश हुन आएका बखत कानून बमोजिम निर्णय हुने भन्ने २०३८।१२।१७ को फैसला । ५. वादीबाट अंशको फाँटवारी पेश भएको हुँदा अंशबण्डाको २२ नं. बमोजिम दर्ता गरी पेश गर्नु भन्ने शुरु त.जि.अ. को आदेश । ६. फाँटवारी अनुसारको ३ भागको १ भाग अंश वादीले पाउने ठहर्छ भन्ने तनहुँ जि.अ. को फैसला । ७. शुरु जि.अ. को फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीहरुको ग.अं.अ.मा परेको पुनरावेदन । ८. यसमा छलफलको निमित्त अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने ग.अं.अ. को आदेश । ९. शुरु त.जि.अ. को इन्साफ मनासिबै ठहर्छ भन्ने समेत २०४१।१२।७ को ग.अं.अ. को फैसला । १०. अंशबण्डाको ३० नं. प्रतिकूल भएको प्रस्तुत फैसलाहरु उपर पुनरावेदन गर्न अनुमति प्रदान भई समेतको बण्डाबाट विपक्षले अंश पाउने गरी भएको फैसला बदर गरी हक इन्साफ पाउँ भन्ने प्र.इन्द्रबहादुरको निवेदन । ११. वादीले तायदातीमा देखाएको कि.नं. १९० को जग्गा मुद्दा पर्नु अगावै बाबु मानबहादुरले छोरा इन्द्रबहादुरलाई २०३६।११।२० मा राजीनामा गरी दिएको प्रमाणबाट देखिन आएको सो समेत बण्डा लगाउँने गरेको फैसलामा प्रत्यक्षतः कानुनी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको आदेश । १२. प्रतिवादी मानबहादुरका २ श्रीमती जेठी डम्बरकुमारी निजपट्टि प्र.इन्द्रबहादुर एक मात्र छोरा भएका कान्छी वादी सेतीका छोराछोरी नभएको तीन अंश देखियो । वादी प्रतिवादीहरु बीचको रजिष्ट्रेशन भएको बण्डापत्र पेश हुन नसकेको व्यवहार प्रमाणबाट पनि अंश बण्डा भए