निर्णय नं. ८०५४ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०५४ - उत्प्रेषण समेत भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/०७/२५ ४४९६ निर्णय नं.८०५४ वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्बत् २०५९ सालको रिट.नं. ......२९८९ आदेश मितिः २०६५।७।२५।२ विषयः– उत्प्रेषण समेत । निवेदकः भौतिक योजना तथा निर्माण मन्त्रालय सडक विभाग ववरमहलका तर्फबाट महानिर्देशक विरुद्ध विपक्षीः पुनरावेदन अदालत पाटन समेत § मूल सम्झौताको पक्षहरू बीच भएको करार नै रद्द भएको अवस्थामा सह–सम्झौता गर्ने पक्षलाई हानि नोक्सानी भए जुन पक्षसँग सह–सम्झौता गरी सम्झौताअनुरुपको काम गरेको हो, सोही पक्षसँग हानि नोक्सानीमा दावी गर्नुपर्ने । (प्रकरण नं.६) § करारको पक्षसँग सह–सम्झौता गर्ने पक्षको सम्बन्ध सोही सह–सम्झौताका पक्षसँग मात्र हुने हुँदा मूल सम्झौताका पक्षबीच उत्पन्न विवादमा मूल सम्झौतामा पक्ष नै नरहेको मूल सम्झौतासँग असम्बन्धित पक्षलाई मूल सम्झौता सम्बन्धको विवाद समाधानार्थ मध्यस्थ नियुक्तिको माग गर्ने अधिकार रहन नसक्ने । (प्रकरण नं.७) निवेदक तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री रेवतीराज त्रिपाठी विपक्षी तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ताहरू श्री इन्द्र लोहनी, श्री वालमुकुन्द श्रेष्ठ, विश्वप्रकाश सिग्देल अवलम्वित नजीरः सम्बद्ध कानूनः § मध्यस्थता ऐन, २०५५ को दफा ३०(२)(ग) आदेश न्या. मीनबहादुर रायमाझीः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छः– निवेदक मातहतको डुम्रेवसी शहर सडक आयोजना अन्तर्गतको सडक निर्माणसँग सम्बन्धित खण्ड नं. DBRP-4 को निर्माण कार्य रु. ४,२७,४०,१७६ मा सम्पन्न गर्ने गरी विपक्षी नं. ३ रारा कन्स्ट्रक्सन (प्रा.) लि. लाई र खण्ड नं. DBRP-5 सँग सम्बन्धित ५ पुलको निर्माण रु. ५,३८,४५,८९५ मा पूरा गर्ने गरी विपक्षी नं. ४ हिमाल कन्स्ट्रक्सन एण्ड विल्डर्स (प्रा.) लाई नोभेम्बर २६, १९९५ तदनुसार २०५२।८।११ मा भिन्नाभिन्नै सम्झौताद्वारा निर्माण ठेक्का दिइएको थियो । शर्त अनुसार दुवै ठेक्काको निर्माण कार्य तत् सम्बन्धी विपक्षीहरूबाट २१/२१ महिनामा सम्पन्न हुनुपर्ने थियो । ठेक्का कार्यको सुपरीवेपक्षणको जिम्मा सिल्ट कन्सल्टेण्ट्स प्रा.लि. नामक परामर्श दात्री संस्थाबाट भए गरिएको थियो । ठेक्का कार्यान्वयन भैरहेको अवस्थामा विपक्षी नं. ३ र ४ ले पूर्व योग्यताका लागि पेश गरेका दस्तावेज मध्ये केही सरकारी कागजात किर्ते गरेको पाइएकोले विपक्षी नं. ३ रारा कन्स्ट्रक्सन कम्पनीको कामको प्रगति असन्तोषजनक नरहेको भएपनि तत्काल प्रचलित ठेकेदार नियमावली, २०३१बमोजिम साविक निर्माण तथा यातायात मन्त्रालयद्वारा ‘क’ वर्गको अनुमतिपत्र खारेज गरिएको थियो । अनुमतिपत्र खारेज हुनासाथ विपक्षी नं. ३ सितको ठेक्का नं. DBRP-4 तोडिएको थियो । ठेक्का नं. DBRP-5 का हकमा कार्य सम्पन्न भै सक्नु पर्ने कूल अवधिको आधा भन्दा वढी समय वितिसक्दा पनि कार्य प्रगति शुन्य बराबर भएकोले सिल्ट कन्सल्टेन्ट्सको सिफारिशमा सम्झौताको व्यवस्था अनुसार ठेक्का कार्यस्थलबाट विपक्षी नं. ४ लाई निष्कासन गर्ने निर्णय गरी डिसेम्बर, ३, १९९६ को पत्र प.सं. १६८/०५३/५४ द्वारा सूचना दिइएको थियो । ठेक्काबाट निष्कासन गरिए पश्चात उक्त परियोजनाहरूको कार्य अन्य ठेकेदारहरूबाट सम्पन्न भैसकेको