निर्णय नं. ९१३९ - आफ्नो जिम्मामा रहेको सरकारी हातहतियार खरखजाना वेचविखन गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१३९ - आफ्नो जिम्मामा रहेको सरकारी हातहतियार खरखजाना वेचविखन गरेको भाग: ५६ साल: २०७१ महिना: असार अंक: ३ फैसला मिति :२०७०/०४/३० ३३९२ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती फैसला मिति : २०७०।४।३०।४ मुद्दा :- आफ्नो जिम्मामा रहेको सरकारी हातहतियार खरखजाना वेचविखन गरेको । ०६७-CR-०६७४ पुनरावेदक/प्रतिवादी : सशस्त्र प्रहरी वल प्रधान कार्यालयमा दरवन्दी भई हातहतियार उपशाखामा कार्यरत् रही कारागार शाखा डिल्लीबजारमा थुनामा रहेका स.प्र.स.ह.महेन्द्रविक्रम शाहसमेत विरूद्ध प्रत्यर्थी/वादी : सशस्त्र प्रहरी नायव उपरीक्षक शान्तिराम थापाको प्रतिवेदनले नेपाल सरकार ०६८-CR-२४० पुनरावेदक/प्रतिवादी : सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभागमा दरवन्दी भई हाल कारागार शाखा दोलखामा थुनामा रहेका स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह विरूद्ध प्रत्यर्थी/वादी : सशस्त्र प्रहरी नायव उपरीक्षक शान्तिराम थापाको प्रतिवेदनले नेपाल सरकार ०६९-RC-००२२ वादी : सशस्त्र प्रहरी नायव उपरीक्षक शान्तिराम थापाको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रतिवादी : सशस्त्र प्रहरी बल दक्षिणकाली गणमा दरवन्दी भै ऐ. उपशाखामा कार्यरत् देवीप्रसाद तिमिल्सेना प्रतिवादीहरूले सरकारी गोलीगठ्ठा विक्री गर्ने योजना र तयारीसमेत गरेको देखिए पनि विक्री गरिसकेको अवस्था नहुँदा ऐनबमोजिमको सजाय गर्दा चर्को पर्न जाने देखिँदा अ.वं.१८८ नं. बमोजिम प्रतिवादीहरूलाई ५(पाँच) वर्ष मात्र कैद हुने । (प्रकरण नं.४) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, विद्वान अधिवक्ताहरू नारायणप्रसाद देवकोटा र केदारप्रसाद दाहाल, विद्वान वैतनिक अधिवक्ता हरिशंकर कर्ण प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : शुरू फैसला गर्ने :- नायव महान्यायाधिवक्ता श्री कृष्णप्रसाद प्रसाई सहसचिव श्री विश्वप्रकाश पण्डित सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री नवराज विष्ट पुनरावेदन फैसला गर्ने :- मा.न्या.श्री मोहनप्रसाद घिमिरे मा.न्या.श्री ठाकुरप्रसाद शर्मा फैसला न्या.प्रकाश वस्ती : पुनरावेदन अदालत पाटनको २०६६।८।९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- मिति २०६४।६।३० गते करिव २१.०० बजेको समयमा सशस्त्र प्रहरी बल बंगलामुखी विशेष कार्यदल गण कम्पाउण्डबाट नजिकै रहेको काठमाडौं जिल्ला इंचङ्गु नारायण गा.वि.स. वडा नं.४ मिलनचोकस्थित कालुभाई नगरकोटीको घरमा झैझगडा भै हल्लाखल्ला भएको गण कम्पाउण्डबाट सुनिएको र सोही समयमा डेरावालाहरू एकआपसमा झगडा गरी रहेको भन्ने कार्यदल गणको अफिसमा टेलिफोनसमेत आएकोले तत्कालै मेरो कमाण्डमा उक्त स्थानमा टोली खटिई जाँदा निज कालुभाई नगरकोटीको घरमा डेरा गरी बस्ने सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्य विभाग दरवन्दीका आई.डि.नं.१०७०० का स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह र सोही कोठामा बस्ने जिल्ला झापा काकडभिठ्ठा घर बताउने पुष्पा अधिकारीको बीचमा घर जान र पैसाको सम्बन्धमा झै झगडा कुटपीटसमेत भएको रहेछ । निज स.प्र.ह.जीतेन्द्रप्रसाद सिंह दशैं मनाउन घर जान लागेको र निजले घरमा लैजान ठीक पारेको झोला शंका लागी चेक जाँच गर्दा उक्त झोलाभित्र अमेरिकन ईगल लेखिएको रातो बट्टा ११ प्याकेटमा ९ मी.मी. हतियारको अमेरिकन लुजर राउण्ड जम्मा ५५० (पाँच सय पचास), ९