निर्णय नं. ८०५६ - निषेधाज्ञा मिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८०५६ - निषेधाज्ञा मिश्रित परमादेश भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६५/१०/२३ ३०१२ निर्णय नं.८०५६ वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री भरतराज उप्रेती सम्बत् २०६३ सालको दे.पु.नं. .......०८०४ आदेश मितिः २०६५।१०।२३।५ मुद्दाः निषेधाज्ञा मिश्रित परमादेश । पुनरावेदक विपक्षीः धनुषा जिल्ला उमा प्रेमपुर गा.वि.स.वडा नं. २ बस्ने विन्देश्वर महासेठ विरुद्ध प्रत्यर्थी निवेदकः धनुषा जिल्ला उमा प्रेमपुर गा.वि.स.वडा नं. २ बस्ने दुर्गीदेवी सुडिन (साह) समेत शुरु निर्णय गर्नेः मा.न्या.श्री प्रेम शर्मा मा.न्या.श्री. भोलाप्रसाद खरेल § ऋण बुझाउने प्रथम दायित्व जसले ऋण लिन्छ उसैको हुन्छ । ऋणबापत लिएको धितो ऋण तिरिसकेपछि धितो दिनेलाई फिर्ता हुनुपर्ने । § ऋण लिने ऋणीले ऋण भुक्तानी गरे पछि सुरक्षणमा राखेको जग्गा ऋणको भुक्तानीपछि सो जग्गा जमानी दिने व्यक्तिलाई नै फिर्ता गर्नुपर्ने हुँदा बैंकको ऋण चुक्ता भैसकेपछि धितो राख्ने व्यक्तिका तर्फबाट उक्त जग्गा फिर्ता गर्न परेको निवेदनबमोजिम निजको नाममा सो जग्गा रजिष्टे«शन पारीत गरी दिनु पर्ने । (प्रकरण नं.३) पुनरावेदक तर्फवाटः विद्वान वैतनिक अधिवक्ता श्री टेकबहादुर रावल प्रत्यर्थी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः फैसला न्या. मीनबहादुर रायमाझीः न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत जनकपुरको २०६३।३।२२ को आदेश उपर विपक्षी तर्फबाट पर्न आएको प्रस्तुत पुनरावेदन यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुँदा मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यसप्रकार छः– हाम्रो पति तथा पिताको नाममा जिल्ला धनुषा उमाप्रेमपुर गा.वि.स.वडा नं. ४(क), कि.नं. १६७ को ०–५–१५, ऐ.ऐ.कि.नं. १७१ को ०–९–१५, ऐ कि.नं. १७२ को ०–२–१०, ऐ.कि.नं. १७० को ०–१०–१२ ऐ कि.नं. १६४ को १–१–११, ऐ. कि.नं. ७२ को ०–२–८ ऐ कि.नं. १६३ को ०–०–१७, ऐ कि.नं. १६२ को ०–३–८ ऐ कि.नं. १६५ को ०–१–१० ऐ कि.नं. १६९ को ०–६–१४, ऐ कि.नं. १६८ को ०–१०–११ ऐ कि.नं. १६६ को ०–७–१३ जग्गाहरू विपक्षी मध्येका विन्देश्वर महासेठले कृषि विकास बैंक शाखा कार्यालय, ढल्केवरबाट ऋण लिंदा सो ऋण रकमको सुरक्षाको लागि उक्त बैंकमा धितो स्वरुप मन्जुरनामा दिई उक्त जग्गाहरू बैंकमा धितोमा राखी दिनुभएकोमा विन्देश्वर महासेठले लिएको ऋण वापतको रकम समयमा नतिरेको हुँदा कृषि विकास बैंक शाखा कार्यालय ढल्केवरले कानूनी प्रक्रिया पुरा गरी उल्लिखित जग्गाहरू लिलाम गरी आफैले सकार गरी आफ्नै नाममा राखी रहेको छ । बैंकले आफ्नो नाममा उल्लिखित जग्गाहरू राखी अन्य व्यक्तिको नाममा गई नसक्दैको अवस्थामा विपक्षीमध्येका विन्देश्वर महासेठले लिएको ऋण वापतको रकम बैंकसँग भुक्तानी भइसकेको अवस्थामा धितो वापत बैंकमा रहेको जग्गाहरू फिर्ता गर्न हामी निवेदकहरूले कृषि विकास बैंक शाखा कार्यालय ढल्केवर र तत्कालीन सु.नि.का. धनुषा तथा हाल कृषि विकास बैंक क्षेत्रीय कार्यालय धनुषामा बारम्बार गई बैंकको ऋणचुक्ता भइसक्यो अव हाम्रो पति तथा पिताको नाममा दर्ता रहेको जग्गाहरू हामीलाई फिर्ता गर्नुपर्यो भनी बैंक समक्ष गई सम्पर्क गर्दा स्पष्ट जवाफ नदिई आलटाल गर्दे आउनु भएको छ । हाल आएर वैंकका जिम्मेवार कर्मचारीहरू र गाउँघरमा समेत हाम्रो पति तथा पिताले विपक्षी विन्देश्वर महासेठको ऋण वापत धितोमा दिएको जग्गाहरू बैंकले आफ्नो नामबाट विपक्षी मध्येको विन्देश्वर महासेठलाई फिर्ता गरी रजिष्ट्