निर्णय नं. ८०५७ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८०५७ - निषेधाज्ञा भाग: ५१ साल: २०६६ महिना: बैशाख अंक: १ फैसला मिति :२०६२/०२/२४ ४२४३ निर्णय नं.८०५७ वैशाख २०६६ अङ्क १ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री बलराम के.सी. २०५७ सालको दे.पु.नं. ७६७१ आदेश मितिः २०६२।२।२४।३ मुद्दाः– निषेधाज्ञा । निवेदकः संयोग रेष्टुरेन्ट जनकपुर २ को प्रोप्राइटर ज.पु.न.पा.वडा नं.२ बस्ने प्रकाशजंग राणा समेत विरुद्ध विपक्षीः जिल्ला धनुषा जनकपुर नगरपालिका कार्यालय समेत पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री गोविन्दप्रसाद पराजुली मा.न्या.श्री लक्ष्मीप्रसाद दाहाल § कुनै पनि नागरिकलाई निजको पेशा व्यवसायलगायत कानून प्रदत्त अधिकारको पालना कानूनले प्रदान गरेको परिधिभित्र रहेर प्रयोग गर्नुपर्ने § नेपालको कुनै पनि कानूनले कसैलाई मांसाहारी हुनवाट वन्देज लगाइएको वा कानूनले निषेध गरेको क्षेत्रभन्दा वाहेक अन्य स्थानमा मदिरा सेवन गर्न गराउन प्रतिवन्ध लगाएको नदेखिने । § कानूनबमोजिम इजाजत लिई सञ्चालन गरिएको होटल रेष्टुरेन्टमा माछा, मासु, मदिरा उपलव्ध गराउन नपाउने गरी निषेध नगरिएको । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री लवकुमार मैनाली विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री मोहम्मद राइन अवलम्वित नजीरः सम्बद्ध कानूनः § मदिरा नियमावली, २०३३ को नियम ३(२) § मदिरा नियमावली, २०३३ नियम ११ आदेश न्या. अनूपराज शर्माः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने पुनरावेदन अदालत, जनकपुरको आदेश उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- हामी निवेदकहरू सवैले सम्बद्ध निकायहरूबाट इजाजत प्राप्त गरी जनकपुरधाममा होटल, रेष्टुरेन्ट तथा आवाशिय सुविधाको लागि लज समेतको व्यवसाय संचालन गरी आएका छौं । नेपालमा पर्यटकहरूलाई आकर्षित गरी पर्यटन व्यवसायलाई राष्ट्रिय आयको मूल श्रोतको रुपमा स्थापित गर्ने लक्ष राखी सन् १९९८ लाई भ्रमण बर्षको रुपमा मनाउन राष्ट्रिय आव्हान गरिएको समेत सन्दर्भमा र नेपालको कुनै पनि कानूनले मासांहारी हुन । तोकिएको ठाउँमा मदिरापान गर्न प्रतिबन्ध पनि लगाएको छैन । र नेपालको कुनै पनि ठाउँमा इजाजत लिई संचालन गरिएका होटल रेष्टुरेन्टले माछा, मासु, बिक्री गर्न र पेय पदार्थ उपलव्ध गराउन नपाउने गरी निषेध गरेको पनि छैन । जनकपुरधाममा प्रत्येक महिना लाखौं रुपैयाको मदिरा तथा मासु, माछा खपत भै राखेको छ । “आदरणीय नगरवासी दाजुभाई दिदी बहिनीहरू” भन्ने शीर्षक राखी जनकपुर नगरपालिकाले प्रकाशित गरेको प्रेषित पम्पलेट, जसको प्रतिलिपि यसै निवेदन साथ पेश गरेका छौँ जनकपुरधामको परिक्रमा क्षेत्रभित्र पूर्व निषेधित भै सकेको जनभावना अनुकूल माछा, मासु र मदिरा बिक्री बितरण र सेवनगर्न पूर्णरुपमा बन्द गर्नु भनी उल्लेख गरी विपक्षीहरूले प्रकाशित गरेको उक्त कुराबाट हाम्रो रोजगार व्यवसायमा प्रत्यक्ष आघात पुर्‍याउने र विदेशी पर्यटकलाई नेपाल भित्र्याउने श्री ५ को सरकारको कार्यक्रमलाई समेत प्रतिकूल प्रभाव पार्ने र असफल गराउने किसिमको छ । जनकपुरधामको परिक्रमा क्षेत्रभित्र पुर्व निषेधित भइसकेको तथा दण्डनीय मानिएको भन्ने विपक्षीहरूको कथनमा सत्यता छैन । हामी कसैले पनि कुनै पनि नागरिकलाई साकाहारी हुन र मद्यपान नगर्न कर लगाउन सक्दैनौ । कानूनको दायरा भित्र रही हामीले व्यवसाय संचालन गरि आएको होटल लज तथा रेष्टुरेन्टमा नगर प्रहरी भन्ने व्यक्तिलाई अभद्र र अमानवीय किसिमले ग