निर्णय नं. ३५३६ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५३६ - लिखत बदर भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०५/२८ ४८०२ निर्णय नं. ३५३६ ने.का.प. २०४५ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४३ सालको रिट नं. ७३ आदेश भएको मिति : २०४५।५।२८।३ मा निवेदक/वादी : का.न.पं.वा.नं.१ सेतो दरवार बस्ने देवेन्द्र शमशेर ज.ब.रा. विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने स्वर्गे भइसकेको लिला शमशेर ज.ब.रा.समेत मुद्दा : लिखत बदर (१) छुट्टिई भिन्न भइसकेको कुरा लिखित रुपले स्वीकार गरिसकेकोमा अब आएर आफू एकासगोलको भनी भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले विबन्धन लाग्ने । एकपटक स्वीकार गरिसकेको तथ्यलाई अस्वीकार गर्न नपाउने । (प्रकरण नं. २१) (१) एकासगोलमा संग नबसी छुट्टिई भिन्न भई बसेकाको मञ्जूरीको लिखत नभएमा पनि अचल सम्पत्ति बिक्री गरेको वा अरु कुनै किसिमले हक छाडी दिएको व्यवहार पक्का हुने । (प्रकरण नं. २२) (२) घरको मूलीले घर व्यवहार चलाउनका लागि पनि पितापूर्खाका पालाकोमा पनि चलमा सम्पूर्ण र अचलमा आधी आफू खुस गर्न पाउने र यसका लागि अंश नलिएका एक्काइस वर्ष पुगेका छोरा, स्वास्नी र विधवा बुहारीको मञ्जूरी लिई रहनु नपर्ने । (प्रकरण नं. २४) (३) घर व्यवहार चलाउनका लागि नै भएमा पनि पितापूर्खाका पालाको अचल सम्पत्ति आधी भन्दा बढी बेचबिखन आदि गर्नका लागि अंश नभएका एक्काइस वर्ष पुगेका स्वास्नी छोरा र विधवा बुहारीको मञ्जूरी लिनु पर्ने । (प्रकरण नं. २४) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : सर्वोच्च अदालतको फुल बेञ्चबाट मिति २०४१।९।७।६ मा भएको फैसला बृहत फुल बेञ्चबाट दोहोर्‍याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारमा विन्तिपत्र चढाउनु भएकोमा यसमा व्यहोरा साँचो भए त्यस अदालतको फुल बेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको लिखत बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्‍याई हेरी कानून बमोजिम निर्णय गर्नु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आएबमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार छ । २. मेरो समेत अंश लाग्ने सम्पत्ति मेरो मञ्जूरी बेगर रु.१ लाख मात्र लिनु दिनु गरी ६ लाखको अंक बढाई प्रतिवादी लामु अमात्य धनी र मे.ज.लिला शमशेर ज.ब.रा.ऋणी भई मिति २०२९।९।१५ गतेका दिन १ लाख मात्र लिनु दिनु गरी ६ लाखको अंक हाली पास भएको र.द.नं.१७७५ को लिखतमा उल्लिखित विवरण सहित ४ किल्लाभित्रको जग्गा रोपनी ३–१–२ र सो जग्गामा बनेको घर समेत रजिष्ट्रेशन पास भएको रहेछ । मिति २०२९।९।१७ मा नक्कल लिंदा थाहा पाउँ । म फिरादीमात्र सगोलमा रहेको हुनाले आधा मेरो हक जति बिक्री बदर गरी आधा घर जग्गा लिनु दिनु भएको रुपैयाँ दिई निखन्न पाउँ । थैलीमा मुख नमिलेको हुनाले लेनदेन व्यवहारको १०,११ नं.र १६ नं. अनुसार नालेश गर्न आएको छु भन्ने समेत फिराद दावी । ३. वादीले आफ्नो बाबुबाट अंश लिइसकेको र सो बमोजिम व्यवहारहरु भइसकेको हुनाले अंशमा नालेश गर्नसकेको छैन । वादीले नक्कल लिएपछि थैली धरौट नराखेको र अधिकारप्राप्त अड्डामा जानु भएको छैन साथै