निर्णय नं. ३५३७ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५३७ - जालसाजी भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/०४ २२२८ निर्णय नं. ३५३७ ने.का.प. २०४५ अङ्क ८ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४३ सालको फौ.पु.इ.नं. २० फैसला भएको मिति : २०४५।६।४।३ मा निवेदक/वादी : ल.पु.न.पं.वा.नं.२१ गावाहाल कुछेतनी बस्ने तरीमै महर्जननी विरुद्ध विपक्षी/प्रतिवादी : ल.पु.न.पं.वा.नं.३ पुलचोक बस्ने लक्ष्मीमाया महर्जननी मुद्दा : जालसाजी (१) जेठो लिखतका धनी विपक्षीले आफ्नो अदालतमा मुद्दा परिरहेकै लिखतको जग्गा नै पर्छ विपक्षीले सल्लाह गरी अर्को कानून बमोजिमको लिखत गराई तत्काल कानून बमोजिम सम्बन्धित अड्डामा गई पास गराई लिई आफ्नो अघि परेको सोही जग्गाको लिखत पास गराई पाउँ भन्ने मुद्दा डिसमिस गराएकै भए पनि विपक्षीको सो व्यवहार दावी बमोजिम जालसाजी गरेको भन्न न्यायसंगत नहुने । (प्रकरण नं. १५) निवेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा यस सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०४१।१२।१।४ मा भएको फैसला दोहोर्याई पाउँ भनी निवेदकले विशेष जाहेरी विभाग मार्फत चढाउनु भएको विन्तिपत्रमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम गर्नु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आएअनुसार यस सर्वोच्च अदालतको फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. विपक्षी प्रतिवादी मध्येका सुकुचा सिकमीले म बाट रु.४५००।– कर्जा लिई निजको एकलौटी हक भोग तिराको भूमिप्रशासन कार्यालय, ललितपुरको साविक मौजा पुलचोक नं. ६६ मा दर्ता भएको ल.पु.न.पं.वडा नं.४(घ) को कि.नं. ७२ को जोताहा जोगलाल महर्जन भएको दोयम खेत रोपनी १–७–१ जग्गा मिति २०२९।६।१२ मा राजीनामा लेखी दिएको पारित गर्न भूमिप्रशासन कार्यालयमा गई कागज रुजु गरी सनाखत समेत गराई सकेको २०२९ सालको रसीद नहुँदा भनी सो दिनमा काम नभई फर्केको त्यसपछि आलटाल गरी पास गरी नदिंदा लिखत पास गरिपाउँ भनी मिति २०२९।१२।१६।५ मा मैले नालेश गरेकोमा असामी प्रतिवादी सुकुचाले प्रतिउत्तर दिंदा सो पास गराई पाउँ भनेको जग्गा समेत रु.११,०००।– मा लक्ष्मीमायालाई २०२८।१२।१ मा राजीनामा गरिदिएको हुँदा मिति २०३०।२।१।२ मा भूमिप्रशासन कार्यालय भ.पु. मार्फत पारित गरिदिएको र सो बमोजिम जग्गा दा.खा.समेत भएको रहेछ । साथै २०३०।२।२ मा उक्त राजीनामाको नक्कल सारी लिंदा प्रष्ट हुन आएकोले फिराद गरेको छु । प्रतिवादी सुकुचाले मलाई मिति २०२९।६।१२ मा लिखत गरी दिई सकेपछि सो लिखत विफल तुल्याउँन ठीक ६ दिन पछि सुकुचाले र लक्ष्मीमायाको मिलेमतोबाट मिति २०२८।१२।१ को मिति हाली मिति २०२९।६।१८ का दिन घरसारको राजीनामा खडा गरी सोही १८ गते लक्ष्मी मायाबाट लिखत पासमा नालेश पारी प्रतिवादी सुकुचा दिने र लक्ष्मीमाया लिने सुकुचाको पत्नी राजकुमारी र कदमलाल अन्तरसाक्षी र खिलबहादुर लिखत साक्षी भई थैली रु.११,०००।– हाली अघिको मिति देखाउन लिखतमा मिति २०२९।१०।२२।१ को मिति पारी मिति २०३०।१।२९।६ का दिन जालसाजी खडा गरेको र उक्त ठाउँमा डोर खटिई मिति २०३०।२।१ मा पास गराएछन । लक्ष्मीमायाले दिएको लिखतपास मुद्दा डिसमिस गराएको र एकालाई लिखत गरी दिइसके