निर्णय नं. ३५३८ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५३८ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/१८ ३३९५ निर्णय नं. ३५३८ ने.का.प. २०४५ अङ्क ८ पूर्ण इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४२ सालको रिट फु.नम्बर ३३ आदेश भएको मिति : २०४५।६।१८।३ मा निवेदक/विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालयको तर्फबाट सचिव कर्णध्वज अधिकारी विरुद्ध रिट निवेदक/विपक्षी : का.न.पं.वा.नं.१० खाद्य कृषि बजार सेवाको ना.सु.विदुरप्रसाद मैनाली विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) सम्बन्धित अधिकारीले कारण जनाई तलब बृद्धि रोक्का नगरेसम्म वा विभागीय कारवाही नगरी कुनै निजामती कर्मचारीको तलब बृद्धि घटाउन वा रोक्का गर्न नमिल्ने । (प्रकरण नं. १३) (२) रिट निवेदकले खाइपाई आएको ग्रेड रकममा कुनै परिवर्तन नगरी त्यसलाई जस्ताको त्यस्तै राखी खाली नयाँ तलबमानमा मिलाई (Fit in) मात्र कायम गरिएबाट परिणामतः प्रस्तुत केशमा श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालयको निर्णयले कहीं कतैबाट पनि कुनै किसिमले रिट निवेदकले खाइपाई आएको ग्रेडलाई घटाएको नदेखिने । (प्रकरण नं. २२) निवेदकतर्फबाट : विद्वान महान्यायाधिवक्ता श्री मेघराजबहादुर विष्ट तथा विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला विपक्षी/रिट निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल आदेश न्या.सुरेन्द्रप्रसाद सिंह : श्री ५ महाराजाधिराज सरकारका हजूरमा विषेश जाहेरी विभाग मार्फत निवेदकले सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति २०४१।७।१६।५ मा भएको निर्णय फुल बेञ्चबाट दोहोराई हेरी दिन प्रमांगी बक्स पाउँ भनी विन्तिपत्र चढाउनु भएकोमा “यो विन्तिपत्र जाहेर हुँदा त्यस अदालतको डिभिजन बेञ्चबाट छिनिएको विन्तिपत्रमा लेखिएको उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन सम्बन्धी मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोराई हेरी कानून बमोजिम गरी निर्णय गर्नु” भन्ने हुकुम बक्स भई आएबमोजिम यस अदालतको फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिटको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. आ.ब. ०४०।०४१ मा नै निजामती सेवा नियमावलीको नियम ६.३ बमोजिम आठ तलब बृद्धि (ग्रेड) खाइपाई आएकोमा आर्थिक वर्ष ०४१।०४२ मा माननीय अर्थ मन्त्रीज्यूको बजेट भाषणबाट सबै निजामती कर्मचारीको तलब बढ्ने घोषणा पश्चात मेरो पनि तलब बृद्धि भएको थियो । आ.ब. ०४१।०४२ को नयाँ तलबमान अनुसार शुरु स्केल रु.८१५।– र तलब बृद्धिमा आठ ग्रेडसम्म रहेको अवस्थामा रु. १६।– का दरले रु.१४४।– हुने तर म निवेदकले नौ वर्षको तलब बृद्धि पाउने अवस्था भएकोले रु.१८।– का दरले रु.१६२।– समेत जोड्दा रु.९७७।– प्राप्त गर्नु पर्नेमा केवल ९११।– मात्र प्राप्त गर्न सके । मलाई कानून बमोजिम दिनु पर्ने तलब घट्न गएकोले सो को कारण जान्न मेरो आफ्नो कार्यालयमा निवेदन दर्ता गर्दा तलबमानको सम्बन्धमा आएको परिपत्र देखाई दिने तोक लागेको रहेछ । सो परिपत्रको देहाय ४ मा वार्षिक बृद्धि (ग्रेड) को सम्बन्धमा खाइपाई आएको वार्षिक बृद्धि रकमलाई हालको नयाँ बृद्धि दरले भाग गरी आउने लब्धीलाई नयाँ बृद्धि संख्या कायम गर्ने । यसरी भाग गर्दा शेष रहेमा एक नयाँ बृद्धि दरमा नपुग रकम थप गरी २०४१ साल साउनब