निर्णय नं. ३५३९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५३९ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०३/०१ २०५८ निर्णय नं. ३५३९ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४५ सालको फौ.सा.नं.१४५ फैसला भएको मिति : २०४५।३।१।४ मा वादी : प्र.ह.वलबहादुरको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : कृष्णबहादुर श्रेष्ठसमेत मुद्दा : कर्तव्य ज्यान (१) बुहारीसँग अनुचित सम्बन्धबाट करणी लिनुदिनु भई त्यसबाट गर्भ रही जन्मेको जातक बच्चालाई लोकापवादबाट बाच्नको लागि घाँटी थिची मारेको भन्ने देखिन आएकोमा ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई अ.बं.१८८ नं.ले कैद बर्ष १० हुने । (प्रकरण नं. १८) फैसला प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. गस्ती गर्दै जाँदा कृष्णबहादुर श्रेष्ठ र निजकै बुहारी मनमायाको करणी लिनु दिनु भई जीवित छोरा जातक जन्मेको मारी दवाए भन्ने सुनेकोले पक्राउ पर्दा ०४१।१।८ गते छोरा जन्मेको मारी गाडेको भनेकोले निजहरु दुवैजनालाई दाखिला गरेका छौं । कारवाही होस् भन्ने प्र.ह.वलबहादुर कोइरालाको प्रतिवेदन । ३. छोरा हस्तबहादुरको विवाह भएको ३ वर्ष पछि छोरा इण्डियातर्फ गएको र बुहारी घरमा बसेकी थिइन । बुहारी र म घाँस काट्न भित्ता खर्क भन्ने जङ्गलमा पुगी घाँस काट्न लागेको अवस्था बुहारीलाई कम्मर समाती लडाएँ, करणी लिनु दिनु भयो । भोलिपल्ट पनि गोठमा करणी लिनु दिनु भयो । ३/४ महिनापछि गर्भ रही ०४१।१।७ गते राती बुहारीको जातक बच्चा जन्मी रहेको रहेछ । बच्चा जीवित थियो । घाँटी थिची निचोर्दा बच्चा मर्‍यो । लाश चौरी खोल्साको दुई ढुङ्गाको च्यापमा गाडी आएँ । मैले बच्चा मारेको कुरा बाबु आमा र बुहारी समेत ४ जनालाई मात्र थाहा छ भन्ने समेत अभियुक्त कृष्णबहादुर श्रेष्ठले प्रहरीमा गरेको कागज । ४. ०४०।४।२ गते ससुरा र म घाँस काट्न जङ्गलमा गयौं । करणी लिनु दिनु भयो गोठमा पनि करणी लिनु दिनु भयो । मलाई गर्भ रहेको कुरा ३ महिना पछि थाहा भयो । ०४१।१।७ गते राती विहानीपख व्यथा लागी ससुरा आइपुग्दा बच्चा पैदा भइसकेको थियो । ससुरा आइपुगेपछि बच्चाको घाँटी थिची मारी सो बच्चा गोठबाट निकाली कहाँ लगे मलाई थाहा भएन भन्ने समेत अभियुक्त मनमाया श्रेष्ठले प्रहरीमा गरेको कागज । ५. म कृष्णबहादुरको श्रीमती भए पनि राम्रो बोलचाल नभएको हुँदा बुहारी र कृष्णबहादुरलाई प्रहरीले पक्राउ गर्दा निजहरुको भनाइबाट मात्र बुहारी मनमायाले बच्चा पाई मारेको थाहा पाएको हुँ भन्ने सुकुमाया श्रेष्ठले प्रहरीमा गरेको कागज । ६. म लोग्नेसंग भिन्न भएको बुहारी मनमाया र कृष्णबहादुरको सम्बन्धमा बच्चा जन्माई मारे भन्ने कुरा सुनेकी हुँ भन्ने समेत कृष्णमाया श्रेष्ठले प्रहरीमा गरेको कागज । ७. श्रीमानसंग भिन्न बसेको १४ बर्ष भयो । लोग्ने र बुहारी मनमायाको सम्बन्ध भई बच्चा जन्माई मारेछन् त्यो कुरा थाहा थिएन अहिले श्रीमान र बुहारीलाई प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा थाहा पाएको भन्ने सुकुमाया श्रेष्ठले प्रहरीमा गरेको कागज । ८. छोरा कृष्णबहादुरले मेरो आमा बाबुलाई बच्चा मारेको थाहा थियो भने पनि म ९६ वर्ष उमेर पुगेको राम्रो होस समेत रहँदैन भन्ने समेत सुशी श्रेष्ठले प्रहरीमा गरेको कागज । ९. छोरा कृष्णबहादुर नातीनी बुहारी मनमायाले के के भनेका छन् होस नभएकोले थाहा छै