निर्णय नं. ३५४० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५४० - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०३/०१ २०९५ निर्णय नं. ३५४० ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०४५ सालको फौ.सा.नं. १४७ आदेश भएको मिति : २०४५।३।१।४ मा वादी : शान्ताकुमारी लावतीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जिल्ला पाँचथर यासोक गा. पं.वा.नं.२ बस्ने बलराम लावती मुद्दा : कर्तव्य ज्यान (१) पूर्वयोजना गरी मारेको भन्ने देखिँदैन, जाहेरीबाट अभियुक्तको मनस्थिति स्थिर नभएको भन्ने पनि देखिने, यस स्थितिमा अपराधको अवस्थाबाट समेत प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं.अन्तर्गत सजायँ गर्दा चर्को पर्ने देखिएबाट निज अभियुक्तलाई अ.बं.१८८ नं.ले कैद वर्ष १० हुने । (प्रकरण नं. १३) फैसला प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतले साधक जाहेर गरेको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. मिति २०४३।१२।५ गते बलराम लावतीको केही दिमाग बिग्रेकोले भाइ दाताराम लावतीलाई कुटपिट गरेकोमा ऐ.भोलिपल्ट ६ गते भित्र दातारामको मृत्यु भएको भन्ने यासोकबाट आ.वा. र मेरो जेठाजु बलराम लावतीले पहिलादेखि नै मगज बिग्रेको थियो । २०४३।१२।५ गते मेरो लोग्ने दाताराम लावतीलाई फलामको पाताले हिर्काई रगतपक्ष पारेको सोही चोटपीरबाट मेरो लोग्ने दाताराम लावतीको भोलिपल्ट मृत्यु भएकोले कारवाही गरिपाउँ भन्ने श्रीमती शान्ताकुमारी लावतीको डोर मुकाममा मिति २०४३।१२।८ गतेको जाहेरी दर्खास्त पत्र । ३. मृतक दातारामको सुतीको खरानी रङ्गको शर्ट कटनको सेतो सुरुवाल दुवै गोडा तन्किएको नाडीमा पहेलो डायल कालो रङ्ग प्लाष्टिकको चेन भएको इण्डियन मेड सोना घडी बाँधेको दुवै हातको औला केही बाँंिङ्गएको दुवै आँखा बन्द मुख अर्ध खुल्ला रगत बगी रहेको टाउकोको तालुको बीच भागमा अं.२½ ईन्च लम्बाई १½ ईन्च गहिराईको घाउ १ चोट देखिएको सो चोटबाट हड्डी फुटी केही गिदी बाहिर निस्की रगत बगी रहेको देखिएको टाउको पुरै रगतले भिजेको शरीरको अन्य भागमा चोट निल घाउ नभएको मलद्वारबाट र लिङ्गबाट केही पनि ननिस्किएको भन्ने मिति २०४३।१२।८ को लाश प्रकृति मुचुल्का । ४. गतेबार थाहा छैन महिना चैत्र हो मेरो र भाइको एउटै घरमा आधा आधा गरी बसेको थियो । भाइ दातारामले तला माथि सामान राख्ने गरेको थियो मेरो पनि हँसिया र ढोक्से तला माथि भएकोले लिन गएको थिएँ । त्यसै अवस्थामा भाइले खुकुरी हातमा लिएर तलामाथि जाँदा लिस्नु चढ्दै गर्दा मैले देखेँ काट्छ होला भन्ने लागी गारोमा भएको फलामले भाइको टाउकोमा २ पटक हान्दा तल झर्‍यो मलाई डर लागी झ्यालबाट हाम फाल्दा मेरो गोडामा घाउ लाग्यो भाइले खुकुरीले काट्छ होला भन्ने डरले मैले हिर्काएको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी बलराम लावतीले मिति २०४३।१२।१३ गते अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयान । ५. लाश जाँच प्रकृतिमा लेखिएअनुसार दाताराम लावतीलाई बलराम लावतीले हिर्काएकै चोट पीरबाट मरेको हो भनी किरात हाङ लावती समेत १४ जनाले मिति २०४३।१२।३० मा लेखाई दिएको सरजमीन मुचुल्का । ६. फलामको पातोले हिर्काएको अभियुक्त बलरामको मानसिक सन्तुलन क्षणिक अवस्थालाई ठीक नहुने भन्ने डाक्टरको लेखाई सरजमीनका मानिसहरुको भनाई भएको भए तापनि बलराम लावती घरको तलामाथि सामान लिन गएको अवस्थामा भाइ दाताराम निज बलरामले के गर्दछ भन्ने ठानी हेर्न तला माथि चढ्न लाग्दा लिसनामा नै भाइले खान नदिई हेला समेत गर्ने