निर्णय नं. ८९५९ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९५९ - उत्प्रेषण समेत भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/११/०९ ३९२८ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९५९ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ रिट नं. ०६७–WO–०८९३ आदेश मितिः २०६९।११।९।४ विषय :– उत्प्रेषण समेत । निवेदकः सेन्ट्रल मिडिया प्रा.लि.का तर्फबाट अधिकारप्राप्त गरी आफ्नो हकमा समेत नरेन्द्र साह कलवार विरुद्ध विपक्षीः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत § साधिकार निकायबाट अनुमती प्राप्त गरी व्यवसाय सञ्चालन गरी तोकिएको समयमा नवीकरण समेत गरिएको अवस्थामा व्यवसाय सञ्चालन गर्ने व्यक्तिको अधिकार स्वतः सिर्जना हुन जाने र त्यस्तोमा व्यवसाय सञ्चालनका वैध अपेक्षाहरू जागृत हुनुलाई अस्वाभाविक भन्न नमिल्ने । (प्रकरण नं.४) § कुनै पनि व्यवसाय सञ्चालनका लागि कानूनले गरेको प्रक्रिया र कार्यविधि निश्चित् गर्नका लागि कानूनअनुरूपको प्रक्रिया र विधिको अवलम्बन अपरिहार्य मानिन्छ । राज्य संयन्त्रभित्रका प्रत्येक अङ्गले आफ्नो कार्यक्षेत्र र कर्तव्य के हो भन्ने नबुझी जथाभावी रूपमा आफूलाई क्रियाशील गराउँदा त्यसले कानूनको शासनको मर्यादा भत्कन जाने । (प्रकरण नं.७) § व्यवसाय सञ्चालनका सिलसिलामा कम्पनीबाट तोकिएका शर्तहरूको पालना भयो भएन भन्ने मूल्याङ्कन र अनुगमन गर्ने अधिकार मन्त्रालयलाई रहे भएकै देखिन्छ । तर ती शर्तहरू अनुसार व्यवसाय सञ्चालन भयो भएन भन्ने तर्फ मूल्याङ्कन नै नगरी केवल सार्वजनिक लेखा समितिको निर्देशनलाई आधार बनाइएको अवस्थामा त्यस्तो निर्देशित निर्णयलाई साधिकार निकायले आफ्नो कानूनप्रदत्त अधिकारको प्रयोग गरी भएको निर्णयको संज्ञा दिन नमिल्ने । (प्रकरण नं.८) § नियम बनाउने आफ्नो कानूनी कर्तव्य लामो अवधिसम्म पूरा नगरी अकर्मण्य भएर रहने अनि नियम र कार्यविधि निश्चित नभएसम्मका लागि भनी व्यवसाय नै बन्द गर्ने गरी गरिएको निर्णयलाई कानूनअनुरूपको निर्णय मान्न नमिल्ने । (प्रकरण नं.९) निवेदकतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी र हरिहर दाहाल तथा अधिवक्ताहरू त्रिलोचन गौतम, नवीनकुमार वर्मा र रमेशप्रसाद धिताल विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ताद्वय सूर्यनाथ प्रकाश अधिकारी र शंकरबहादुर राई अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५७ § संविधानसभा (व्यवस्थापिक–संसदको कार्यसञ्चालन) नियमावली, २०६५ को नियम ११०, ११५ § पर्यटन ऐन, २०३५ को दफा ४५क आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७ को उपधारा (२) बमोजिम यस अदालतमा दायर भै पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार छ : निवेदक कम्पनी, कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०५७।५।५ मा द.नं. १३६५६/०५७ मा दर्ता भएको कम्पनी हो । यस कम्पनीले आफ्नो उद्देश्यअनुरूप Healthy & Pleasurable Activity अन्तर्गत विभिन्न किसिमका Coin, Token, Key, Cash, Bill (नोट), Ticket, Chips इत्यादिबाट चल्ने इलेक्ट्रोनिक्स डिजिटल मेशिनहरू, टेवल गेम्स, वलिङ्ग ऐल, अन्य खेल बारका साधनहरू जस्तैः Reel slot, Video slot, Video game, Poker, Pro-restive Link Jackpot, Pachinko, Derby game, Wheel of fortune, Multi Player Game जस्ता खेलहरू विभिन्न विद्युतीय माध्यमबाट खेलाइने गरिन्छ । सर्वसाधारण नेपाली जनताको पहुँच नपुग्ने ठूला तारे होटलहरू र अन्तर्राष्ट्रिय विमानस्थल जस्