निर्णय नं. ३५४१ - उत्प्रेषणयुक्त परमादेश वा अन्य चाहिने आज्ञा, आदेश, पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५४१ - उत्प्रेषणयुक्त परमादेश वा अन्य चाहिने आज्ञा, आदेश, पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०५/१५ २३९८ निर्णय नं. ३५४१ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् ०४४ सालको रिट नं. २५३७ आदेश भएको मिति : २०४५।५।१५।४ मा निवेदक : तनहूँ जिल्ला दमौली गा.पं.वा.नं.२ बस्ने कृष्णबहादुर रावल विरुद्ध विपक्षी : निर्वाचन अधिकृत, जिल्ला वर्गीय संगठन निर्वाचन कार्यालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश वा अन्य चाहिने आज्ञा, आदेश, पुर्जी जारी गरिपाउँ (१) निर्वाचनमा उम्मेदवार हुने हकलाई कानुनी हक मानिने । (प्रकरण नं. ११) (२) तोकिएको म्यादभित्र तोकिएको अधिकारी समक्ष उजुर गरी आफ्नो कानुनी हक प्रचलन गराउने बैकल्पिक कानुनी उपचार विद्यमान हुँदाहुँदै सो मार्ग अवलम्बन नगरीकन रिट निवेदन दिन आएकोले निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात विद्वान अधिवक्ता श्री जुक्तिजङ्ग लामिछाने आदेश प्र.न्या.धनेन्द्र्रबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. म निवेदक नेपाल युवक संगठन दमौली गा.पं.प्रारम्भिक कार्य समितिको सदस्यता प्राप्त गरी नेपाल युवक संगठन जिल्ला कार्य समिति तनहुँको सभापति पदको लागि हुने निर्वाचमा उम्मेदवारीको आवेदन गरेको थिएँ । विपक्षी युद्धबहादुर पन्तले पनि सोही पदको लागि उम्मेदवारीको दर्खास्त दिएकोले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको दावी विरोधको लागि तोकिएको मिति २०४४।१।१६ मा निज विपक्षी युद्धबहादुर जिल्ला खेलकुद समिति तनहुँको सचिव पदमा कार्यरत वहालवाला कर्मचारी भएकोले उम्मेदवारीको लागि अयोग्य छन् भनी उजूरी गरेको थिएँ । तर उजूरीको बेवास्ता गरी विपक्षी निर्वाचन अधिकृतले २०४४।२।८ मा निर्वाचन गराई ऐ.९ गते मेरो भन्दा १७ मत बढी प्राप्त गरेको भनी विपक्षी युद्धबहादुर पन्तलाई युवक संगठन जिल्ला कार्य समितिको सभापति पदमा निर्वाचित भएको घोषणा गर्नु भयो । ३. विपक्षी युद्धबहादुरले जिल्ला खेलकूद विकास समिति तनहुँको सचिव पदबाट २०४४ साल ज्येष्ठ महिनामा मात्र राजीनामा दिएको र सो राजीनामा खेलकूद परिषदबाट २०४४।२।३ को निर्णयानुसार ऐ.ज्येष्ठ महिनादेखि लागू हुने गरी स्वीकृति गरी २०४४।३।१४ मा मात्र च.नं.१९३२ को पत्र निजलाई प्रदान गरिएको छ । जबकी सो निर्वाचनमा उम्मेदवारीको दर्खास्त निज लाभको पदमा बहाल छँदै २०४४।१।१५ मा दिएको थियो । तसर्थ सो उम्मेदवारीको दर्खास्त नै बदभागी छ । ४. यसरी बहालबाला कर्मचारीको पदबाट राजीनामा स्वीकृति नहुँदै त्यसको छानबीन नगरी निर्वाचन गरी उल्टै विपक्षी युद्धबहादुरलाई नै सभापति पदमा कायम गर्ने गरेको गैरकानुनी कार्यबाट नेपालको संविधानको धारा १०,११ तथा धारा १५ द्वारा प्रदत्त हकको हनन् भएकोले उत्प्रेषणको अदोशद्वारा उक्त निर्वाचनलाई बदर गरी निवेदकलाई सो पदमा निर्वाचित भएको घोषणा गरी काम काज गर्ने गरी परमादेशको आदेश जारी गरिपाउँ । साथै विपक्षी युद्धबहादुर पन्तलाई तनहुँ जिल्लाको युवक संगठनको सभापतिको काम गर्न नदिनु नगर्नु भन्ने समेतको अन्तरिम आदेश जारी गरिपाउँ भन्ने समेतको कृष्णबहादुर रावलको रिट निवेदन ।