निर्णय नं. ३५४४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५४४ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०३/०२ २२१८ निर्णय नं. ३५४४ ने.का.प. २०४५ अङ्क ८ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४३ सालको रिट नं. १५०० आदेश भएको मिति : २०४५।३।२।१ मा निवेदक : का.न.पं.वा.नं.३३ डेरा गरी बस्ने मोहनकृष्ण खरेल विरुद्ध विपक्षी : श्री कर कार्यालय, राजविराज, सप्तरी विषय : उत्प्रेषण (१) निर्धारित आय करको सम्बन्धमा रिट निवेदकलाई सूचना दिंदा कुन कुन शीर्षकमा के कति रकम खुलाइएको छ सो को हिसाब समेत त्यस्तो सूचनामा खुलाइएको हुनु पर्ने । (प्रकरण नं. ८) (२) सूचना दिंदा ऐनको दफासम्म उल्लेख गर्दा ऐनको मनसाय पूरा हुँदैन । ऐनको मनसाय कुन कुन शीर्षकमा के कति आधारमा आयकर निर्धारण गरिएको हो सो कुरा सूचनामा उल्लेख गरिएको खण्डमा सो सम्बन्धमा करदाताले त्यस्तो आयकर लाग्न पर्ने हो वा होइन भन्ने सम्बन्धमा आफ्नो कुरा प्रष्ट राख्न सकोस् वा सबूद प्रमाण पेश गर्न पाउन सकोस् भन्ने हो त्यसरी करदातालाई निर्धारित आयकरको सम्बन्धमा दिइने सूचना ऐ.ऐनको दफा ३३(२) बमोजिमको आधारमा खुलाई निर्धारित आयकरको हिसाब समेत उल्लेख गरी सूचना दिनु पर्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री पवन ओझा विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा मुख्य जिकिर यसप्रकार रहेछ । म सप्तरी जिल्ला राजबिराज क्षेत्रमा बसेको अवस्थामा गरेको मेरो आय विवरणको सम्बन्धमा मलाई बारम्बार बयान गराइएको थियो । सो को सम्बन्धमा के कस्तो निर्णय भयो मलाई केही थाहा दिइएन । यस्तैमा मिति २०४३ आषाढमा म काठमाडौंमा भएको अवस्थामा २०२८ देखि २०३२ सालसम्मको ५ वर्षको ३८,०००।– कर जरिवाना बुझाउनु पर्ने देखिन्छ तपाइले उक्त रकम बुझाइसकेको छ वा पुनरावेदनबाट नबुझाउनु पर्ने देखिएमा प्रमाण पेश गर्नु नत्र पत्र पाएको मितिले ७ दिनभित्र कर रकम दाखिल नगरेमा पत्रिकामा सूचना प्रकाशित गरी आयकर ऐन, २०३१ को दफा ३७ बमोजिम तपाईको नाममा रहेको चलअचल सम्पत्ति लिलाम गरी वक्यौता कर जरिवाना असूलउपर गरिने छ भन्ने पत्र मेरी श्रीमतीलाई दिइएको रहेछ । उक्त आयकरको निर्धारण मनोमानी किसिमले आयकर ऐनको बाध्यात्मक कानुनी प्रावधानको बर्खिलाप गरिएको छ । मलाई आयकर ऐनको कुन दफा अन्तर्गत कर लगाउन खोजेको हो स्पष्ट छैन । ऐनको दफा ३३(२) कै आधारमा कर निर्धारण गरिएको भए सोही उपदफाको (४) बमोजिमको विवरण खुलाउनु पर्ने हो । मलाई सुनवाईको मौका पनि आउने थियो । अतः आयकर ऐनको दफा ३३(४) को बर्खिलाप भएको निर्णय त्रुटिपूर्ण छ र खेमचन्द्र चौरसिया वि.कर विभाग समेत मु.उत्प्रेषण ०४२।१२।४ को नजीर विपरीत छ । २. उक्त कर निर्धारण अन्य कर नियमावली, ०३९ को नियम १६ को बर्खिलाप छ । मेरो पुनरावेदन गर्ने अधिकार समेत गुमेको भई आयकर ऐन, २०३१ को दफा ३४ र ५७ को अधिकार हनन् भएको छ । विपक्षीले आयकर निर्धारण सूचना पठाउँदा ऐनको दफा ५२ को बाध्यात्मक प्रकृया पूरा गर्नु भएको छैन । यसरी बेरीतको सूचनाबाट कुनै पनि न्यायिक कारवाही गर्न मिल्ने होइन । विपक्षीले गर्नु भएको निर्णय समेत देख्न पाएको छैन नक्कल पाएपछि त्यसका त्रुटिहरुको खण्डन गर्न सक्नेछु । विपक्षीको उपरोक्त कारवाहीले मेरो संविधान प्रत्याभूत मौलिक हक अधिकारमा आघात पर्न गएकोले विपक्षीको आय न