निर्णय नं. ३५४८ - निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३५४८ - निषेधाज्ञा भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/०४ २३९३ निर्णय नं. ३५४८ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् ०४५ सालको दे.पु.नं. ५४५ आदेश भएको मिति : २०४५।६।४।३ मा निवेदक/वादी : का.जि.लायकु गा.पं.वा.नं.७ बस्ने राजबहादुर महर्जन विरुद्ध विपक्षी : श्री जिल्ला कार्यालय काठमाडौंसमेत विषय : निषेधाज्ञा (१) भत्केको घरलाई पुनः मर्मत सम्म गरेकोलाई नयाँ निर्माण गरेको भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.पृथ्वीबहादुर सिंह : म.क्षे.अ.को फैसला उपर अनुमति प्राप्त भई पुनरावेदनमा दर्ता हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण संक्षेपमा यसप्रकार रहेछ : २. लायकु गा.पं.वडा नं.७ मा रहेको पूर्व पर्ति पश्चिम दलख खोला उत्तर बाटो दक्षिण पर्ति यति ४ किल्लाभित्रको अं.१० रोपनी श्री इन्दायणिको फुलबारी जग्गा गतः २०२२ सालदेखि म निवेदकले खनजोत गरी कमाई आएको छु । उक्त जग्गा समेत प्रत्यर्थी गा.पं.ले अधिग्रहण गर्ने भन्ने बुझी सोही गा.पं.समक्ष म सुकुम्बासी माथि विवेक राखी केही जग्गा मेरो लागि उपलब्ध गरिपाउँ भनी अड्डाको सिफारिश सहित मैले निवेदन गरेकोमा उक्त इन्दायणीको फुलवारी मध्ये पूर्व पर्ति पश्चिम करेसाबारी उत्तर बाटो दक्षिण गोरेटो बाटो यति चारकिल्लाभित्रको जग्गा जसमा मेरो बसोबासको कच्ची झुण्डी घर पनि पर्दछ । २०२७ सालदेखि खनजोत गरी आए बापत र सुकुम्बासीको हैसियतले खान पाउँने गरी मिति ०४०।११।१५ मा गा.पं.कार्यालयबाट स्वीकृति दिइएको थियो । उक्त मेरो बसोबासको कच्ची झुपडी घर २०४१ साल श्रावण महिनाको ठुलो वर्षाले क्षति पुर्याएकोमा साविक बमोजिम मर्मत गरी जीविकोपार्जन गरी बसिआएकोमा प्रत्यर्थी गा.पं.ले अनावश्यक दुःख हैरानी दिई प्र.पं.को सकृयतामा मलाई प्रहरीद्वारा पक्राउ गरी जि.का.मा मलाई उपस्थित गराई के कसो व्यहोराबाट तयार गरिएको कागज हो मलाई नसुनाई डरधाकबाट सहिछाप समेत गर्न लगाई दैनिक तारिखमा राखियो यसै क्रममा हाल आएर उक्त घर तुरुन्त भत्काउने भए भत्काउ नत्र राम्रो हुने छैन भनी चेतावनी दिएकोमा विपक्षी जि.का.लाई र प्रहरी थाना समेतलाई मउपर त्यस्तो काम कारवाही गर्न कुनै अधिकार नै नभएको हुनाले नागरिक अधिकार ऐन, २०१२ को दफा ६,९,१० समेतले प्रदान गरेको मेरो हकाधिकारलाई संरक्षण गरी ऐ.को दफा १७(२) अनुसार मेरो हक संरक्षण गरी यो निवेदनको अन्तिम टुंगो नलागेसम्म विपक्षीहरुबाट कुनै कारवाही नगरी तारेख टुटाई थानाबाट समेत मलाई पक्राउ नगर्नु भन्ने समेत व्यहोराको मिति ०४१।७।११ को राजबहादुर महर्जनको निवेदनपत्र । ३. आफ्नो हक अधिकार नै नभएको कुराबाट निषेधाज्ञा जारी गरिपाउँ भनी विपक्षीले दिनु भएको निवेदन झुठ्ठा हो । विपक्षीले दावी लिनुभएको उक्त १० रोपनी जग्गा पर्ति जग्गा हो । पञ्चायत भित्रको पर्ति जग्गा हो पञ्चायतले नियन्त्रण गर्न नसकेबाट विपक्षीलाई पनि कमाउन दिइएको थियो । पछि जिल्ला कार्यालयबाट ०४१ साल जेष्ठमा सार्वजनिक जग्गामा कुनै पनि निर्माण कार्य नगर्नु गर्न नदिनु भन्ने लेखिआएबाट सोही कुराको जनाउ विपक्षीलाई दिंदा उक्त आदेशानुसारको काम गर्नुभएको छैन । निजलाई पञ्चायतले आफ्नो सम्पत्ति र जग्गा समेत गा.पं.ऐनको दफा २४(२) ले दिन सक्दैन भन्ने स्पष्ट व्यवस्था भएको हुँदा र विपक्षीको तिरो तिर