निर्णय नं. ८९६० - उत्प्रेषणमिश्रित परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९६० - उत्प्रेषणमिश्रित परमादेश भाग: ५५ साल: २०७० महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६९/११/१४ ३७२५ ने.का.प. २०७०, अङ्क २ निर्णय नं.८९६० सर्वोच्च अदालत संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल ०६८–WO–१२८२ आदेश मितिः २०६९।११।१४ विषयः उत्प्रेषणमिश्रित परमादेश । निवेदकः पाँचथर जिल्ला, यासोक गा.वि.स.वडा नं. १ वस्ने गोले मगर समेत विरुद्ध विपक्षीः अख्तियार दुरूपयोग अनुसन्धान आयोग समेत § राज्यका हरेक अङ्ग तथा पदाधिकारीहरूका कामकारवाही र क्रियाकलाप कानूनसम्मत हुनु पर्दछ । कोही पनि कानूनभन्दा बाहिर जान सक्दैन । कुनै पनि निकायले जतिसुकै राम्रो परिणाम आउने काम गरे पनि यदि त्यो काम गर्ने अधिकार त्यो निकायलाई छैन अर्थात् नभएको अधिकार प्रयोग गरी निर्णय भएको छ भने त्यस्तो निर्णयले वैद्यता प्राप्त गर्न सक्दैन । किनकी कानूनी शासनमा कानूनबमोजिम भए गरेको कामले मात्र मान्यता पाउने । (प्रकरण नं.७) § प्रचलित कानूनले जिल्ला वन कार्यालयको क्षेत्राधिकारभित्र पर्ने विषयमा हस्तक्षेप गर्ने गरी सुनवाइको मौका समेत नदिई अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट भएको निर्णय एवं पत्रले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.८) निवेदकको तर्फबाटः विद्वान अधिवक्ताहरू कृष्ण सापकोटा र तिलप्रसाद गौतम विपक्षीको तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सरोजराज गौतम अवलम्बित नजीरः § नेकाप २०६८, नि.नं. ८५५८, पृ. २६२, § नेकाप २०६८, नि.नं. ८७१४, पृ. ११२ सम्बद्ध कानूनः § वन ऐन, २०४९ को दफा ४७ आदेश न्या.गिरीश चन्द्र लालः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवं धारा १०७(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– मालपोत कार्यालय पाँचथरमा निवेदकहरूको नाउँमा दर्ता भै जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरी निजी हकभोग आवाद रहेको जग्गामध्ये म निवेदक प्रेमबहादुर कुँवरको नाउँमा दर्ता रहेको जिल्ला पाँचथर, माङ्गजावुङ्ग गा.वि.स.वडा नं ७ (ख) कि.नं. २१, १५१ र १९, म निवेदक वीरेन्द्रबहादुर निरौलाको नाउँमा दर्ता रहेको ऐ.ऐ.वडा नं. ९(क) कि.नं. १६१ र १६३, म गोले मगरको नाउँमा दर्ता रहेको जि. पाँचथर यासोक गा.वि.स.वडा नं. १ (ह) को कि.नं. ४६ र ५१ म लक्ष्मीप्रसाद राईको नाउंमा दर्ता रहेको ऐ.वडा नं. १(घ) को कि.नं. १५२ निवेदकमध्येका हामी तिलबहादुर निरौला र बालकृष्ण निरौलाको नाउंमा दर्ता रहेको, जि. पाँचथर माङ्गजावुङ्ग वडा नं. ९ (घ) कि.नं. २, म टिकाबहादुर घिमिरेका नाउँमा दर्ता रहेको ऐ स्यावरुम्वा गा.वि.स.वडा नं. ६ (ख) कि.नं. ३८ र ४१, म अमरसिंह थापाको नाउँमा दर्ता रहेको जि. पाँचथर यासोक गा.वि.स.वडा नं. १(ट) कि.नं. १०, ३९ र ४०, म भक्तबहादुर कार्कीको नाउँमा दर्ता रहेको पाँचथर जिल्ला स्यावरुम्वा गा.वि.स.वडा नं. ९(क) कि.नं. १४५ र १४६, म जसविर चोम्जोङ्गको नाउँमा दर्ता रहेको जिल्ला पाँचथर स्यावरुम्वा गा.वि.स.वडा नं. ६(ण) कि.नं. ११, १२ र १३ का जग्गामा परापूर्वकालदेखि खयर तथा अन्य विभिन्न जातका रुखहरू रोपी हुर्काइ बढाई संरक्षण गरी आएका थियौं । उपरोक्त बमोजिम निवेदकहरूको पूर्ण हक भोगभित्रको निजी नम्वरी दर्ता स्रेस्ताभित्रको जग्गामा परापूर्वकालदेखि लगाएको खयरका रुखहरूमध्ये आफ्नो घर व्यवहार खर्च चलाउनको लागि ती खयरका रुखहरू काटी बिक्री वितरण गर्ने उद्देश्यले निवेदकमध्ये भक्तबहादुर कार्की, टिका बहादुर घिमिरे, विरेन्द्र बहादुर निरौला, जसवीर चेम्जोङ्ग, लक्ष्मीप्