निर्णय नं. ३५५१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५५१ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: ३० साल: २०४५ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४५/०६/१८ २२९७ निर्णय नं. ३५५१ ने.का.प. २०४५ अङ्क ८ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४४ सालको रि.नं. १५१६ आदेश भएको मिति : २०४५।६।१८।३ मा निवेदक : जि.वारा लक्ष्मीपुर कोतवाली गा.पं.वा.नं.५ बस्ने सवेना अन्सारीसमेत विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी भू.सु.का.बारासमेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ (१) साविक मोही परलोक भएपछि निज स्वास्नी छोराहरुले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अन्तर्गत मोही नामसारी गरिपाउँ भनी निवेदन उजूरी दिएपछि उक्त कानूनको प्रकृया अपनाई कारवाही गर्नुपर्ने अनिवार्य देखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ, विद्वान अधिवक्ता श्री गणेशराज शर्मा आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यसप्रकार रहेछ : २. विपक्षी लगन साहू कानुको नाउँमा दर्ता भएको बारा जिल्ला लक्ष्मीपुर कोतवाली गा.पं.व.नं.१ को कि.नं.२४८ को क्षेत्रफल ०–८–० कठ्ठा जग्गाको हाम्रो पति, बाबु फजुल मियाँ ऐनको दफा २५(१) अन्तर्गतको हक प्राप्त मोही हुनुहुन्थ्यो । मिति ०४१।५।२ का दिन आफ्नो कालगतिले उहाँ परलोक हुनु भएपछि पनि हामीले जोत्दै आएका छौं । २०४१ को बालीमा विपक्षी कानुले बालीमा विवाद उठाएकोले मोहियानी हटक गर्‍यो भनी म इजराइल मियाँको उजूर पर्दा विपक्षी भू.सु.का.बाट विपक्षी कानुलाई झिकाई २०४१।५।३१ मा मोही हटक गरेको देखिएकोले निर्देशन समेत जारी हुने ठहर्‍याई निर्णय भएकोमा विपक्षी कानुले सो निर्णय बदर गराउँन सर्वोच्च अदालतमा रिट निवेदन दिएकोमा ०४२।६।१७।५ मा मोही नामसारी नभई मोही हक नै नपुगेको व्यक्तिले मोही हटक गर्‍यो भन्न नमिल्ने भन्ने आदेश जारी भयो । सो आदेशबाट विपक्षी भू.सु.का.को पूर्व निर्णयसम्म बदर भए पनि पति, बाबु फजुल मियाँ नाउँको मोहियानी हकमा कुनै असर नपरेकोले भूमिसम्बन्धी ऐनको दफा २६(१) अन्तर्गत हामी छोराहरुको मञ्जूरीसहित म आमा सवेना अन्सारिनको नाउँमा मोहियानी नामसारी गरिपाउँ भनी २०४२।८।६ मा विपक्षी भू.स.का.मा संयुक्त निवेदन दिएकोमा विपक्षी लगन साह कानूलाई झिकाई बयान गराउँदा मोही भएकै कुरामा इन्कारी बयान दिएको र विपक्षी भू.सु.का.ले सर्वोच्च अदालतको मिति २०४२।६।१७।५ को आदेशलाई आधार बनाउँदै मोही लगत कट्टा हुने ठहर्छ भन्ने निर्णय गरी ०४४।५।३१ मा म सवेना अन्सारीलाई जानकारी दिनु भएकोले भूमिसम्बन्धी ऐन, २०२१ द्वारा प्रदत्त कानुनी हक तथा संविधानको धारा १०(१),११(१),११(२)(ङ) र १५ द्वारा प्रदत्त मौलिक हकहरुमा समेत आघात परेको र अन्य उपचारको बाटो नहुँदा संविधानको धारा १६।७१ अन्तर्गत रिट निवेदन गर्न आएका छौं । बाबु/पतिका नाउँको मोहियानी हकको प्रमाण–पत्र हामीसंग छ । लगत कट्टा गर्ने निर्णय विपक्षीबाट भएकोले लगत भएको स्वतः स्पष्ट छ । स.अ.को आदेशले मोही नामसारी हुन बाँकी रहेको आधारमा मात्र हटक नभएको ठहर गरेको हो मोही हकमा कुनै प्रतिकूल असर गरेको छैन । हामी निवेदकहरुले मोही नामसारीको दावी लिएकोमा लगत कट्टा गर्ने निर्णय भएबाट दावी बाहिर गई विपक्षीबाट निर्णय भएको छ । तसर्थ अ.बं.३५,१८४(क), १८५ र १८९ एवं प